default_image

9 years ago

November 15, 2016

एसियाली उपाधिको पर्खाइमा नेपाली फुटबल टोली

138 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली फुटबल समर्थकको ध्यान आज फेरि एकपटक मेलेसियाको कुचिङ जारी एएफसी सोलिडारिटी कपमा हुनेछ । जहाँ नेपाली राष्ट्रिय टोली सोलिडारिटी कपको फाइनलमा मकाउको सामना गर्दैछ । स्वभाविक छ, मेहनतका साथ फाइनल पुगेका दुवै टोली उपाधि उचाल्ने विश्वासका साथ आज साँझ नेपाली समय अनुसार ५ः१५ मा एक अर्काविरुद्ध उत्रदैछन् । सेमिफाइनलमा नेपालले लावसलाई र मकाउले ब्रुनाईलाई टाइब्रेकरमा हराएर एकअर्कासँगको भेट पक्का गरेका हुन् ।
crestआज फाइनल जित्न सके नेपाली राष्ट्रिय टोलीले २३ बर्षपछि अन्तर्राष्ट्रिय उपाधि जित्ने छ । सन् १९९३ मा दक्षिण एसियाली खेलकुद (साफ हालको साग) को उपाधि जितेयता नेपाली राष्ट्रिय टोलीले आधिकारिक उपाधि जितेको छैन । यद्दपी नेपालले यसबीचमा उमेर समूहका यू १६, यू १९, यू २३ का क्षेत्रिय उपाधि जितेको छ ।
केही बर्षअघि साफ यू १६ जितेको नेपालले पछिल्ला बर्ष साफ यू १९, १२ औं दक्षिण एसियाली खेलकुद (साग) यू २३ का साथै सिनियर टोलीले बंगलादेशमा भएको अन्तर्राष्ट्रिय आमन्त्रण प्रतियोगिता बंगबन्धु गोल्डकप जितेको थियो । लामो समयदेखि उपाधि विहिन भएको नेपालका लागि गत बर्ष एकै पटक तीन उपाधि जित्दा समर्थकले नेपाली फुटबलको सफल सुरुआतका रुपमा लिएका थिए र त्यहि अनुसारको विजयउत्सव पनि मनाएका थिए । नेपाली दर्शकलाई खुसी हुने विषय चाहिएको थियो, त्यसैले धेरैले कुन स्तरको प्रतियोगिता जित्यो भन्दा पनि च्याम्पियन बनेर फर्केकोमा सबै खाले नेपाली टोलीको भव्य स्वागत र सम्मान गरेको थियो । तर, अर्को वास्तविकता के पनि हो भने नेपालले अहिले सम्म एसियाली फुटबल महासंघ (एएफसी) ले आयोजना गर्ने कुनै पनि आधिकारिक प्रतियोगिताको उपाधि जित्न सकेको छैन । एक दशक अघि एएफसी च्यालेन्जकपको सेमिफाइनल सम्मको यात्रा तय गरेको नेपाल यसपटक पहिलो पटक फाइनल पुग्न सफल भएको छ । त्यसअर्थमा पनि नेपालका लागि यो प्रतियोगिता निकै महत्वपूर्ण छ ।

img_0260
एएफसीले आयोजना गर्ने एसिया कप छनोट, च्यालेन्जकप यी दुई प्रतियोगिता मात्र नेपालले भाग लिने दुई ठूला प्रतियोगिता हुन् । तर, विश्वकप र एसिया कप छनोटको पहिलो र दोस्रो चरणबाट बाहिरिएका टोलीका लागि यसपटक एएफसीले सोलिडारिटी कप आयोजना गरेपछि नेपाल एउटा उपाधि जित्ने अवसर बनेको हो । आज हुने फाइनलमा मकाउलाई हराउन सके पक्कै पनि त्यसको प्रभाव नेपाली फुटबलमा लामो समयसम्म पर्ने निश्चित छ ।
नेपाली टोलीका जापानी प्रशिक्षक ग्योटुकु कोजी विजेता बन्ने लक्ष्यका साथ मलेसिया आएको र फाइनलमा पनि त्यहि अनुसारको प्रदर्शन गर्ने विश्वास व्यक्त गरेका छन् । ‘हामी निकै मेहनतका साथ फाइनल सम्म पुगेका छौं । आशा छ नजिता आफ्नो पक्षमा पार्न सफल हुनेछौं ।’ कोजीले विपक्षीलाई रोक्दै निर्धारित समय भित्रै नजिता निकाल्न प्रयास गर्ने बताएका छन् ।

pre-semis-training-session-5
मकाउका प्रशिक्षका टाम इयो सानले फाइनलमा विना दबाब खेल्ने बताएका छन् । ‘सुरुको हाम्रो लक्ष्य सेमिफाइनल सम्म पुग्ने थियो । त्यसमा सफल भएका छौं’ उनले भने, ‘फाइनल पुग्नु नै हाम्रो लागि बोनस हो । अब हामी उपाधि जित्नका लागि हरसम्भव प्रयास भने गर्नेछौं ।’ नेपाललाई हराउन सके मकाउ फुटबलको ठूलो सफलता हुने उल्लेख गर्दै उनले भने, ‘हामीमा अर्धव्यवसायिक फुटबल लिग पनि छैन, त्यसले खेलाडी व्यवसायिक खेलाडी हुने कुरै भएन । त्यसका वावजुद हामीले यहाँ उच्च प्रदर्शन गरेका छौं अर्को एउटा उच्च प्रदर्शनका लागि आशावादी छौं ।’

December 20, 2025

एपिएफलाई घरेलु मैदानमा अन्तर्राष्ट्रिय उपाधि जित्ने मौका

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका‌ लागि भिड्दै […]

December 20, 2025

वेलिंगटनको जितमा साम्बाको २ गोल

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]

December 20, 2025

बोरुसिया डर्टमुन्ड दोस्रो स्थानमा उक्लियो

एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]

Success

Thank you for your time.