default_image

4 years ago

August 29, 2021

मेस्सी बेन्चमा, नेयमार र एमबाप्पे सुरुवात गर्दै

185 views

0 Bookmark

एजेन्सी – अर्जेन्टिनी फरवार्ड लिओनेल मेस्सी पेरिस सेन्ट जर्मेन (पिएसजी) को लिग वन अन्तर्गत चौथो खेलमा राइम्सविरुद्ध बेन्चमा रहेका छन् ।

प्रशिक्षक माउरिसियो पोचेटिनोले आक्रमणमा फ्रान्सेली युवा फरवार्ड किलियन एमबाप्पेसँग नेयमार र एन्जल डी मारियालाई उतारेका छन् । नेयमार यस सिजन पहिलो पटक खेल्दैछन् । उनी पनि कोपा अमेरिकाको विश्रामपछि पहिलो पटक खेल्न लागेका हुन् । एमबाप्पे र डी मारियाले भने यसअघिका खेलमा खेल्दै गोल पनि गरिसकेका छन् ।

मिडफिल्डमा यसै सिजन क्लबमा आबद्ध भएका जिओर्जिनिओ वाइनाल्डम, इटालियन मिडफिल्डर मार्को भेराट्टी र इड्रीसा गेये रहेका छन् । डिफेन्समा कप्तान मर्किन्हस र थीलो केहररले सेन्टर डिफेन्स सम्हाल्नेछन् । राइट ब्याकमा अक्रफ हाकिमी लेफ्ट ब्याकमा अबोउ डियालो खेल्दैछन् । गोलरक्षकमा केलर नाभासले नै निरन्तरता पाएका छन् ।

मेस्सीले बेन्चबाट आएर डेब्यु गर्ने सम्भावना रहेको छ । कोपा अमेरिकापछि झन्डै १ महिना विश्राम लिएका मेस्सी पछिल्लो दुई सातायता पिएसजीमा नियमित प्रशिक्षण गरिरहेका छन् । उनले आज डेब्यु गर्ने यसअघि प्रशिक्षक पोचेटिनोले पक्का गरेका थिए ।

पिएसजीको सुरुवाती ११ : नाभास, डियालो, केहरर, मार्किन्हस, हाकिमी, गेये, भेराट्टी, वाइनल्डम, डी मारिया, एमबाप्पे, नेयमार

December 20, 2025

एपिएफलाई घरेलु मैदानमा अन्तर्राष्ट्रिय उपाधि जित्ने मौका

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका‌ लागि भिड्दै […]

December 20, 2025

वेलिंगटनको जितमा साम्बाको २ गोल

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]

December 20, 2025

बोरुसिया डर्टमुन्ड दोस्रो स्थानमा उक्लियो

एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]

Success

Thank you for your time.