default_image

2 years ago

November 15, 2021

शेर्पामा खेल्ने शैलीको जग बसाल्ने ‘युगल’ प्रयास

काठमाडौं (हाम्रो खेलकुद) – हिमालयन शेर्पा क्लबले राष्ट्रिय फुटबल टोलीका पूर्व स्ट्राइकर युगलकिशोर राईको प्रशिक्षणमा यसपटकको सहिद स्मारक ए डिभिजन लिग खेल्ने भएको छ । लिग खेल्नुअघि नै राईको प्रशिक्षणमा हिमालयन शेर्पाले यसै महिना बेलबारी गोल्ड कपको उपाधि जितेको थियो । अर्को ए डिभिजन टोली नेपाल एपिएफ क्लबलाई फाइनलमा हराउँदै हिमालयन शेर्पाले उपाधि जितेको थियो […]

113 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – हिमालयन शेर्पा क्लबले राष्ट्रिय फुटबल टोलीका पूर्व स्ट्राइकर युगलकिशोर राईको प्रशिक्षणमा यसपटकको सहिद स्मारक ए डिभिजन लिग खेल्ने भएको छ ।

लिग खेल्नुअघि नै राईको प्रशिक्षणमा हिमालयन शेर्पाले यसै महिना बेलबारी गोल्ड कपको उपाधि जितेको थियो । अर्को ए डिभिजन टोली नेपाल एपिएफ क्लबलाई फाइनलमा हराउँदै हिमालयन शेर्पाले उपाधि जितेको थियो ।

चुनौती स्वकारेर नै हिमालयन शेर्पाको प्रस्ताव स्वीकार गरेको राईले बताए । गत वर्ष एएफसी ए लाइससेन्स गरेका राईले टोलीमा सिस्टमका लागि प्रयास गरिरहेको र त्यहि अनुरुप टोलीले प्रशिक्षणमा प्रदर्शन गरिरहेको बताए ।

‘हामीले तयारीका लागि क्लबसँग अलि बढी समय मागेका थियौं, तर त्यो सम्भव भएन । अब उपलब्ध भएको १०/१५ दिनमा सिस्टम बनाउने प्रयास गरेका छौं’, उनले भने,‘ खेलाडीले आफूले सोचे अनुरुप सिस्टम फलो गर्न सके भने राम्रो नतिजाको आशा गर्न सकिन्छ । मुख्य विषय एक दुई वटा नतिजा खराब आउँदा टोलीले मनोबल कमजोर गर्ला भन्ने डर पनि त्यति कै हुन्छ ।’

क्लबले आफूले चाहे जस्तै फिजियो, फिटनेस ट्रेनर दिएको जनाउँदै उनले भने, ‘हामीले समन्वय गरेर टोली तयार पार्ने कोशिस गरेका छौं ।’ टोलीमा यसपटक राईसँगै गोलरक्षक प्रशिक्षक मिन बस्नेत, सहायक प्रशिक्षक मित्र बस्नेत, फिटनेस ट्रेनर कपिल फोगाट र किट म्यानेजेर राजन कुँवर छन् । टोलीको प्राविधिक सल्लाहकारमा सुवास राई तथा व्यवस्थापकमा विजेन्द्र पुडासैनी नियमित छन् ।

विगत र अहिले पनि नेपाली फुटबल धेरै ठूलो परिवर्तन नआएपछि फुटबल शिक्षाको पाटोमा भने पछिल्ला वर्षहरुमा सुधार आएको राईको बुझाई छ । ‘राम्रो राम्रो नयाँ प्रशिक्षक आउनु भएको देख्दा खुसी लाग्छ’, उनले भने,‘ फुटबलमा ट्रेनिङसँगै प्रशिक्षण शिक्षा पनि उत्तिकै जरुरी छ । जुन पछिल्लो समय नेपाली फुटबलमा देख्न पाइएको छ । यसले आउने दिनमा प्राविधिक फुटबल विकासमा अझै आशा गर्न सकिन्छ ।’

लिगको तयारीस्वरूप शेर्पाले सोमबार मैत्रीपूर्ण खेलमा थ्री स्टार क्लबलाई पराजित गरेको थियो । नतिजा भन्दापनि क्लबले ठूलो मैदानमा धेरै पछि खेल्दा खेलाडीहरुमा अझै पूर्ण रुपमा प्रदर्शन देखिएको थिएन । बुढानिलकन्ठ विद्यालयको मैदानमा प्रशिक्षणरत टोलीले लिगअघि आफ्नो तयारीलाई अन्तिम चरणमा पुर्याएको छ ।

