2 years ago
November 18, 2023
काठमाडौं (हाम्रो खेलकुद) – एसियाली खेलकुद (एसियाड) र दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेता तेक्वान्दो खेलाडी सविता राजभण्डारी र कांस्य विजेता किशोर श्रेष्ठ शनिबार सम्मानित भएका छन् ।

नेपाल तेक्वान्दो संघ बागमती प्रदेशले उनीहरुको सफलताको कदर गर्दै सम्मान गरेको हो । दुबैले साढे दुई दशक अघि एसियाडमा सफलता प्राप्त गरेका थिए ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारी, बागमती प्रदेशका सांसद् मीनकृष्ण महर्जन र हरिप्रभा खड्गी (श्रेष्ठ), नेपाल तेक्वान्दो संघ बागमती प्रदेशका अध्यक्ष केशव पुरीलगायतले भनिमण्डलस्थित रामबाघ महलमा आयोजित कार्यक्रममा सविता र किशोरालाई प्रशंसा पत्रसहित सम्मान गरिएको हो ।
सविता र उनका श्रीमान् किशोरले सन् १९९८ मा थाइल्यान्डको बैंककमा भएको एसियाडमा पदक जितेका थिए । सविताले रजत र किशोरले कास्य पदक जितेका थिए । दुबैले १९९९ मा नेपालमा भएको आठौं दक्षिण एसियाली महासंघीय खेलकुद (अहिले दक्षिण एसियाली खेलकुद) का स्वर्ण पदक जितेका थिए ।

एसियाली खेलकुदमा नेपाललाई रजत दिलाउने सविता पहिलो खेलाडी हुन् । त्यसपछि गत असोजमा चीनको हाङझावमा भएको १९ औं एसियाडमा करातेकी एरिका गुरुङले करातेमा रजत पदक जितेकी थिइन् । इन्डोनेसियामा भएको १८ औं एसियाडमा प्याराग्लाइडिङको पुरुष टोलीले टिम इभेन्टमा पनि नेपालले रजत पदक दिलाएको थियो ।
बैंकक एसियाडमा सविता र किशोरसहित ४ खेलाडीले पदक जितेका थिए । तेक्वान्दोकै सपना मल्ल तथा करातेका समरबहादुर गोलेले कांस्य जितेका थिए । सविता र किशोर २००२ मा अमेरिका गएएता पहिलोपटक स्वदेश फर्केका हुन् । उनीहरु बिहीबार अमेरिका प्रस्थान गर्ने बताइएको छ ।
December 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – रिभेरा इन्टरनेसनल एकेडेमीले पाँचौं एसियन युथ पारा खेलकुदको तेक्वान्दोमा कास्य पदक जितेकी रेनु तामाङलाई बिहीवार १० हजार रुपैयाँ सहित सम्मान गरेको छ । सोही अवसर उनका प्रशिक्षक कविराज नेगी लामा पनि सम्मानित भए । उनीहरुलाई रिभेराको स्पोर्टस् मिटका अवसरमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत राष्ट्रिय टिम तयारीका निर्देशक ओलम्पियन दिपक विष्ट, […]
December 12, 2025
काठमाडौं (हाम्रो खेलकुद) – पारा तेक्वान्दो खेलाडी रेनु तामाङले युथ एसियाली पारा गेम्समा के ४४ को ४७ केजी तौल समूह मुनी कास्य पदक जितेकी छिन् । युएईमा भएको प्रतियोगितामा रेनुले बंगलादेशकी नसरीन अख्तरलाई पहिलो राउन्डमा १५- ३ र दोस्रो राउन्डमा १२-० ले हराउँदै सेमिफाइनलको यात्रा तय गरेकी थिइन्। राष्ट्रिय टिम तयारी अन्तर्गत मिसन २०२६ को […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]