default_image

3 years ago

October 26, 2022

नेपालका रविन्द्रद्वारा गोवा कम्ब्याटमा भारतका खेलाडी नकआउट

511 views

0 Bookmark

एजेन्सी – भारतीय मिक्स्ड मार्सल आर्टको प्रसिद्ध इभेन्ट गोवा कम्ब्याट २०२२ अन्तर्गत नेपाली खेलाडी रविन्द्र धातले मेन इभेन्टमा भारतीय खेलाडीलाई नकआउट गरेका छन् । उनले मुख्य बाउट जित्दै ५० हजार भारतीय रुपैयाँ पनि जिते ।

सोमबार भएक स्पर्धामा लक एन्ड रोल एमएमए क्लबको प्रतिनिधित्व गरेका रविन्द्रले भारतका रवी शालाई दोस्रो चरणमा नकआउट गरेका थिए । स्थानीय प्रतियोगितामा राम्रो लयमा रहेका रविन्द्रले मेन इभेन्टको बाउटमा विपक्षीलाई कुनै मौका नै दिएनन् । उनले सुरुवातदेखि नै एकतर्फी दबाब बनाएका थिए । दोस्रो राउन्डको चौथो मिनेटमा रेफ्रीले खेल रोकेका थिए ।

त्यस्तै गोवा कम्ब्याट अन्तर्गत के१ को मेन इभेन्टमा रेज फिटनेसको प्रतिनिधित्व गरेका कोशिश श्रेष्ठले भारतका शेरा कोटकेनीलाई पराजित गरे । उनले पनि दोस्रो चरणमा नकआउट गर्दै जित हासिल गरेका थिए ।

December 18, 2025

पदक विजेता रेनु सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – रिभेरा इन्टरनेसनल एकेडेमीले पाँचौं एसियन युथ पारा खेलकुदको तेक्वान्दोमा कास्य पदक जितेकी रेनु तामाङलाई बिहीवार १० हजार रुपैयाँ सहित सम्मान गरेको छ । सोही अवसर उनका प्रशिक्षक कविराज नेगी लामा पनि सम्मानित भए । उनीहरुलाई रिभेराको स्पोर्टस् मिटका अवसरमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत राष्ट्रिय टिम तयारीका निर्देशक ओलम्पियन दिपक विष्ट, […]

December 12, 2025

रेनुले युथ एसियाली पारा गेम्समा कास्य जितिन्

काठमाडौं (हाम्रो खेलकुद) – पारा तेक्वान्दो खेलाडी रेनु तामाङले युथ एसियाली पारा गेम्समा के ४४ को ४७ केजी तौल समूह मुनी कास्य पदक जितेकी छिन् । युएईमा भएको प्रतियोगितामा रेनुले बंगलादेशकी नसरीन अख्तरलाई पहिलो राउन्डमा १५- ३ र दोस्रो राउन्डमा १२-० ले हराउँदै सेमिफाइनलको यात्रा तय गरेकी थिइन्। राष्ट्रिय टिम तयारी अन्तर्गत मिसन २०२६ को […]

December 5, 2025

मिसन २०२६ का गीता र अभिषेकले स्वर्ण पदक जिते

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले‌ सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]

Success

Thank you for your time.