default_image

4 years ago

August 19, 2021

थ्री स्टारका दिपेश एनआरटीमा अनुबन्धित

166 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – ललितपुरको शीर्ष डिभिजनको रुस्लान थ्री स्टार क्लबका युवा मिडफिल्डर दिपेश घले न्युरोड टिम (एनआरटी) अनुबन्धित भएका छन् ।

एनआरटीले आसन्न ‘ए’ डिभिजन लिगलाई लक्षित गर्दै २२ वर्षीय घलेलाई क्लबमा अनुबन्ध गरेको हो । क्लब र खेलाडी दुवैले अनुबन्धको रकम खुलाएको छैनन् । उनलाई एनआरटीमा ७ नम्वरको जर्सी प्रदान गरिएको छ । उनले थ्री स्टारमा पनि गत सिजन ७ नम्बरकै जर्सी प्रयोग गरेका थिए ।

प्रतिभावान युवा मिडफिल्डर घलेको आगमनसँगै क्लबले उनीबाट उच्च प्रदर्शनको अपेक्षा गरेको छ । थ्री स्टारमा बिरलै पहिलो रोजाईमा अवसर पाएका उनले २०७६ को ‘ए’ डिभिजन लिगमा एनआरटी विरुद्ध नै पेनाल्टी बक्सबाहिरबाट उत्कृष्ट गोल गरेका थिए ।

मकवानपुर हेटौडाका दिपेश चार वर्षअघि थ्री स्टारमा आबद्ध भएका थिए । २०१६ मा एएफसी कपमा दोस्रो चरण पुगेपनि अखिल नेपाल फुटबल संघ (एन्फा)को लापरवाहीका कारण थ्री स्टार फुटबलबाट बाहिर रहेपछि १४ महिनापछि फुटबलमा फर्कंदा दिपेशलाई थ्री स्टारमा समेटिएको थियो । उनले थ्री स्टारबाट मोफसलको विभिन्न गोल्डकप खेल्नुका साथै ललित मेमोरियल यु–१८ प्रतियोगिता पनि खेलेका थिए ।

December 20, 2025

एपिएफलाई घरेलु मैदानमा अन्तर्राष्ट्रिय उपाधि जित्ने मौका

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका‌ लागि भिड्दै […]

December 20, 2025

वेलिंगटनको जितमा साम्बाको २ गोल

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]

December 20, 2025

बोरुसिया डर्टमुन्ड दोस्रो स्थानमा उक्लियो

एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]

Success

Thank you for your time.