default_image

4 years ago

August 26, 2021

आर्सनलको आधा दर्जन गोल

139 views

0 Bookmark

एजेन्सी – कप्तान पिएरे एमेरिक औवामियाङले ह्याट्रिक पुरा गरेपछि लन्डन क्लब आर्सनलले इएफएल कपको दोस्रो राउन्डमा च्याम्पियन्ससिप क्लब वेस्ट ब्रुम अल्वियोनमाथि ६–० को फराकिलो जित निकालेको छ ।

दि हाथ्रोन्समा बुधबार राति भएको एक पक्षीय खेलमा निकोलस पेपे, बुकायो साका र एलेसान्द्रे लाकाजेटले पनि समान एक गोल थपे । पहिलो र दोस्रो हाफमा समान तीन गोल निस्किएको थियो ।

खेलको १७औं मिनेटमा कप्तान औवामियाङको गोलबाट प्रिमियर लिगमा खराव सुरुवात गरेको आर्सनलले अग्रता लिएको थियो । ४५औं मिनेटमा औवामियाङले व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गर्दै आर्सनलको अग्रता दोब्बर पारे । पहिलो हाफकै अन्त्यतिर निकोलस पेपेले गोल गर्दै आर्सनललाई ३–० ले अघि बढाए ।

आर्सनल यतिमै रोकिएन । ५०औं मिनेटमा बुकायो साकाले गाल गर्दै आर्सनललाई ४–० ले अघि बढाए । ६३औं मिनेटमा कप्तान औवामियाङले ह्याट्रिक पुरा गरेपछि आर्सनल फराकिलो जिततर्फ अग्रसर बन्यो । ६९औं मिनेटमा एलेसान्द्रे लाकाजेटले गोल गर्दै आर्सनललाई ६–० को फराकिलो जित दिलाए ।

यस्तै अर्काे खेलमा साउथह्याम्टनले लिग २ टोली न्युपोर्ट काउन्टीमाथि ८–० को फराकिलो जित दर्ता गरेको छ । साउथह्याम्टनको फराकिलो जितमा मोहमेद इलयोनोउसीले ह्याट्रिक पुरा गर्दा अर्मान्डो बोर्जाले दुई तथा नाथन टेला, केल वाल्कर्स पिटर्स र नाथन रेडमन्डले समान एक गोल गरे । पहिलो हाफमा तीन तथा दोस्रो हाफमा ५ गोल निस्किएको थियो ।

यस्तै बर्नलेले प्रिमियर लिग प्रतिद्धन्द्धी न्युक्यासल युनाइटेडलाई पेनाल्टी सुटआउटमा ४–३ ले पराजित गर्दै तेस्रो चरणमा प्रवेश गरेको छ । निर्धारित ९० मिनेट र अतिरिक्त समयमा पनि कुनै गोल निस्कन नसकेपछि खेल पेनाल्टी सुटआउटमा लम्बिएको थियो ।

बर्नलेका क्रिस वुड, एस्ले बार्नेस, डिवाइट म्याक्नेल र चाली टेलरले गोल गर्दा जोस ब्रोनहिलले गोल गर्न सकेनन् । न्युक्यासलका जोसेप विललक, जोइलिन्टन र सिन लङ्सटाफले गोल गर्दा एलान सेन्ट म्याक्सिमिन, मिगुइल अल्मिरोनले गोल गर्न सकेनन् ।

December 20, 2025

एपिएफलाई घरेलु मैदानमा अन्तर्राष्ट्रिय उपाधि जित्ने मौका

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका‌ लागि भिड्दै […]

December 20, 2025

वेलिंगटनको जितमा साम्बाको २ गोल

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]

December 20, 2025

बोरुसिया डर्टमुन्ड दोस्रो स्थानमा उक्लियो

एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]

Success

Thank you for your time.