3 years ago
February 9, 2023
काठमाडौं (हाम्रो खेलकुद) – दोस्रो कृष्ण प्रसाद भट्टराई स्मृति कराते प्रतियोगिताको पहिलो दिन विहीबार विभागिय टोली नेपाल पुलिस क्लबले ३ तथा एपिएफ क्लबले २ स्वर्ण पदक जितेका छन् ।

ललितपुर सातदोबाटोस्थित कराते एकेडेमीको हलमा बिहीबार सुरु भएको प्रतियोगितामा महिला एकल कातामा पुलिसकी चन्चला दनुवारले स्वर्ण पदक जित्दा उनी सम्मलित टोली पनि टिम कातामा पहिलो भयो ।
कुमुतेतर्फ पुलिसकी पुष्पका लामाले ४५ केजी तौल समूहमा स्वर्ण पदक जितिन् । पुष्पकाले फाइनलमा त्रिभुवन आर्मी क्लबकी ममता महर्जनलाई ४–१ ले हराइन् । एपिएफकी दीपा लामा र प्रदेश १ की प्रतिमा राईले कास्य पदक जिते ।
महिला एकल कातामा कर्णालीकी एलिशा रोसिका मगरले रजत तथा बागमतकी मिरा खाती र प्रदेश १ की रोश्मा राईले कास्य पदक जिते । महिला टिम कातामा आर्मीले रजत तथा एपिएफ र बागमतीले रजत पदक जित्यो ।

त्यस्तै पुरुषतर्फ एपिएफका सोनिम मानन्धरले पुरुष एकल कातामा र उनी सम्मलित टोलीले टिम कातामा स्वर्ण पदक जित्यो । एकल कातामा पुलिसका महसुस मोक्तानले रजत तथा बागमती रेहान जाभेद र आर्मीका विजय लिम्बुले कास्य पदक जिते ।
गोदावारी नगरपालिकाद्धारा आयोजित कृष्ण प्रसाद भट्टराई खेल महोत्सव–२०७९ अन्तर्गत नेपाल कराते महासंघ जिल्ला प्रमुख डोजो ललितपुरले संचालन गरिरहेको राष्ट्रिय कराते प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ । माघ २८ गतेसम्म चल्ने प्रतियोगितामा १७ वटा इभेन्ट्समा प्रतिस्पर्धा हुनेछ ।
पहिलो हुने प्रत्येक खेलाडीहरुलाई स्वर्ण पदक सहित स्पोर्टस ब्राण्डको गिफ्ट भौचर प्राप्त गर्नेछ र दोश्रो र तेश्रो हुनेहरुले पदक र प्रमाण पत्र प्राप्त गर्नेछन् । प्रतियोगिताका उत्कृष्ट १ महिला र १ पुरुष खेलाडीले नगद पुरस्कार सहित केल्मीको गिफ्ट हाम्पर प्राप्त गर्नेछन् ।

प्रतियोगिताको च्याम्पियन टोलीले ट्रफि सहित १ लाख र दोस्रो हुने टोलीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगितामा ७ प्रदेश तथा ३ विभाग (सेना,प्रहरी, सशस्त्र) गरि १० टोलीका खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन् । प्रतियोगिताको उद्घाटन पूर्व उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले गरेका थिए ।
दोस्रो कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिताको पदक
महिला एकल काता :
स्वर्ण – चन्चला दनुवार (नेपाल पुलिस क्लब)
रजत – एलिशा रासकोटी मगर (कर्णाली)
कास्य – मिरा खाती (बागमती), रोश्मा राई (प्रदेश १)
महिला टिम काता
स्वर्ण – पुलिस
रजत – त्रिभुवन आर्मी क्लब
कास्य – एपिएफ र बागमती
पुरुष एकल काता
स्वर्ण – सोनिम मानन्धर (एपिएफ क्लब )
रजत – महसुस मोक्तान (पुलिस)
कास्य – रेहान जाभेद (बागमती), विनय लिम्बु ( त्रिभुवन आर्मी क्लब)
पुरुष टिम काता
स्वर्ण – एपिएफ
रजत – पुलिस
कास्य – आर्मी र प्रदेश १
कुमुते महिला ४५ केजी तौल समूह
स्वर्ण – पुष्पका लामा (पुलिस)
रजत – ममता महर्जन (आर्मी)
कास्य – दीपा लामा (एपिएफ), प्रतिमा राई (प्रदेश १)
December 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – रिभेरा इन्टरनेसनल एकेडेमीले पाँचौं एसियन युथ पारा खेलकुदको तेक्वान्दोमा कास्य पदक जितेकी रेनु तामाङलाई बिहीवार १० हजार रुपैयाँ सहित सम्मान गरेको छ । सोही अवसर उनका प्रशिक्षक कविराज नेगी लामा पनि सम्मानित भए । उनीहरुलाई रिभेराको स्पोर्टस् मिटका अवसरमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत राष्ट्रिय टिम तयारीका निर्देशक ओलम्पियन दिपक विष्ट, […]
December 12, 2025
काठमाडौं (हाम्रो खेलकुद) – पारा तेक्वान्दो खेलाडी रेनु तामाङले युथ एसियाली पारा गेम्समा के ४४ को ४७ केजी तौल समूह मुनी कास्य पदक जितेकी छिन् । युएईमा भएको प्रतियोगितामा रेनुले बंगलादेशकी नसरीन अख्तरलाई पहिलो राउन्डमा १५- ३ र दोस्रो राउन्डमा १२-० ले हराउँदै सेमिफाइनलको यात्रा तय गरेकी थिइन्। राष्ट्रिय टिम तयारी अन्तर्गत मिसन २०२६ को […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]