1 year ago
February 10, 2023
ललितपुर (हाम्रो खेलकुद)– दोस्रो कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगितामा नेपाल पुलिस क्लबले सातौं स्वर्ण पदक जितेको छ । सोनम लामाले पुरुष कुमुते ५५ केजी तौल समूहमा पुलिसका लागि स्वर्ण पदक जितेका हुन् ।
ललितपुर सातदोबाटोस्थित कराते एकेडेमीको हलमा जारी प्रतियोगिताको दोस्रो दिन शुक्रबारको पाँचौं इभेन्टको फाइनलमा एपिएफका सुविन खत्रीलाई ८–३ ले हराउँदै सोनमले स्वर्ण पदक जितेका हुन् । त्यसअघि सेमिफाइनलमा सोनमले गण्डकी अंकित गुरुङलाई १०–२ ले र सुविनले सुदूरपश्चिमका राम बिसीलाई ६–२ ले हराउँदै फाइनल भेट पक्का गरेका थिए । अंकित र रामले कास्य पदक प्राप्त गरे । सो इभेन्टमा १० खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।
त्यसअघि महिला ५० केजी तौल समूहमा त्रिभुवन आर्मी क्लबकी मिस्ली श्रेष्ठ स्वर्ण पदक जितेकी थिइन् । त्यसमा सुदूरपश्चिम प्रदेशकी गरिमा मल्लले रजत, पुलिसकी सविना श्रेष्ठ र बागमती प्रदेशकी सोनु श्रेष्ठले कास्य पदक प्राप्त गरिन् । आज यसअघि पुरुष कुमुते ८४ केजी तौल समूहमा विप्लवलाल श्रेष्ठले स्वर्ण, एपिएफ क्लबका तेन्जिङ शेर्पाले रजत तथा आर्मीका विपिनराज सिंह दर्जी र लुम्बिनी प्रदेशका नारायण गुरुङले कास्य पदक प्राप्त गरेका थिए ।
त्यसअघि पुलिसकी एरिका गुरङले महिला कुमुते ६८ केजी माथिको तौल समूहमा स्वर्ण पदक जितेकी हुन् । त्यसमा आर्मीका विभुषो रजत तथा रोजिता ढुंगेल र बागमती प्रदेशकी महिमा राईले कास्य पदक प्राप्त गरे । त्यस्तै दिनको पहिलो खेलमा पुलिसका सन्जय मोक्तानले कुमुते पुरुष ५० केजीमा स्वर्ण पदक जितेका थिए । त्यसमा बागमतीका सिमोन श्रेष्ठले रजत तथा प्रदेश १ का विशाल राई र आर्मीका विजय रिमालले कास्य पदक प्राप्त गरे ।
प्रतियोगितामा १० वटा स्वर्ण पदकको छिनोफानो भइसकेको छ । जसमध्ये पुलिसले सर्वाधिक ७, एपिएफले २ र आर्मीले एउटा स्वर्ण पदक जितेको छ । गोदावारी नगरपालिकाद्वारा आयोजित कृष्ण प्रसाद भट्टराई खेल महोत्सव–२०७९ अन्तर्गत नेपाल कराते महासंघ जिल्ला प्रमुख डोजो ललितपुरले संचालन गरेको राष्ट्रिय कराते प्रतियोगिता शनिबार सम्म चल्नेछ ।
प्रतियोगितामा १७ वटा इभेन्ट्समा प्रतिस्पर्धा हुनेछ । हरेक इभेन्टको स्वर्ण पदक जित्ने खेलाडीले स्पोर्टस ब्राण्डको गिफ्ट भौचर प्राप्त गर्नेछन् । प्रतियोगिताका उत्कृष्ट १ महिला र १ पुरुष खेलाडीले नगद पुरस्कार सहित केल्मीको गिफ्ट हाम्पर प्राप्त गर्नेछन् । प्रतियोगिताको च्याम्पियन टोलीले ट्रफि सहित १ लाख र दोस्रो हुने टोलीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगितामा ७ प्रदेश तथा ३ विभाग (सेना,प्रहरी, शसस्त्र) गरि १० टोलीका खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन् ।
दोस्रो कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगितामा पदक
