4 years ago
March 8, 2022
काठमाडौं (हाम्रो खेलकुद) – अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा खेलकुदसँग सरोकारवाला दुई महिला सम्मानित भएका छन् । नेपाल ओलम्पिक कमिटीअन्तर्गतको वुमेन्स एन्ड स्पोर्टस कमिसनले तेक्वान्दोकी पुरानो खेलाडी डाक्टर सुधा सेन मल्ल र राष्ट्रिय खेलकुद परिषद् (राखेप) की कर्मचराी जुलुम गिरीलाई नगदसहित स्मान गरेको हो ।

नेपाल ओलम्पिक कमिटी (एनओसी) का जीवनराम श्रेष्ठले मल्ल र गिरीलाई सम्मान पत्रसहित २५ हजार रुपैयाँ प्रदान गरे । कमिसनले हरेक वर्ष प्राविधिक र कर्मचारीबाट एक एक जनालाई सम्मान गर्दै आएको छ । पुरस्कारको प्राविधिकतर्फ मल्ललाई सम्मान गरिएको हो ।
हङकङमा रहँदा ८ वर्षको उमेरमा तेक्वान्दो खेल्न सुरु गरेकी मल्लले सन् १९८३ मा तेक्वान्दोमा ब्ल्याकबेल्ट प्राप्त गरेकी थिइन् । सोही वर्ष आयोजना भएको पहिलो सगरमाथा तेक्वान्दो च्याम्पियनसिपमा उनले स्वर्ण पदक जितेकी थिइन् । उनले विश्व तेक्वान्दोको मुख्यालय कुकिवानबाट सन् २०१२ मा तेस्रो डान प्राप्त गरेकी थिइन् । नेपाली सेनाकी सहायक रथी डा. मल्ल वीरेन्द्र सैनिक अस्पतालमा कार्यरत छिन् ।
पुरस्कारको प्रशासनतर्फ गिरीलाई सम्मान गरिएको हो । उनी तीन दशक लामो समयदेखि राखेपको कर्मचारीका रूपमा विभिन्न जिम्मेवारी निर्वाह गर्दै आएकी छन् ।
सम्मानपछि मल्ले कमिसनले आफूलाई स्मरण गर्दै सम्मान गरेकोमा धन्यवाद दिइन् । उनले त्यो अवसरमा आफ्ना गुरुलाई पनि स्मरण गरिन् । गिरी खेलकुदमा काम गरेर पहिलो पटक सम्मानित हुँदा पाउँदा गर्व लागेको बताइन् ।

त्यस अवसरमा अध्यक्ष श्रेष्ठले नेपाली खेलकुदमा महिला सहभागितामा जोड दिनु हुँदै अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले पनि खेलकुदमा महिलाको बलियो उपस्थितिलाई प्राथमिकतामा राखेको बताए । नयाँ पुस्तामा परिचित नाम नभएपनि मल्लले आफ्नो समयमा खेलकुदमा आबद्ध हुनुलाई प्रशसनिय कार्यका रुपमा लिनुपर्ने बताए ।
गिरीले राखेपमा रहेर प्रशंसनिय कार्य गर्दै आएकोमा श्रेष्ठले तारिफ गरे । कमिसनका अध्यक्ष्य ज्योति राणाको सभापतित्वमा कार्यक्रममा कमिसनकी सदस्य प्रमिला सिंह श्रेष्ठले स्वागत मन्तव्यसँगै कमिसनको गतिविधिका बारेमा जानकारी दिएकी थिइन् । त्यस्तै कमिसनकी सचिव विमला पौडेलले धन्यवाद ज्ञापन गरिन् ।
December 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – रिभेरा इन्टरनेसनल एकेडेमीले पाँचौं एसियन युथ पारा खेलकुदको तेक्वान्दोमा कास्य पदक जितेकी रेनु तामाङलाई बिहीवार १० हजार रुपैयाँ सहित सम्मान गरेको छ । सोही अवसर उनका प्रशिक्षक कविराज नेगी लामा पनि सम्मानित भए । उनीहरुलाई रिभेराको स्पोर्टस् मिटका अवसरमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत राष्ट्रिय टिम तयारीका निर्देशक ओलम्पियन दिपक विष्ट, […]
December 12, 2025
काठमाडौं (हाम्रो खेलकुद) – पारा तेक्वान्दो खेलाडी रेनु तामाङले युथ एसियाली पारा गेम्समा के ४४ को ४७ केजी तौल समूह मुनी कास्य पदक जितेकी छिन् । युएईमा भएको प्रतियोगितामा रेनुले बंगलादेशकी नसरीन अख्तरलाई पहिलो राउन्डमा १५- ३ र दोस्रो राउन्डमा १२-० ले हराउँदै सेमिफाइनलको यात्रा तय गरेकी थिइन्। राष्ट्रिय टिम तयारी अन्तर्गत मिसन २०२६ को […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]