default_image

2 years ago

November 19, 2022

डिशहोमले विश्वकप २के रिजोलुसनमा प्रशारण गर्दै

143 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – डिस मिडिया नेटवर्कले फिफा विश्वकप २०२२ प्रत्यक्ष प्रसारण २ के रिजोलुसनमा गर्ने भएको छ । यससँगै डिश होमले विश्वकप लक्षित गर्दै फिल द म्याजिक अफ फुटबल इन डिश होम अभियान पनि सुरु गरेको छ ।

नेपालको एक मात्र डीटिच कम्पनी डिशहोमले लामो समयदेखि प्रतिक्षा गरिएको फिफा विश्वकप फुटबलको प्रशारण उच्च स्तरमा गर्ने भएको हो । हाल नेपालमा एचडी रिजोलुसनमा प्रसारण हुँदै आएको विश्वकप अब २ के रिजोलुसनमा हेर्न पाइनेछ ।

हरेक चार चार वर्षमा हुने विश्वकप फुटबललाई नेपाली फुटबलका फ्यानहरुले हर्षोल्लासका साथ स्वागत गर्ने गरेका छन् । नेपाली सामाजिक सञ्जालको लोकप्रियता र फ्यानहरुको गतिबिधीलाई मध्यनजर गर्दै डिशहोमले धेरै उपहारहरु सहित सामाजिक सञ्जालका लागि विभिन्न डिजिटल अभियानहरु समेत जारी गरेको छ ।

अभियानमा सहभागी हुनका लागि सहभागीहरुले डिशहोमको फेसबुक पेजमा गइ पोस्टमा उनीहरुको मनपर्ने टिमको समर्थन गरेको भिडियो क्लिप वा फोटो पोस्ट गर्नुपर्नेछ । यसको विस्तृत विवरण डिश होमको फेसबुक पेजमा उपलब्ध रहेको जनाइएको छ ।

Success

Thank you for your time.