4 years ago
November 11, 2021
काठमाडौं (हाम्रो खेलकुद) – साविक विजेता मच्छिन्द्र ए डिभिजन लिगको उपाधि रक्षाका लागि यस सिजन खेलाडी अनुबन्धनमा आक्रामक देखियो । अनुबन्धन यति आक्रामक भयो की क्लबले फरवार्ड लाइनमा मात्र ८ अन्तर्राष्ट्रिय स्तरका खेलाडी अनुबन्धन गरेको छ ।

क्लबले यस सिजनका लागि विमल घर्ती मगर, मनिष डाँगी, सुनिल बल र नुर्लान नोभ्रुजोभलाई अनुबन्ध गर्दा गत सिजन क्लबमा रहेका अभिषेक रिजाल, रेजिन सुब्बा, सुजल श्रेष्ठ र बुद्ध चेम्जोङ नियमित रहे । एकातर्फ यी खेलाडीको मोटो तलबले क्लबलाई आर्थिक भार थपिने त छँदै छ, खेलाडीबीच आन्तरिक प्रतिस्पर्धामा प्रशिक्षक प्रवेश कटुवाललाई छनोटमा दबाब पर्ने पक्का छ । तर क्लबका खेलाडी र प्रशिक्षक भने यसलाई सकारात्मक रुपमा लिन्छन् ।
प्रशिक्षक प्रवेश कटुवाल गत सिजन क्लबले आक्रमणमा राम्रो खेलाडी अनुबन्धन गरेपनि चोटका कारण समस्या भएको बताए । ‘ गत सिजन पनि हामीले राम्रा खेलाडी अनुबन्ध गरेका थियौं । तर चोट र खेलाडी विदेश जाँदा बिचमा समस्या नै परेको थियो । यसपटक त्यस्तो नहोस भन्ने हो,’ उनले भने ।

विराज महर्जन मच्छिन्द्र छाडेर च्यासल गएपछि सुजल श्रेष्ठले टोलीको कप्तानी सम्हाल्दैछन् । कप्तान सुजल आफैं पनि यसपटक सेन्टर मिडफिल्डरको रुपमा खेल्ने सम्भावना रहेको छ । उनले टोलीमा प्रतिस्पर्धा हुनुलाई सकरात्मक रुपमा लिएका छन् ।
‘म आफैं जुन पोजिसनमा खेले पनि उत्कृष्ट प्रदर्शन गर्ने प्रयास गर्छु । मुख्य कुरा खेल्नु पर्यो । टोलीलाई मैदानभित्र रहेर योगदान दिन पाउनु महत्त्वपूर्ण पक्ष हो भन्ने मैले बुझेको छु,’ उनले भने, ‘प्रतिस्पर्धा त छ नै । हाम्रो अन्तरिक प्रतिस्पर्धा बढ्दा टोलीको प्रदर्शनमा पनि राम्रो प्रभाव पर्छ भन्ने मेरो बुझाइ छ ।’

टोलीका गोलरक्षक विशाल श्रेष्ठ पनि लगातार चौथो लिग उपाधि जित्ने लक्ष्यमा छन् । सुजल, विशाल र मिडफिल्डर विशाल राईले भने एकसाथ मच्छिन्द्र तथा २०७५ र २०७० सालमा मनाङबाट पनि उपाधि जितेका थिए । गोलरक्षक विशाल राष्ट्रिय टोलीबाट डेब्यु गरेपछि क्लब ड्युटीमा फर्केका छन् । उनी पनि लिगलाई लिएर उत्साहित छन् ।
‘तयारी राम्रो भएको छ । खेलाडी अनुबन्धनमा पनि क्लबले राम्रो कदम चालेको छ । अहिले विदेशी खेलाडीसँग समन्वय गर्न नियमित अभ्यासमा छौं । मैत्रीपूर्ण खेल पनि राम्रो भएको छ । लिग उपाधि रक्षा गर्ने नै लक्ष्य छ,’ उनले भने ।

मच्छिन्द्रले गत सिजनको टोलीमा केहि परिवर्तन गरेको छ । फरवार्ड दीपक राई र आदेलाजा सोमिडे मनाङ जाँदा तत्कालिन कप्तान विराज च्यासल र डिफेन्डर पिटर सेगुन सातदोबाटो पुगेका छन् । क्लबले यसपटक च्यासलबाट सुनिल बल र छिरिङ गुरुङलाई अनुबन्ध गर्ने तयारी गरेको छ । त्यस्तै डिफेन्समा जावलाखेलबाट दिलेन लोक्ताम पनि सम्झौत नजिक छन् ।
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]
December 15, 2025
एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]
December 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीसँगै नेपालको लिग च्याम्पियन एपिएफ दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनल पुगेको छ। इस्ट बंगालले आज बंगलादेशको नासिर स्पोर्टस एकेडेमीलाई ७-० ले गराएसँगै एपिएफको फाइनलमा यात्रा पक्का भएको हो। इस्ट बंगाल र एपिएफले फाइनलमा एकअर्काको सामना गर्नेछन् ।त्यसअघि बुधवार लिग चरणको अन्तिम खेल पनि यी दुई टोलीबीच […]