default_image

1 year ago

December 2, 2022

जर्मनी अग्रता लिँदै बलियो अवस्थामा

कतार (हाम्रो खेलकुद) – फिफा विश्वकप कतार २०२२ अन्तर्गत समूह चरणको अन्तिम खेलमा जर्मनीले कोस्टारिकाको सामना गर्दैछ । पहिलो हाफको खेल सकिँदा जर्मनी १-० ले अघि छ । बल पोसेसनमा पकड जमाएको जर्मनीले पटक पटक कोस्टारिकाको डिफेन्स पार गरेको छ । तर गोलरक्षक तथा कप्तान केलर नाभास लगातार बाधक बनिरहेका छन् । जित्नैपर्ने खेलमा आक्रामक […]

129 views

0 Bookmark

कतार (हाम्रो खेलकुद) – फिफा विश्वकप कतार २०२२ अन्तर्गत समूह चरणको अन्तिम खेलमा जर्मनीले कोस्टारिकाको सामना गर्दैछ । पहिलो हाफको खेल सकिँदा जर्मनी १-० ले अघि छ ।

बल पोसेसनमा पकड जमाएको जर्मनीले पटक पटक कोस्टारिकाको डिफेन्स पार गरेको छ । तर गोलरक्षक तथा कप्तान केलर नाभास लगातार बाधक बनिरहेका छन् । जित्नैपर्ने खेलमा आक्रामक रणनीति लिएर उत्रेको जर्मनीले अग्रता लिएपछि काउन्टर अट्याकमा भने सचेत हुनुपरेको छ ।

सातौं मिनेटमा जर्मनीका जमाल मुसियालाले पेनाल्टी क्षेत्रभित्र ५ डिफेन्डरलाई बिट गरेपनि प्रहार गर्ने अवसर पाएनन् । उनले दिएको अन्तिम पासमा थोमस मुलर र लिओन गोरेट्जका बलियो प्रहार गर्न चुके ।

दशौं मिनेटमा जर्मनीले सर्ज नाब्रीको गोलमा अग्रता लियो । डेविड रमको क्रसमा नाब्रीले गरेको हेडर गोलमा परिणत भएको थियो । १४ औं मिनेटमा गोरेट्जका को हेडरलाई कोस्टारिकाका कप्तान तथा गोलरक्षक केलर नाभासले विफल पारे ।

४० औं मिनेटमा लेरोय सानेले पेनाल्टी क्षेत्र भित्रबाट गरेको प्रहारमा नाभास बिट भएपनि बल पोस्टभन्दा थोरै परबाट गयो । ४२ औं मिनेटमा कोस्टारिकाले खेलमा फर्कने सुवर्ण अवसर खेर फाल्यो । जर्मन डिफेन्डरद्वय डेविड रम र एन्टोनियो रुडीगरले लगातार गल्ती गरेपछि केशर फुलरले वन भर्सेस वनको स्थितिमा गोल गर्न सकेनन् । उनको शक्तिशाली प्रहार गोलरक्षक म्यानुएल नोएरले पन्च गरिदिए ।

समूहको अर्को खेलमा स्पेनले जापानविरुद्ध १-० को अग्रता लिएको छ । अहिलेकै स्कोर अन्त्यसम्म कायम रहे स्पेन समूह विजेता र जर्मनी उपविजेता बन्दै अघि बढ्नेछन् । अहिलेको अवस्थामा स्पेन ७ अंकसहित समूहको शीर्षस्थानमा रहनेछ । जर्मनी ४ अंकका साथ दोस्रो हुनेछ । जापान र कोस्टारिका ३-३ अंकका साथ तेस्रो र चौथो हुनेछन् ।

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

Success

Thank you for your time.