2 years ago
October 22, 2023
काठमाडौं (हाम्रो खेलकुद) – बंगलादेशमा आयोजित प्रथम बंगबन्धु अन्तराष्ट्रिय खुल्ला तेक्वान्दो प्रतियोगितामा व्यक्तिगत तर्फ बेथानचोकका विष्णु खत्रीले रजत पदक जितेका छन् ।

अक्टोवर १९ देखि २१ सम्म भएको प्रतियोगितामा बेथानचोक–५ भंगालाका विष्णुले पुम्सेमा रजत पदक जित्न सफल भएका हुन् ।
त्यस्तै विष्णुसहित लेखबहादुर गुरुङ र गंगाराम आचार्यको टोलीले टिम पुम्सेमा कास्य पदक जितेको छ । सहभागी टोली सोमबार स्वदेश फर्किने विष्णु ले जनाकारी दिए ।

November 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियाली खेलकुदकी रजत पदक विजेता एरिका गुरुङ इजिप्टमा जारी डब्लुकेएफ २७ औं कराते विश्व च्याम्पियनसिपको अन्तिम १६ मा प्रवेश गर्न सफल भएकी छिन्। महिला ६८ केजी माथि तौल समूहको पुल-७ मा रहेकी एरिका समूह उपविजेता बनेर प्रि-क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएकी हुन्। उनले चिल्लीकी गोन्जालेज लाभिनलाई ५-१ को अन्तरमा पराजित गरिन्। त्यसअघिको […]
November 28, 2025
काठमाडौं (हाम्रो खेलकुद )- न्युजिल्यान्डमा भएको ‘उसु हिरोज’ प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण उसु प्रतियोगितामा नेपालले ४ स्वर्ण जितेको छ । विजय सिन्जाली, पासाङ शेर्पा, निमा घर्ती मगर र जुनु स्याङ्बो लामाले स्वर्ण जितेको नेपाल उसु महासंघका उप–महासचिव राजीव महर्जनले जनाएका छन् ।
November 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- करातेकी खेलाडी सानुमाया थिङले इजिप्टमा आज सुरु हुने डब्लुकेएफ २७ औं कराते विश्व च्याम्पियनसिपमा एकल कातामा खेलेका सबै ३ प्रतिस्पर्धामा हार बेहोरेकी छिन् । पहिलो खेलमा सानुमाया कोलम्बियाकी खेलाडी मचादो भ्यालेन्टिना जापातासँग हारिन् । सानुमायाले ३६.१ र मचादोले ३८.८ स्कोर गरिन् । अर्को खेलमा सानुमाया आयोजक इजिप्टकी आया हेस्मामसँग ३९.४-३५.६ ले पराजित भइन् […]