default_image

2 years ago

October 15, 2023

मन्देसहित खेलकर्मी सम्मानित

458 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- विद्याआर्जन सितोरियो कराते डोजोले दशैंको उपलक्ष्य आयोजना गरेको चौथौ उपत्यकाव्यापी कराते प्रतियोगिताका दौरान १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा करातेका दोहोरो स्वर्ण पदक विजेता मन्देकाजी श्रेष्ठसहित अन्य खेलकर्मी सम्मानित भएका छन्।


बाग्मती प्रदेशका खानेपानी, आपूर्ति तथा उर्जा सिचाई मन्त्री तीर्थ लामाले मन्दे काजीसहित राष्ट्रिय रेफ्री सह- संयोजक महेश रन्जित , राष्ट्रिय रेफ्री सन्जय रन्जित , साईला गमाल , पूर्व राष्ट्रिय रेफ्री संयोजक राजेन्द्र कपाली , राष्ट्रिय खेलाडी निरुपा तामाङ्ग , राष्ट्रिय रेफ्री लक्ष्मण खड्का तथा अन्य समाजसेवीहरुलाई सम्मान पत्र प्रदान गरे ।

मन्त्री लामाले उद्घाटन गरेको एक दिने प्रतियोगितामा विभिन्न डोजो तथा विद्यालयका ३ सय बढि खेलाडीको सहभागिता रहेको छ।

कार्यक्रम संयोजक सूर्य लामाले युवा खेलाडीहरु को वृद्धि विकासका लागि प्रतियोगिता आयोजना गरिएको बताए ।

December 18, 2025

पदक विजेता रेनु सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – रिभेरा इन्टरनेसनल एकेडेमीले पाँचौं एसियन युथ पारा खेलकुदको तेक्वान्दोमा कास्य पदक जितेकी रेनु तामाङलाई बिहीवार १० हजार रुपैयाँ सहित सम्मान गरेको छ । सोही अवसर उनका प्रशिक्षक कविराज नेगी लामा पनि सम्मानित भए । उनीहरुलाई रिभेराको स्पोर्टस् मिटका अवसरमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत राष्ट्रिय टिम तयारीका निर्देशक ओलम्पियन दिपक विष्ट, […]

December 12, 2025

रेनुले युथ एसियाली पारा गेम्समा कास्य जितिन्

काठमाडौं (हाम्रो खेलकुद) – पारा तेक्वान्दो खेलाडी रेनु तामाङले युथ एसियाली पारा गेम्समा के ४४ को ४७ केजी तौल समूह मुनी कास्य पदक जितेकी छिन् । युएईमा भएको प्रतियोगितामा रेनुले बंगलादेशकी नसरीन अख्तरलाई पहिलो राउन्डमा १५- ३ र दोस्रो राउन्डमा १२-० ले हराउँदै सेमिफाइनलको यात्रा तय गरेकी थिइन्। राष्ट्रिय टिम तयारी अन्तर्गत मिसन २०२६ को […]

December 5, 2025

मिसन २०२६ का गीता र अभिषेकले स्वर्ण पदक जिते

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले‌ सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]

Success

Thank you for your time.