6 years ago
August 15, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रहरीकी तारादेवी पुन महिला तथा नेपाली सेनाका पुकार गुरुङ नेपाल स्ट्रङगेस्ट तेश्रो ओलम्पियन सुनिललाल जोशी स्मृती राष्ट्रिय भारोत्तोलन प्रतियोगिताको स्ट्रङगेस्ट खेलाडी घोषित भएका छन् । तारादेवी र पुकारले ब्यानेटका १० हजार, ट्रफी, प्रमाण पत्र प्राप्त गरे ।

पुरुष तर्फ बेष्ट लिफ्टरमा सिनियरमा पुलिसका विकास थापा र जुनियरमा प्रकाश के.सी. तथा महिला तर्फ पुलिसका सिनियरमा संगिता राई र जुनियरमा संजु चौधरी घोषित भए । उदियमान खेलाडीमा पुरुष तर्फ बाँकेका तुषार बुढामगर तथा महिलामा बर्दियाका नन्दा थापामगर घोषित भए ।
पुरुष १०९ केजी माथिको तौलमा स्ट्रङगेस्ट खेलाडी पुकारले तीनै विधामा राष्ट्रिय किर्तिमान कायम गरे । स्न्याचमा १२७ केजी, क्लिन एण्ड जर्कमा १ सय १५१ र कुल २७८ केजीका गरि पुकारले कीर्तिमान बनाएका हुन् ।
आठौ राष्ट्रिय खेलकुदमा पुकारले स्नाचमा १२६ केजी, क्लिन एण्ड जर्कमा १५० केजी र कुलमा २७६ केजीको कीर्तिमान बनाएका थिए । पुलिसका राजीव महर्जनले ९५ स्नाचमा, ११७ क्लिन एण्ड जर्कमा कुलमा २१२ केजी उचाल्दै दोस्रो भए
१०९ केजी तौलमा सिनियरमा पुलिसका संदेश गुरुङले स्नाचमा १०६, क्लिन एण्ड जर्कमामा १३५ गरि कुल २४१ केजी भार बहन गरे । उनले स्नाचमा आफ्नै नाममा रहेको १०० केजीको कीर्तिमानमा सुधार गरेका हुन् ।

जुनियर तर्फ कञ्चनपुरका सागर भण्डारीले क्लिन एण्ड जर्क र कुलमा किर्तिमान बनाए । उनले क्लिन ंएण्ड जर्कमा संदेशको नाममा रहेको १३८ केजीलाई उछिन्दै १४७ केजी र कुलमा संदेशकै नाममा रहेको २३८ केजीलाई उछिन्दै २४७ केजीका साथ कीर्तिमान राखेका हुन् । सारगले स्नाचमा १०५ केजी भार बहन गरे ।
१०२ केजीमा कञ्चनपुरका सुभाष उपाध्यायले तीनै बिधामा किर्तिमान राखे । स्नाचमा १०३, क्लिन ंएण्ड जर्कमा १३० केजी तथा कुलमा २३३ केजी उचाले । यस अघि सागर भण्डारीले आठौमा स्नाचमा १०२, क्लिन एण्ड जर्कमा १२२ र कुलमा २२४ को किर्तिमान राखेका थिए । दोश्रो स्थानमा रोशन बि.क.ले स्नाचमा ७०, क्लिन एण्ड जर्कमा १०० गरि कुल १७० को भार बहन गरे ।
९६ केजी तौलमा पुलिसका गगन चन्दले स्नाचमा ९८ केजी, क्लिन ंएण्ड जर्कमा १३० केजी तथा कुलमा २३८ गरि स्वर्ण, पुलिसकै श्रीकृष्ण महर्जनले स्नाचमा ९०, क्लिन एण्ड जर्कमा १०८ र कुलमा १९८ केजीका साथ रजत तथा एपिएफका देवेन्द्र बि.क.ले स्नाचमा ८५, क्लिन एण्ड जर्कमामा १०७ र कुलमा १९२ केजीका साथ कास्य पदक जिते ।
राष्ट्रिय किर्तिमान कायम गर्ने खेलाडीले १ हजार रुपैयाँ प्राप्त गरे । पुरुष तर्फ २४ र महिला तर्फ २३ राष्ट्रिय कीर्तिमान बने । उदयीमान तथा बेष्ट लिफ्टरले प्रमाण पत्र र ट्रफी प्राप्त गरे । तीन बिभागिय टोली जिल्ला तथा क्लबका करिव सय खेलाडीले ४० स्वर्ण पदकका लागि प्रतिस्पर्धा गरेका थिए ।
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]