4 years ago
October 11, 2021
एजेन्सी – फिफा विश्वकप कतार २०२२ को दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाले उरुग्वेमाथि सानदार जित निकालेको छ । घरेलु मैदानमा अर्जेन्टिनाले उरुग्वेलाई ३–० ले पराजित गरेको हो ।

अर्जेन्टिनाको जितमा कप्तान लियोनेल मेस्सी, रोड्रिगो डि पउल र लोउटारो मार्टिनेजले गोल गरे । जियोभानी लो सेल्सोले दुई असिस्ट मार्टिनेजले एक गोलसँगै एक असिस्ट प्रदान गरे । ब्युनर्स आयर्समा सोमबार बिहान भएको खेलमा घरेलु टोलीले खेलको सुरुवातदेखि नै बल पोसेसन राख्दै पाहुना टोली उरुग्वेलाई दवाव बढाएको थियो ।
सातौ मिनेटमा लुइस सुआरेजले गोलरक्षक इमिलियानो मार्टिनेजलाई बिट गरेपनि प्रहार गर्न नसकेको बललाई फेडे भाल्र्भेडेको प्रहारलाई बचाउँदै अर्जेन्टिनाको खतरा टारे । २२औं मिनेटमा नाहितान नान्डेजको क्रसमा माटिएस भिनाको भली पासमा लुइस सुआरेजको प्रहारलाई गोलरक्षक मार्टिनेजले सुन्दर बचाउँ गर्दा उरुग्वे अग्रता लिनबाट चुक्यो ।
२६औं मिनेटमा रोड्रिगो डि पउलको पासमा लोउटारो मार्टिनेजको प्रहार पोस्ट नजिकैबाट बाहिरिदा अर्जेन्टिना अग्रता लिनबाट चुक्यो । २८औं मिनेटमा डि ला क्रुज र भिसिनोको समन्वयमा बनेको मुभमा सुआरेजको प्रहारमा पोस्ट बाधक बन्यो । ३४औं मिनेटमा मेस्सीको पासमा जियोभानी लो सेल्सोको प्रहारलाई उरुग्वेका गोलरक्षक फर्नान्डो मुस्लेराले बचाए ।
३८औं मिनेटमा कप्तान मेस्सीले गोल गर्दै अर्जेन्टिजालाई १–० को अग्रता दिलाए । उनले जियोभानी लो सेल्सोको पासलाई सदुपयोग गरेका थिए । ४४औं मिनेटमा रोड्रिगो डि पउलले गोल गर्दै अर्जेन्टिनालाई पहिलो हाफमा २–० को अग्रता दिलाए । रोड्रिगोले लोउटारो मार्टिनेजको पासमा गोल गर्न सफल भएका थिए ।
६२औं मिनेटमा लोउटारो मार्टिनेजले जियोभानी लो सेल्सोको पासमा गोल गर्दै अर्जेन्टिनालाई ३–० को सहज अग्रता दिलाए । त्यसपछि दुवै टोलीबाट थप गोल निस्कन नसक्दा अर्जेन्टिना विजयी हुन सफल भयो ।
यो जितसँगै छनोटमा अपराजित रहेको अर्जेन्टिना १० खेलबाट २२ अंक जोडेर दोस्रो स्थानमा यथावत रहेको छ । अर्जेन्टिना शीर्षस्थानको ब्राजिलसँग ६ अंकले पछि छ । ब्राजिलको समान खेलबाट २८ अंक छ । पराजित उरुग्वे १६ अंक जोडेर चौथो स्थानमा यथावत रहँदा तेस्रो स्थानमा उक्लने मौका गुमाएको छ । समान १६ अंक नै रहेपनि इक्वेडर तेस्रो स्थानमा रहेको छ ।
अन्य नतिजा
बोलिभियाविरुद्ध पेरु (१–०), भेनेजुएलाविरुद्ध इक्वेडर (२–१), कोलम्वियाविरुद्ध ब्राजिल (०–०)
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]
December 20, 2025
एजेन्सी – इन्टर मिलानलाई पेनाल्टी सुटआउटमा हराउँदै बोलोग्ना इटालियन सुपर कपको फाइनलमा पुगेको छ। साउदी अरेबियाको अल-अव्वाल पार्कमा भएको सेमिफाइनल खेल निर्धारित ९० मिनेटमा १-१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। जस बोलोग्ना ३-२ ले विजयी भयो। खेल सुरु भएको दोस्रो मिनेटमा इन्टरले अग्रता लिएको थियो। ७२ सेकेन्डमै मार्कस थुरामले भलीमार्फत सानदार गोल […]