default_image

1 year ago

February 10, 2023

पुलिसकी सोनीलाई स्वर्ण

248 views

0 Bookmark

ललितपुर (हाम्रो खेलकुद)– नेपाल पुलिस क्लबकी सोनी राईले दोस्रो कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिताको महिा कुमुते ६१ केजी तौल समूहमा स्वर्ण पदक जितेकी छिन् । जारी प्रतियोगितामा त्यो पुलिसको आठौं स्वर्ण पदक हो ।

ललितपुर सातदोबाटोस्थित कराते एकेडेमीको हलमा जारी प्रतियोगिताको दोस्रो दिन शुक्रबार फाइनलमा एपिएफका रमिता माझीलाई १–० ले हराउँदै सोनीले स्वर्ण पदक जितेकी हुन् । त्यसअघि सेमिफाइनलमा सोनीले त्रिभुवन आर्मी क्लबकी सानुमाया थिङलाई ९–५ ले र रमिताले मधेश प्रदेशकी खुस्बु खड्कालाई ७–४ ले हराउँदै स्वर्ण पदकका लागि प्रतिस्पर्धा पक्का गरेका थिए । सानुमाया र खुस्बुे कास्य पदक प्राप्त गरे । सो इभेन्टमा १० खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

यसअघि पुलिसका सोनम लामाले पुरुष कुमुते ५५ केजी तौल समूहमा स्वर्ण पदक जितेका थिए । त्यसमा एपिएफका सुविन खत्रीले रजत तथा गण्डकी अंकित गुरुङ र राम बिसीले कास्य पदक जितेका थिए । त्यसअघि महिला ५० केजी तौल समूहमा त्रिभुवन आर्मी क्लबकी मिस्ली श्रेष्ठ स्वर्ण पदक जितेकी थिइन् । त्यसमा सुदूरपश्चिम प्रदेशकी गरिमा मल्लले रजत, पुलिसकी सविना श्रेष्ठ र बागमती प्रदेशकी सोनु श्रेष्ठले कास्य पदक प्राप्त गरिन् ।

आज यसअघि पुरुष कुमुते ८४ केजी तौल समूहमा विप्लवलाल श्रेष्ठले स्वर्ण, एपिएफ क्लबका तेन्जिङ शेर्पाले रजत तथा आर्मीका विपिनराज सिंह दर्जी र लुम्बिनी प्रदेशका नारायण गुरुङले कास्य पदक प्राप्त गरेका थिए । त्यसअघि पुलिसकी एरिका गुरङले महिला कुमुते ६८ केजी माथिको तौल समूहमा स्वर्ण पदक जितेकी हुन् । त्यसमा आर्मीका विभुषो रजत तथा रोजिता ढुंगेल र बागमती प्रदेशकी महिमा राईले कास्य पदक प्राप्त गरे ।

त्यस्तै दिनको पहिलो खेलमा पुलिसका सन्जय मोक्तानले कुमुते पुरुष ५० केजीमा स्वर्ण पदक जितेका थिए । त्यसमा बागमतीका सिमोन श्रेष्ठले रजत तथा प्रदेश १ का विशाल राई र आर्मीका विजय रिमालले कास्य पदक प्राप्त गरे ।
प्रतियोगितामा १७ मध्ये ११ वटा स्वर्ण पदकको छिनोफानो भइसकेको छ । जसमध्ये पुलिसले सर्वाधिक ८, एपिएफले २ र आर्मीले एउटा स्वर्ण पदक जितेको छ ।

गोदावारी नगरपालिकाद्वारा आयोजित कृष्ण प्रसाद भट्टराई खेल महोत्सव–२०७९ अन्तर्गत नेपाल कराते महासंघ जिल्ला प्रमुख डोजो ललितपुरले संचालन गरेको राष्ट्रिय कराते प्रतियोगिता शनिबार सम्म चल्नेछ । प्रतियोगितामा १७ वटा इभेन्ट्समा प्रतिस्पर्धा हुनेछ । हरेक इभेन्टको स्वर्ण पदक जित्ने खेलाडीले स्पोर्टस ब्राण्डको गिफ्ट भौचर प्राप्त गर्नेछन् । प्रतियोगिताका उत्कृष्ट १ महिला र १ पुरुष खेलाडीले नगद पुरस्कार सहित केल्मीको गिफ्ट हाम्पर प्राप्त गर्नेछन् ।

प्रतियोगिताको च्याम्पियन टोलीले ट्रफि सहित १ लाख र दोस्रो हुने टोलीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगितामा ७ प्रदेश तथा ३ विभाग (सेना,प्रहरी, शसस्त्र) गरि १० टोलीका खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन् ।

दोस्रो कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगितामा पदक

महिला एकल काता

स्वर्ण – चन्चला दनुवार (नेपाल पुलिस क्लब)

रजत – एलिशा रासकोटी मगर (कर्णाली)

कास्य – मिरा खाती (बागमती), रोश्मा राई (प्रदेश १)

