default_image

4 years ago

July 22, 2021

फ्रान्स मेक्सिकोसँग स्तब्ध

216 views

0 Bookmark

एजेन्सी – टोकियो ओलम्पिक अन्तरगतको पुरुष फुटबलमा उपाधि दावेदारको रुपमा हेरिएको फ्रान्सको यु–२३ टोली मेक्सिकोसँग स्तब्ध बनेको छ ।

एजिनोमोटो स्टेडियम चोफु जापानमा बिहीबार भएको खेलमा फ्रान्स मेक्सिकोसँग ४–१ ले स्तब्ध बनेको हो । फ्रान्सलाई स्तब्ध पार्न मेक्सिकोका एर्नेस्टो भेगा, फ्रान्सिस्को कोर्डाेभा, कार्लाेस एन्टुना र इडुआर्डाे एगुएरेले समान एक गोल गरे । फ्रान्सका आन्द्रे पिएरे जिग्नाकले सान्त्वना गोल फर्काए ।

प्रतिस्पर्धात्मक पहिलो हाफ गोलरहित बराबरीमा सकिदा सबै ५ गोल दोस्रो हाफमा सम्भव भएको हो । ४७औं मिनेटमा एर्नेस्टो भेगाको गोलबाट मेक्सिकोले अग्रता लिएको थियो । ५५औं मिनेटमा फ्रान्सिस्को कोर्डाेभाले गोल गर्दै मेक्सिकोको अग्रता दोब्बर पारे । ६९औं मिनेटमा आन्द्रे पिएरे जिग्नाकले पेनाल्टीमा गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याए ।

८०औं मिनेटमा कार्लाेस एन्टुनाले गोल गरेपछि फ्रान्सको खेलमा फर्कने सम्भावना सकिएको थियो । इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा इडुआर्डाेले गोल गर्दै मेक्सिकोलाई ४–१ को सानदार जित दिलाए ।

यो जितपछि समूह ‘ए’ मा मेक्सिकोको ३ अंक पुगेको छ । फ्रान्स अंकविहीन हुदै पुछारमा छ । जापान र दक्षिण अफ्रिकाले केही बेरमा खेल्दैछ ।

यस्तै अर्काे खेलमा स्पेनको यु–२३ टोली आफ्नो पहिलो खेलमा इजिप्टको यु–२३ टोलीसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । बल पोसेसनमा बलियो पकड बनाएपनि फिनिसिङमा चुक्दा स्पेन बराबरीमा रोकिन बाध्य बन्यो ।

स्पेनले इजिप्टविरुद्ध मार्काे एसेन्सियो, पेड्री, ड्यानी ओल्मो, ड्यानी सेबालोस, पाउ टोरेस, एरिक गार्सिया, ओस्कार मिगुइजा र युनाइ सिमोनजस्ता स्टार खेलाडीलाई मैदानमा उतारेको थियो । यो बराबरीपछि समूह ‘सी’ मा स्पेन र इजिप्टको समान १ अंक पुगेको छ । यो समूहमा अर्जेन्टिना र अष्ट्रेलियाले केही बेरमा खेल्दैछ ।

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

December 15, 2025

बायर्न म्युनिख पुछारको टोलीसँग रोकियो

एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]

Success

Thank you for your time.