विदेशी खेलाडीका रुपमा नेपालमा खेलिसकेका क्यामरुनी डिफेन्डर उलरीच सिवे रामजी छन् । त्यस्तै टोलीले जापानी मिडफिल्डर रिओ नाकमुरा, केन्याको राष्ट्रिय टोलीबाट खेलिसकेका फरवार्ड पिस्तोने मुताम्बा र भारतको युवा टोलीको प्रतिनिधित्व गरेका मोइनुद्दीन खानलाई अनुबन्ध गरेको छ । शेर्पाले त्रिदेव गुरुङ, विश्वास श्रेष्ठ, आशिष गुरुङ, भिषण गुरुङ, विजय श्रेष्ठ, किशोर गुरुङ लगायत खेलाडीलाई टोलीमा राख्न सफल भएको छ । नियमित कप्तान मानबहादुर तामाङ सातदोबाटो पुग्दा मनाङबाट गोलरक्षक दीप कार्की टोलीमा आएका छन् ।

टोलीमा ठूला स्टार नभएपनि प्रशिक्षक राईले आफ्नो योजनामा खेलाडीलाई उतार्ने प्रयास गरिरहेका छन् । पछिल्लो समय नेपालको प्रशिक्षण क्षेत्रमा आफ्नो प्रयोगलाई मैदानमा उतार्न प्रयत्न गरिरहेका प्रशिक्षकका रुपमा राई परिचित छन् । गत सिजन बि डिभिजनमा बाँसबारीबाट लोभलाग्दो खेल्ने शैलीसहितको रणनीति अबलम्बन गरेका उनको टोलीलाई कोरोनाले असर पुर्याएको थियो । यसपटक ए डिभिजन लिगमा उनले आफ्नो टोलीको फिटनेस पक्षलाई थप ध्यान दिएका छन् ।

६ वर्षयता फुटबल प्रशिक्षण सुरु गरेका राईले यो बीचमा केहि टोलीलाई प्रशिक्षण दिनुका साथ आफूले सी, बी हुँदै ए लाइसेन्स लिएका थिए । छ वर्षअघि चौर फुटसल र रेड फुटसलबाट प्रशिक्षण दिन सुरु गरेका उनले डेढ दुई महिना रिफ्यूजी क्याम्पको बिआरसी भुटानलाई प्रशिक्षण दिएका थिए । त्यहि क्रममा टोलीले भीमनारायण गोल्ड कपको उपाधि जितेका थिए ।

त्यसपछि उनले गृह जिल्ला झापामा विभिन्न उमेर समूहका लागि चन्द्रगढी फुटबल एकेडेमी सञ्चालन गरेका थिए । त्यसपछि झन्डै ३ वर्ष झापा फुटबल क्लबको प्रशिक्षक रहेका उनले टोलीलाई सी डिभिजनमा छनोट गराएका थिए । गत वर्ष बी डिभिजनमा उनकै प्रशिक्षणमा बाँसबारी क्लब तेस्रो भएको थियो । नेपाल सुपर लिगमा पनि युगल प्रशिक्षक रहेको धनगढी फुटबल क्लब उपविजेता बनेको थियो ।

२०६० सालमा अन्तरनगरपालिका कप खेल्न काठमाडौं आएका राईलाई थ्री स्टार क्लबका तत्कालिन अध्यक्ष स्वर्गिय ललितकृष्ण् श्रेष्ठले आफ्नो क्लबमा आबद्ध गराएका थिए । थ्री स्टारबाट एक सिजन र त्यसपछि एनआरटीबाट दुई सिजन खेलर विदेशिएका थिए । दश वर्ष अघि स्वदेश फर्केर उनले मनाङ मर्स्याङ्दी र आरसिटीबाट व्यावसायिक फुटबल खेलको थिए । सक्रिय खेलाडी जीवनबाट विश्राम लिएपछि उनी प्रशिक्षणमा सामेल भएका हुन् । उनले केहि समय राष्ट्रिय टोलीबाट पनि खेलेका थिए ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.