3 years ago
December 21, 2022
काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले दुई तेक्वान्दो संघलाई खारेज गर्दै नयाँ संघ गठन गरेपछि विवाद चर्केको छ । राखेपले मंगलबार तेक्वान्दो, उसु र शारीरिक सुगठन संघ पूनर्गठन गरेको थियो ।

पुनर्गठित नेपाल तेक्वान्दो संघको अध्यक्षमा संघका पूर्व उपाध्यक्ष तथा पहिलो पुस्ताका खेलाडीसमेत रहेका प्रदीप जोशीलाई संयोजक र अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व महासचिव इन्द्रमान तुलाधरलाई महासचिवको जिम्मेवारी दिइएको छ । जोशी र महासचिव बुधबार सातदोबाटोस्थित तेक्वान्दो कार्यलयमा बहाली गर्न जाँदा विवाद भएको थियो ।
खारेज गरिएका संघका अध्यक्ष प्रकाश शम्सेर राणाको नेतृत्व पदाधिकारीले तेक्वान्दो भवन छाड्न अस्वीकार गरेपनि विवाद भएको थियो । एउटा पक्ष छाड्न तयार नभएको र अर्को पक्ष तेक्वान्दो भवन भित्र छिर्ने विवादपछि प्रहरीले कार्यालयमा ताला लगाइदिएको छ । ललितपुरका प्रमुख जिल्ला अधिकारीको रोहबरमा दुवै पक्ष अहिले कार्यालयमा नबस्ने सहमतिपछि प्रहरीले ताला लगाएको थियो ।

राणा नेतृत्वको संघले राखेपको निर्णयविरुद्ध कानुनी उपचार खोज्ने बताइरहेको छ ।.’हामी कानुनी उपचारका लागि अदालत जान्छौं ,’ राणाले भने । जोशी नेतृत्वको टोलीले भने राखेपको पत्र लिएर पद बहालीका लागि प्रयास गरेको थियो । ‘हामी कार्यालय भित्र जान नपाएपनि उहाँहरु बाहिर निस्कनु पर्ने अवस्था सृजना भएको छ,’ राखेप पूर्नगठन गरेको संघका महासचिव तुलाधरले भने, ‘हामी फेरि भोली पनि जान्छौं । हेरौं के हुन्छ । राखेपले जिम्मेवारी दिएपछि त्यसलाई निर्वाह गर्नु हाम्रो दायित्व हो ।’
राखेपले पूर्नगठित उसु संघको अध्यक्षको जिम्मेवारी जनक बर्तौला अध्यक्ष र नवराज ढुंगानालाई महासचिवको जिम्मेवारी दिइएको छ । नेपाल शारीरिक सुगठन संघमा भने विवादित दुवै संघका प्रतिनिधिको सहमतिमा कार्यसमिति पुनर्गठन गरिएको बताइएको छ । अध्यक्षमा राजेशबाबु श्रेष्ठ र महासचिव अजय महर्जनसहितको तदर्थ समिति बनाइएको हो ।

गत वैशाख ९ गते बसेको राष्ट्रिय खेलकुद परिषद (राखेप)को ११३औं बोर्ड बैठकले उपाध्यक्ष शिव कोइरालाको संयोजकत्वमा संघसंस्था विवाद समिति गठन गरेको थियो । विवाद समाधानका लागि तेक्वान्दो र उसु संघका विवादित मध्येको एउटा कार्यसमितिका कुनै पनि प्रतिनिधि वार्तामा नआएका कारण समितिले ऐनअनुसार निर्णय गरेको राखेपले जनाएको छ ।
November 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियाली खेलकुदकी रजत पदक विजेता एरिका गुरुङ इजिप्टमा जारी डब्लुकेएफ २७ औं कराते विश्व च्याम्पियनसिपको अन्तिम १६ मा प्रवेश गर्न सफल भएकी छिन्। महिला ६८ केजी माथि तौल समूहको पुल-७ मा रहेकी एरिका समूह उपविजेता बनेर प्रि-क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएकी हुन्। उनले चिल्लीकी गोन्जालेज लाभिनलाई ५-१ को अन्तरमा पराजित गरिन्। त्यसअघिको […]
November 28, 2025
काठमाडौं (हाम्रो खेलकुद )- न्युजिल्यान्डमा भएको ‘उसु हिरोज’ प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण उसु प्रतियोगितामा नेपालले ४ स्वर्ण जितेको छ । विजय सिन्जाली, पासाङ शेर्पा, निमा घर्ती मगर र जुनु स्याङ्बो लामाले स्वर्ण जितेको नेपाल उसु महासंघका उप–महासचिव राजीव महर्जनले जनाएका छन् ।
November 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- करातेकी खेलाडी सानुमाया थिङले इजिप्टमा आज सुरु हुने डब्लुकेएफ २७ औं कराते विश्व च्याम्पियनसिपमा एकल कातामा खेलेका सबै ३ प्रतिस्पर्धामा हार बेहोरेकी छिन् । पहिलो खेलमा सानुमाया कोलम्बियाकी खेलाडी मचादो भ्यालेन्टिना जापातासँग हारिन् । सानुमायाले ३६.१ र मचादोले ३८.८ स्कोर गरिन् । अर्को खेलमा सानुमाया आयोजक इजिप्टकी आया हेस्मामसँग ३९.४-३५.६ ले पराजित भइन् […]