महिला टिम काता

स्वर्ण – पुलिस

रजत – त्रिभुवन आर्मी क्लब

कास्य – एपिएफ र बागमती

पुरुष एकल काता

स्वर्ण – सोनिम मानन्धर (एपिएफ क्लब )

रजत – महसुस मोक्तान (पुलिस)

कास्य – रेहान जाभेद (बागमती), विनय लिम्बु ( त्रिभुवन आर्मी क्लब)

पुरुष टिम काता

स्वर्ण – एपिएफ

रजत – पुलिस

कास्य – आर्मी र प्रदेश १

कुमुते महिला

४५ केजी तौल समूह

स्वर्ण – पुष्पका लामा (पुलिस)

रजत – ममता महर्जन (आर्मी)

कास्य – दीपा लामा (एपिएफ), प्रतिमा राई (प्रदेश १)

५० केजी तौल समूह

स्वर्ण – मिस्ली श्रेष्ठ (आर्मी)

रजत – गरिमा मल्ल (सुदूरपश्चिम)

कास्य – सविना श्रेष्ठ (पुलिस) र सोनु श्रेष्ठ (बागमती)

६१ केजी तौल समूह

स्वर्ण – सोनी राई (पुलिस)

रजत – रमिता माझी (एपिएफ)

कास्य – खुस्बु खड्का (मधेश) र सानुमाया थिङ (आर्मी)

६८ केजी माथिको तौल समूह

स्वर्ण – एरिका गुरुङ (पुलिस)

रजत – विभुषा थापा (आर्मी)

कास्य – महिमा राई (बागमती) र रोजिता ढुंगेल (एपिएफ)

कुमुते पुरुष

५० केजी तौल समूह

स्वर्ण – साजन मोक्तान (पुलिस)

रजत – सिमोन श्रेष्ठ (बागमती)

कास्य – विशाल राई (प्रदेश १) र विजय रिमाल (आर्मी)

५५ केजी तौल समूह

स्वर्ण – सोनम लामा (पुलिस)

रजत – सुविन खत्री (एपिएफ)

कास्य – राम बिसी (सुदूरपश्चिम) र अंकित गुरुङ (गण्डकी)

८४ केजी माथिको तौल समूह

स्वर्ण – विप्लवलाल श्रेष्ठ (पुलिस)

रजत – तेन्जिङ शेर्पा (एपिएफ)

कास्य – नारायण गुरङ (लुम्बिनी) र विपिनराज सिंह दर्जी (आर्मी)

May 23, 2024

रविन्द्र अष्ट्रेलियन प्रतिद्वन्द्वी विरुद्ध भिड्दै

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका मिक्स्ड मार्सल आर्ट्स फाइटर रविन्द्र ढाँट शनिबार अष्ट्रेलियन प्रतिद्वन्द्वी कोरी सटक्लिफ विरुद्ध भिड्ने भएका छन्। काठमाडौंको ठमेल स्थित लर्ड अफ द ड्रिंक्स (एलओडी) मा हुन लागेको तेस्रो नेपाल वारियर्स च्याम्पियनसिप (एनडब्लुसी ) को मुख्य बाउटमा रविन्द्र र कोरी भिड्न लागेका हुन् । रविन्द्रको पछिल्लो २ बाउट वान च्याम्पियनसिपमा रहेको थियो […]

May 16, 2024

पारा तेक्वान्दो टोली भियतनाम जाँदै

काठमाडौं (हाम्रो खेलकुद) – नवौं एसियाली पारा तेक्वान्दो च्याम्पियनसिप (जी– ४) २०२४ मा सहभागी हुन ३ खेलाडीसहित ४ सदस्यीय नेपाली टोली शुक्रबार भियतनामको दनाङ जाने भएको छ । प्रतियोगितामा पेरिस पारालिम्पिकका लागि छनोट भइसकेकी पलेशा गोवर्धनले महिला ५७ केजीमुनि, भरतसिंह महताले पुरुष ५८ केजीमुनि र अमिर भ्लोनले पुरुष ६३ केजीमुनि तौलसमूहमा प्रतिस्पर्धा गर्ने छन् । […]

May 12, 2024

आयशासहित ३ तेक्वान्दो खेलाडीले एसियन पुम्से खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)– दक्षिण एसियाली खेलकुद (साग) को १३ औं संस्करणका पदक विजेता ३ खेलाडीले भियतनाममा आयोजना हुने आठौं एसियन पुम्से तेक्वान्दोमा प्रतियोगितामा भाग लिने भएका छन् । एसियाली खेलकुदकी कास्य पदक विजेता समेत रहिसकेकी आयशा शाक्यले एसियन पुम्सेलमा ४० वर्ष मुनीको उमेर समूहको व्यक्तिगत पुम्सेमा प्रतिस्पर्धा गर्नेछिन् । विश्व तेक्वान्दो तथा एसियन तेक्वान्दो युनियनको […]

Success

Thank you for your time.