2 hours ago
December 15, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ३-० ले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको शीर्ष स्थानको आर्सनलसँगको अंक पुनः घटाएको छ।
एर्लिङ हालान्डले २ र फिल फोडेनको गोलमा सिटीले जित निकालेको थियो। ४१औँ मिनेटमा माटेउस नुनेसको क्रसमा हालान्डले हेडरमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए।
यद्यपि, अघिल्लो सिजन एफए कप फाइनलमा सिटीलाई हराएको क्रिस्टल प्यालेसले खेलभरि कडा चुनौती प्रस्तुत गर्यो।
पहिलो र दोस्रो हाफमा येरिमी पिनो र एडम वार्टनका प्रहार पोस्टमा लागेर फर्किए पनि अन्तिम चरणमा सिटीले खेल आफ्नो पक्षमा पार्यो।
६९औँ मिनेटमा रायन चेर्कीको एकल दौडपछि प्राप्त बलमा फोडेनले २० यार्ड टाढाबाट सानदार गोल गरे। ८९ औं मिनेटमा त्यसपछि साभिन्होलाई डिन हेन्डरसनले फाउल गरेपछि पाएको पेनाल्टीमा हालान्डले गोल गर्दै नतिजा ३-० बनाए।
यो जितपछि सिटीको ३४ अंक पुगेको छ। क्रिस्टल प्यालेस तालिकाको पाँचौँ स्थानमै सीमित छ।
प्रिमियर लिगमा आइतवारका अन्य खेलमा
अन्य खेलमा नटिङघम फरेस्टले टोटेनहमलाई ३-०, एस्टन भिल्लाले वेस्ट हमलाई ३-२ ले, सन्डरल्यान्डले न्युक्यासललाई १-० ले हराएको छ। बेनफोेर्ड र लिड्स युनाइटेड १-१ बराबरी खेलेका छन्।

December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]