महिला एकल काता
स्वर्ण – चन्चला दनुवार (नेपाल पुलिस क्लब)
रजत – एलिशा रासकोटी मगर (कर्णाली)
कास्य – मिरा खाती (बागमती), रोश्मा राई (प्रदेश १)
महिला टिम काता
स्वर्ण – पुलिस
रजत – त्रिभुवन आर्मी क्लब
कास्य – एपिएफ र बागमती
पुरुष एकल काता
स्वर्ण – सोनिम मानन्धर (एपिएफ क्लब )
रजत – महसुस मोक्तान (पुलिस)
कास्य – रेहान जाभेद (बागमती), विनय लिम्बु ( त्रिभुवन आर्मी क्लब)
पुरुष टिम काता
स्वर्ण – एपिएफ
रजत – पुलिस
कास्य – आर्मी र प्रदेश १
कुमुते महिला
४५ केजी तौल समूह
स्वर्ण – पुष्पका लामा (पुलिस)
रजत – ममता महर्जन (आर्मी)
कास्य – दीपा लामा (एपिएफ), प्रतिमा राई (प्रदेश १)
५० केजी तौल समूह
स्वर्ण – मिस्ली श्रेष्ठ (आर्मी)
रजत – गरिमा मल्ल (सुदूरपश्चिम)
कास्य – सविना श्रेष्ठ (पुलिस) र सोनु श्रेष्ठ (बागमती)
६८ केजी माथिको तौल समूह
स्वर्ण – एरिका गुरुङ (पुलिस)
रजत – विभुषा थापा (आर्मी)
कास्य – महिमा राई (बागमती) र रोजिता ढुंगेल (एपिएफ)
कुमुते पुरुष
५० केजी तौल समूह
स्वर्ण – साजन मोक्तान (पुलिस)
रजत – सिमोन श्रेष्ठ (बागमती)
कास्य – विशाल राई (प्रदेश १) र विजय रिमाल (आर्मी)
५५ केजी तौल समूह
स्वर्ण – सोनम लामा (पुलिस)
रजत – सुविन खत्री (एपिएफ)
कास्य – राम बिसी (सुदूरपश्चिम) र अंकित गुरुङ (गण्डकी)
८४ केजी माथिको तौल समूह
स्वर्ण – विप्लवलाल श्रेष्ठ (पुलिस)
रजत – तेन्जिङ शेर्पा (एपिएफ)
कास्य – नारायण गुरङ (लुम्बिनी) र विपिनराज सिंह दर्जी (आर्मी)
July 19, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली कराते टोली भुटानको थिम्पुमा भएको आठौं दक्षिण एसियाली कराते प्रतियोगितामा टिम च्याम्पियन बनेको छ। ३१ स्वर्ण, २० रजत र ११ कास्य पदक गरि कुल ६२ पदक सहित नेपाली टोली टिम च्याम्पियन बनेको हो । भारत २७ स्वर्ण, २० रजत र १३ कास्य पदकसहित दोश्रो,श्रीलंका ५ स्वर्ण १८ रजत र ३१ कास्य […]
July 15, 2024
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली कराते च्याम्पियनसिपको आठौं संस्करणमा सहभागी हुन नेपाली कराते टोली सोमबार भुटानको थिम्पु प्रस्थान गरेको छ । साउन २ देखि ४ गतेसम्म हुने प्रतियोगितामा ७० नेपाली कराते खेलाडीले चुनौती प्रस्तुत गर्ने नेपाल कराते महासंघले जनाएको छ। टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङ, राखेपका पूर्व सदस्य–सचिव एवं कराते महासंघका […]
July 13, 2024
काठमाडौं (हाम्रो खेलकुद)- च्याम्पियन मार्सल आर्टसले आठौं क्याडेट, जुनियर, यु २१ तथा दक्षिण एसियाली कराते च्याम्पियनसिपमा छनोट भएका आफ्ना खेलाडी अनिल बरमलाई नगदसहित सम्मान गरेको छ। च्याम्पियनसिप भुटानको राजधानी थिम्पुमा जुलाई १३ देखि २० सम्म सन्चालन हुँदैछ ।अनिल यु २१ को ६७ केजी मुनीको तौल समूहका लागि छनोट भएका हुन् । च्याम्पियन मार्सल आर्टसका सन्चालक […]