default_image

2 years ago

July 14, 2023

टेक्ससमा बिष्ट र शाक्य सम्मानित

313 views

0 Bookmark

टेक्सस/अमेरिका (हाम्रो खेलकुद)- नेपाली समाज टेक्सस र सुदुर पश्चिम नेपाली समाज, टेक्ससले एसियन खेलकुदमा दुई कास्य पदक तथा साग खेलकुदमा चार स्वर्णपदक विजेता ओलम्पियन दीपक विष्ट र एसियन खेलकुदमा एक कास्य पदक तथा साग खेलकुदमा तीन स्वर्ण पदक विजेता आयशा शाक्यलाई एक कार्यक्रममा बीच सम्मान गरेको छ ।

अमेरिका भ्रमणमा रहेका विष्ट र शाक्य सहित समाजले सो अवसरमा हाल टेक्ससमा रहेका विभिन्न खेलका अन्तराष्ट्रिय खेलाडीहरुलाई पनि सम्मान गरेको हो । यसरी सम्मानित हुनेहरुमा साग खेलकुदमा स्वर्ण पदक विजेता एसियन खेलकुदमा समेत सहभागी भएकी रुपा साङदाङ, बसन्त रेग्मी, पृथु बास्कोटा, शिवराम श्रेष्ठ, कैलाश दत्त रहेका छन् ।

आयोजक सुदुर पश्चिम नेपाली समाजका अध्यक्ष नवराज नाथ योगीको अध्यक्षता र नेपाली समाज टेक्ससका महासचिव सन्देश उप्रेतीको संचालन र नेपाली समाज टेक्ससकी महिला संयोजक गुञ्जन भण्डारीले संयोजक गरेको कार्यक्रममा नेपाल अमेरिका पत्रकार संघका अध्यक्ष सुरज भण्डारी, गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् अमेरिकाका उपाध्यक्ष सुमन थापा, नेपाली समाज टेक्ससका अध्यक्ष राजेन्द्र वाग्ले, सुदुर पश्चिम नेपाली समाजका पूर्व अध्यक्ष प्रेम शाही लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

सो अवसरमा सम्मानित व्यक्तित्वहरुको तर्फवाट बिष्ट र शाक्यले आफ्नो खेल यात्राका बारेमा धारणा राखेका थिए । सो अवसरमा नेपाल ओलम्पियन एशोसिएशनका अध्यक्ष समेत रहेका तेक्वान्दोका राष्ट्रिय प्रशिक्षक बिष्टले हाल नेपालका विभिन्न क्षेत्रमा एशोसिएशनको पहलमा स्कुल टु ओलम्पिक कार्यक्रम संचालन भैरहेको बताउँदै यसले ओलम्पियनहरुलाई युवा विद्यार्थीमा परिचित गराई खेलकुदमा युवाको सहभागिता बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

November 28, 2025

एरिका कराते विश्व च्याम्पियनसिपको नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- एसियाली‌ खेलकुदकी रजत पदक विजेता एरिका गुरुङ इजिप्टमा जारी डब्लुकेएफ २७ औं कराते विश्व च्याम्पियनसिपको अन्तिम १६ मा प्रवेश गर्न सफल भएकी छिन्। महिला ६८ केजी माथि तौल समूहको पुल-७ मा रहेकी एरिका समूह उपविजेता बनेर प्रि-क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएकी हुन्। उनले चिल्लीकी गोन्जालेज लाभिनलाई ५-१ को अन्तरमा पराजित गरिन्।‌ त्यसअघिको […]

November 28, 2025

न्युजिल्यान्डमा ४ उसु खेलाडीले जिते स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद )- न्युजिल्यान्डमा भएको ‘उसु हिरोज’ प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण उसु प्रतियोगितामा नेपालले ४ स्वर्ण जितेको छ । विजय सिन्जाली, पासाङ शेर्पा, निमा घर्ती मगर र जुनु स्याङ्बो लामाले स्वर्ण जितेको नेपाल उसु महासंघका उप–महासचिव राजीव महर्जनले जनाएका छन् ।

November 27, 2025

कराते विश्व च्याम्पियनसिप – सानुमाया सबै खेलमा पराजित

काठमाडौं (हाम्रो खेलकुद)- करातेकी खेलाडी सानुमाया थिङले इजिप्टमा आज सुरु हुने डब्लुकेएफ २७ औं कराते विश्व च्याम्पियनसिपमा एकल कातामा खेलेका सबै ३ प्रतिस्पर्धामा हार बेहोरेकी छिन् । पहिलो खेलमा सानुमाया कोलम्बियाकी खेलाडी मचादो भ्यालेन्टिना जापातासँग हारिन् । सानुमायाले ३६.१ र मचादोले ३८.८ स्कोर गरिन् । अर्को खेलमा सानुमाया आयोजक इजिप्टकी आया हेस्मामसँग ३९.४-३५.६ ले पराजित भइन् […]

Success

Thank you for your time.