2 years ago
February 9, 2023
ललितपुर (हाम्रो खेलकुद)– एपिएफका सोनिम मानन्धरले दोस्रो कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिताको एकल कातामा स्वर्ण पदक जितेका छन् ।
ललितपुर सातदोबाटोस्थित कराते हलमा बिहीबार सुरु भएको प्रतियोगिताको पहिलो दिन बिहीबार सोनिमले फाइनलमा २४.८० अंकका साथ पहिलो स्थान प्राप्त गरेका थिए । उनलाई कडा चुनौती दिएका नेपाल पुलिस क्लबका महसुस मुक्तानले रजत पदक जिते । उनले २४.४२ अंक प्राप्त गरेका थिए ।
बागमती प्रदेशका रेहान जाभेद र त्रिभुवन आर्मी क्लबका विनय लिम्बुले कास्य पदक जिते । तेस्रो स्थानका लागि भएको प्रतिस्पर्धामा रेहान (२३.४०) ले मधेश प्रदेशका बब्लु रायन (१८.०) लाई र विनय (२३.५२) ले प्रदेश १ का आशिष मगर (२३.२०) लाई पराजित गरेका थिए । एकल कातामा ८ खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।
गोदावारी नगरपालिकाद्धारा आयोजित कृष्ण प्रसाद भट्टराई खेल महोत्सव–२०७९ अन्तर्गत नेपाल कराते महासंघ जिल्ला प्रमुख डोजो ललितपुरले संचालन गर्ने राष्ट्रिय कराते प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ । माघ २८ गतेसम्म चलने प्रतियोगितामा १७ वटा इभेन्ट्समा प्रतिस्पर्धा हुनेछ । पहिलो दिन महिला र पुरुष एकल र टिम काता तथा कुमुतेका दुई प्रतिस्पर्धा हुनेछन् ।
पहिलो हुने प्रत्येक खेलाडीहरुलाई स्वर्ण पदक सहित स्पोर्टस ब्राण्डको गिफ्ट भौचर प्राप्त गर्नेछ र दोश्रो र तेश्रो हुनेहरुले पदक र प्रमाण पत्र प्राप्त गर्नेछन् । प्रतियोगिताका उत्कृष्ट १ महिला र १ पुरुष खेलाडीले नगद पुरस्कार सहित केल्मीको गिफ्ट हाम्पर प्राप्त गर्नेछन् ।
प्रतियोगिताको च्याम्पियन टोलीले ट्रफि सहित १ लाख र दोस्रो हुने टोलीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगितामा ७ प्रदेश तथा ३ विभाग (सेना,प्रहरी, शसस्त्र) गरि १० टोलीका खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन् ।
September 18, 2024
काठमाडौं (हाम्रो खेलकुद)- काठमाडौं जिल्ला तेक्वान्दो संघले पेरिस २०२४ पारालिम्पिककी ऐतिहासिक कांस्य पदक विजेता तेक्वान्दोकी पलेशा गोवर्धनलाई बुधवार नगदसहित सम्मान गरेको छ । पलेशालाई १ लाख ३८ हजार रुपैयाँसहित प्रशंसा पत्रबाट सम्मान गरिएको काठमाडौं जिल्ला तेक्वान्दो संघका सचिव गौरव रजकले जनाएका छन् । पलेशाका पप्रशिक्षक कविराज नेगी लामालाई ५८ हजार रुपैयाँ तथा पेरिस पारालिम्पिकमै सहभागी […]
September 16, 2024
काठमाडौं (हाम्रो खेलकुद)- चीनको हाङझाव एसियाली क्षेत्रको करातेको सबै भन्दा ठूलो प्रतियोगिता एसियाली सिनियर करातेको २० औं संस्करणमा नेपाली खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन्। असोज ४ देखि ६ गतेसम्म हुने च्याम्पियनसिपमाएसियाली खेलकुद (एसियाड) की रजत पदक विजेता एरिका गुरुङसहित ११ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । त्यसका लागि खेलाडीसहित १८ सदस्यीय नेपाली टोली मंगलवार हाङझाव प्रस्थान गर्नेछ […]
September 15, 2024
काठमाडौं (हाम्रो खेलकुद)– ज्यापु समाज यलले पेरिस पारालिम्पिक– २०२४ की ऐतिहासिक कांस्य विजेता पलेशा गोवर्धनलाई सम्मान गरेको छ । सोही अवसरमा पलेशाका प्रशिक्षक कविराज नेगी लामा र तेक्वान्दो प्रशिक्षक रिमोन महर्जनलाई पनि सम्मान गरिएको थियो । प्रशिक्षकका रुपमा लामाले अन्तर्राष्ट्रिय पारा तेक्वान्दोमा नेपाललाई विभिन्न ११ पदक दिलाएका छन् । अन्तर्राष्ट्रिय लेभल– १ प्रशिक्षक महर्जनले खेलाडीका […]