50 minutes ago
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् ।
सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा आफ्नै क्लबकी बीणा नाथलाई हराइन् । आर्मीकै आरती सिंहले कांस्य पदक जितिन् ।
धौगागिरी डोजाङका विशान्त केसीलाई हराउँदै अभिषेकले सिनियर पुरुषको ८० केजीमुनिको तौल समूहमा स्वर्ण पदक जितेका हुन् । आर्मीका सुवास केसीले कांस्य पदक प्राप्त गरे ।

नेपाल तेक्वान्दो संघको आयोजना र नेपालस्थित दक्षिण कोरियाली दूतावासको विशेष सहयोगमा सञ्चालित च्याम्पियनसिपको सिनियर पुरुषको ६८ केजीमुनि आर्मीका सगुन श्रेष्ठ स्वर्ण, आर्मीकै धनसिंह परियार रजत तथा पोखरी डोजाङका अनिस जिसी र पुलिसका भुवन महराले कास्य पदक जितेका छन्।
यसैगरी जुनियर पुरुषको ५५ केजीमुनि दीलिप स्मृति डोजाङका करण ढोली पहिलो, ऋत डोजाङका राजु ऐर दोस्रो तथा नागार्जुन डोजाङका सुदीप नेपाल र कञ्चनपुरका क्रिस बुढाथोकी संयुक्त रुपमा तेस्रो भएका छन्।
महिला ५५ केजी मुनीको तौल समूहमा गोर्खाली डोजाङकी प्रतिमा भुजेलले स्वर्ण पदक जितिन् । उनले फाइनलमा गोर्खालीकै पूर्णिमा श्रेष्ठलाई पराजित गरिन् । काँकडभिट्टाकी तायामी राई र अल्फ डोजाङकी अञ्जना विष्टले कांस्य पदक जिते ।
मंसिर २० गतेसम्म सञ्चालन हुने च्याम्पियनसिपमा नेपालसहित भारत, पाकिस्तान, बंगलादेश र भुटानका खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन् ।
च्याम्पियनसिपमा ग्योरोगी, पुम्सेसँगै पारा तेक्वान्दोलाई पनि समावेश गरिएको छ । च्याम्पियनसिपमा १ हजार ५ सय ३० खेलाडीले गरिरहेको प्रतियोगिता संयोजक भानबहादुर चन्दले जानकारी दिए ।
November 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियाली खेलकुदकी रजत पदक विजेता एरिका गुरुङ इजिप्टमा जारी डब्लुकेएफ २७ औं कराते विश्व च्याम्पियनसिपको अन्तिम १६ मा प्रवेश गर्न सफल भएकी छिन्। महिला ६८ केजी माथि तौल समूहको पुल-७ मा रहेकी एरिका समूह उपविजेता बनेर प्रि-क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएकी हुन्। उनले चिल्लीकी गोन्जालेज लाभिनलाई ५-१ को अन्तरमा पराजित गरिन्। त्यसअघिको […]
November 28, 2025
काठमाडौं (हाम्रो खेलकुद )- न्युजिल्यान्डमा भएको ‘उसु हिरोज’ प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण उसु प्रतियोगितामा नेपालले ४ स्वर्ण जितेको छ । विजय सिन्जाली, पासाङ शेर्पा, निमा घर्ती मगर र जुनु स्याङ्बो लामाले स्वर्ण जितेको नेपाल उसु महासंघका उप–महासचिव राजीव महर्जनले जनाएका छन् ।
November 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- करातेकी खेलाडी सानुमाया थिङले इजिप्टमा आज सुरु हुने डब्लुकेएफ २७ औं कराते विश्व च्याम्पियनसिपमा एकल कातामा खेलेका सबै ३ प्रतिस्पर्धामा हार बेहोरेकी छिन् । पहिलो खेलमा सानुमाया कोलम्बियाकी खेलाडी मचादो भ्यालेन्टिना जापातासँग हारिन् । सानुमायाले ३६.१ र मचादोले ३८.८ स्कोर गरिन् । अर्को खेलमा सानुमाया आयोजक इजिप्टकी आया हेस्मामसँग ३९.४-३५.६ ले पराजित भइन् […]