4 years ago
September 9, 2021
काठमाडौं (हाम्रो खेलकुद) – फरवार्ड सविता राना मगर र मिडफिल्डर प्रीति राईले डेब्यु गरेको खेलमै गोल गरेपछि नेपालले बंगलादेशसँगको पहिलो अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलमा जित हात पारेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार भएको खेलमा नेपालले बंगलादेशी महिला टोलीलाई २–१ ले पराजित गरेको हो । खेलको १३औं मिनेटमा सविताले गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाइन् ।
बिमला चौधरीको क्रसलाई सविताले बंगलादेशकी गोलरक्षक रुप्ना चक्मा र डिफेन्डरलाई बिट गर्दै हेडर मार्फत बललाई जाली चुमाएकी थिइन् । २३औं मिनेटमा अर्का डेब्यु मिडफिल्डर प्रीति राईले गोल गर्दै नेपालको अग्रता दोब्बर पारिन् ।
सरु लिम्बुले दिएको चलाखीपुर्ण पासमा प्रीतिले एक डिफेन्डरलाई बिट गर्दै पेनाल्टी बक्सबाहिरबाट गोलरक्षक रुप्ना खातुन अघि बढेको अवस्थामा सहजै फिनिस गरेकी थिइन् ।

४९औं मिनेटमा सरु लिम्बुले पेनाल्टी बक्सभित्र मिलाइदिएको पासमा प्रीति राईले वान भर्सेस वानकै अवस्थामा गरेको प्रहारलाई बंगलादेशी गोलरक्षक रुप्ना चक्माले पञ्च गर्दै बचाउँदा नेपालले खेलमा थप अग्रता बढाउन सकेन ।
६९औं मिनेटमा मोसामत सोप्नाले मैदानको मध्यभागबाट एक्लै बल अघि बढाउँदै पेनाल्टी बक्सभित्रबाट दिएको क्रसलाई रितु पोर्न चक्माले हेडर प्रयास गरेपनि भेट्न नसक्दा बंगलादेशले गोल अन्तर कम गर्न सकेन । ७९औं मिनेटमा श्रीमोती सरकारको प्रहारलाई नेपाली टोलीकी गोलरक्षक एन्जिला तुम्बाप्पो सुब्बाले पञ्च गर्दै बचाउँदै नेपालको खतरा टारिन् ।
८३औं मिनेटमा थोउरा खातुनले मैदान प्रवेश गरेको पहिलो मिनेटमा गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याइन् । ८३औं मिनेटमा मोसामत सोप्नाको स्थानमा प्रवेश गरेकी थोउरा खातुनले मैदान प्रवेश गरेको मिनेटमा चौथो टचमा पेनाल्टी बक्सबाहिरबाट गरेको प्रहार अमृता जैशीलाई डिफ्लेक्ट हुदै गोलमा परिणत हुदा गोलरक्षक एन्जिलाले बचाउने प्रयास गरेपनि सफल हुन सकिनन् ।

दोस्रो हाफमा नेपालले रक्षात्मक रणनीति अपनाउँदा केही दवाव झेलेको थियो । बंगलादेशले पहिलो हाफमा तुलनामा नेपाललाई दवाव दिएको थियो । दोस्रो मैत्रीपुर्ण खेल दोस्रो खेल आइतबार साँझ ५ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ ।
उज्वेकिस्तानमा आयोजना हुने एएफसी कप २०२२ छनोट अघि नेपाल र बंगलादेशले दुई मैत्रीपुर्ण खेल खेलेको हो । नेपाली महिला टोलीले सन् २०२२ मा भारतमा हुने एसियन कपको छनोटका लागि उज्वेकिस्तानमा दुई खेल खेल्नेछ । उज्वेकिस्तानमा हुने छनोटमा नेपालले १८ सेप्टेम्वरमा फिलिपिन्स र २१ सेप्टेम्बरमा हङकङको सामना गर्नेछ ।
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]
December 20, 2025
एजेन्सी – इन्टर मिलानलाई पेनाल्टी सुटआउटमा हराउँदै बोलोग्ना इटालियन सुपर कपको फाइनलमा पुगेको छ। साउदी अरेबियाको अल-अव्वाल पार्कमा भएको सेमिफाइनल खेल निर्धारित ९० मिनेटमा १-१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। जस बोलोग्ना ३-२ ले विजयी भयो। खेल सुरु भएको दोस्रो मिनेटमा इन्टरले अग्रता लिएको थियो। ७२ सेकेन्डमै मार्कस थुरामले भलीमार्फत सानदार गोल […]