4 years ago
December 26, 2021
सुर्खेत (हाम्रो खेलकुद) – सुर्खेत प्रथम प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगितामा च्याम्पियन बनेको छ । १४ स्वर्ण, ६ रजत र ४ कास्य पदकसहित सुर्खेत च्याम्पियन बनेको हो ।

रुकुम ४ स्वर्ण, २ रजत र २ कास्य पदकका साथ दोस्रो तथा सल्याण १ स्वर्ण, १ रजत र एक कास्य पदक जित्दै तेस्रो स्थानमा रहेको थियो । प्रदेशमा च्याम्पियन बनेका खेलाडीले पुस १५ देखि १७ गते सम्म काठमाडौंमा आयोजना हुने प्रथम मेयर कप राष्ट्रिय प्रतियोगितामा भाग लिने प्रशिक्षक भुवन थापाले जानकारी दिए । प्रदेशमा तेक्वान्दो खेलको विकासका लागि प्रदेश तथा स्थानिय सरकारले पनि प्रतियोगिता आयोजना गर्नुपर्नेमा तेक्वान्दो संघ कर्णाली प्रदेशका अध्यक्ष लक्ष्मण कडेलले जोड दिए ।
राष्ट्रिय खेलकुद परिषद् राखेप कार्यकारी बोर्ड केन्द्रीय सदस्य नन्दा बस्यालले ‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भए जस्तै अव ‘महिलाका लागि खेलकुद’ भन्ने नाराका साथ खेललाई अगाडि बढाउने बताएकी छिन । कर्णालीमा खेल विकासका लागि तेक्वान्दो खेल जरुरी हुनुका साथै प्रदेश स्तरीय मात्र नभएर राष्ट्र तथा अन्तराष्ट्रिय प्रतियोगिता प्रदेशमै गरिने पनि उनले जानकारी दिइन् ।

कर्णाली प्रदेश तेक्वान्दो संघ वीरेन्द्रनगरको आयोजनामा तीन दिन सम्म चलेको प्रतियोगितामा कर्णाली प्रदेशका पाँच जिल्ला सुर्खेत, दैलेख, सल्यान, रुकुम पश्चिम र जुम्लाका झण्डै ३ सय खेलाडी सहभागी भएका थिए । समापनमा कर्णाली प्रदेशका उपाध्यक्ष प्रमोद हमाल,सुर्खेत जिल्लाका प्रशिक्षक भुवन थापा, जिल्ला खेलकुदका अध्यक्ष चन्द्र कुमार गिरीलगायतको उपस्थिति थियो ।
December 12, 2025
काठमाडौं (हाम्रो खेलकुद) – पारा तेक्वान्दो खेलाडी रेनु तामाङले युथ एसियाली पारा गेम्समा के ४४ को ४७ केजी तौल समूह मुनी कास्य पदक जितेकी छिन् । युएईमा भएको प्रतियोगितामा रेनुले बंगलादेशकी नसरीन अख्तरलाई पहिलो राउन्डमा १५- ३ र दोस्रो राउन्डमा १२-० ले हराउँदै सेमिफाइनलको यात्रा तय गरेकी थिइन्। राष्ट्रिय टिम तयारी अन्तर्गत मिसन २०२६ को […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]
November 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियाली खेलकुदकी रजत पदक विजेता एरिका गुरुङ इजिप्टमा जारी डब्लुकेएफ २७ औं कराते विश्व च्याम्पियनसिपको अन्तिम १६ मा प्रवेश गर्न सफल भएकी छिन्। महिला ६८ केजी माथि तौल समूहको पुल-७ मा रहेकी एरिका समूह उपविजेता बनेर प्रि-क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएकी हुन्। उनले चिल्लीकी गोन्जालेज लाभिनलाई ५-१ को अन्तरमा पराजित गरिन्। त्यसअघिको […]