default_image

4 years ago

November 11, 2021

लालरम्मावियाले थ्री स्टारबाटै खेल्ने

159 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – ललितपुरको ‘ए’ डिभिजन टोली रुस्लान थ्रीस्टार क्लबले बिहीबार तीन खेलाडीसँगको सम्झौता नविकरण गरेको छ ।

थ्री स्टारले आसन्न ‘ए’ डिभिजन लिगका लागि दक्षिण एसियाली कोटामा भारतीय फरवार्ड लालरम्मावियासँगको सम्झौता नविकरण गरेको हो । लालरम्मावियाले अघिल्लो सिजन थ्रीस्टारबाटै लिग खेलेका थिए । उनले गत सिजन लिग डेब्युमै मनाङविरुद्ध दुई गोल गरेका थिए । उनले २०७६ को लिगमा चार गोल गरेका थिए ।

लाल भारतीय आइ लिग क्लब एयजवाल एफसीमा आबद्ध थिए । यस्तै थ्रीस्टारले युवा मिडफिल्डर योगेश गुरुङ र डिफेन्डर मिन बहादुर धिमालसँग पनि सम्झौता नविकरण गरेको छ ।

नयाँ सिजनका लागि थ्री स्टारले यसअघि कप्तान विक्रम लामा, उपकप्तान अनन्त तामाङ, सन्जोक राई, निशान खड्का, मनग्य नकर्मी, सुसान श्रेष्ठ, मिक्चेन तामाङ, निशान खड्का र गोलरक्षक प्रिसोको सम्झौता नविकरण गर्दा नयाँ खेलाडीको रुपमा डोना थापा, आयुष घलान, राफयल रिमगागो, गोलरक्षक रोशन गुरुङ, लाकेन लिम्बु र हेमन्त थापामगरलाई अनुबन्ध गरिसकेको छ ।

लिगको मिति नजिकिदै गर्दा क्लबहरुले खेलाडी अनुबन्धसँगै अभ्यास खेललाई पनि निरन्तरता दिएका छन् । प्रि–सिजनमा थ्री स्टारले तीन मैत्रीपुर्ण खेल खेलिसकेको छ ।

लिग मंसिर ३ गतेबाट सुरु हुँदैछ । यसअघि कात्तिक २९ देखि लिग हुने तय थियो । थ्री स्टारले च्यासल युथ क्लबसँग खेल्दै लिगको सुरुवात गर्नेछ ।

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

December 15, 2025

बायर्न म्युनिख पुछारको टोलीसँग रोकियो

एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]

December 14, 2025

इस्ट बंगाल र एपिएफ साफ क्लब च्याम्पियनसिपको फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीसँगै नेपालको लिग च्याम्पियन एपिएफ दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनल पुगेको छ। इस्ट बंगालले आज बंगलादेशको नासिर स्पोर्टस एकेडेमीलाई ७-० ले गराएसँगै एपिएफको फाइनलमा यात्रा पक्का भएको हो। इस्ट बंगाल र एपिएफले फाइनलमा एकअर्काको सामना गर्नेछन् ।त्यसअघि बुधवार लिग चरणको अन्तिम खेल पनि यी दुई टोलीबीच […]

Success

Thank you for your time.