10 months ago
November 30, 2023
नवलपरासी (हाम्रो खेलकुद)– पश्चिम नवलपरासीको भुमहीमा यसै महिना प्रथम रामनगर लुम्बिनी प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिता हुने भएको छ ।
प्रदेश तेक्वान्दो समिति लुम्बिनी र योङ्ग गोर्खालिज क्लबको संयुक्त आयोजनामा मसिर २४ गतेदेखि तेक्वान्दो प्रतियोगिता हुने लागेको बताइएको छ ।
तीन दिन सम्म हुने प्रतियोगितामा सव जुनियर (यू १२), क्याडेट (यू १४), जुनियर (यू १७) र सिनियर (यू १७) सिनियरका विभिन्न इभेन्ट्समा प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा अलग्गै पुम्से प्रतियोगिता पनि हुनेछ ।
September 19, 2024
हेटौंडा (हाम्रो खेलकुद)- पेरिस पारालिम्पिक्सकी कास्य पदक विजेता पारा तेक्वान्दोकी पलेशा गोवर्धन र एसियाली खेलकुद (एसिया) की रजत पदक विजेता करातेकी एरिका गुरुङलाई बागमती प्रदेश सरकारले नगदसहित सम्मान गरेको छ। हेटाैंडास्थित मुख्य मन्त्री कार्यालयमा बिहीवार आयोजित कार्यक्रममा पलेशा, एरिका, उनीहरूका प्रशिक्षक तथा तेक्वान्दो र करातेको प्रदेश संघलाई नगदबाट सम्मान गरिएको हो। पलेशालाई १० लाख, एरिकालाई […]
September 18, 2024
काठमाडौं (हाम्रो खेलकुद)- काठमाडौं जिल्ला तेक्वान्दो संघले पेरिस २०२४ पारालिम्पिककी ऐतिहासिक कांस्य पदक विजेता तेक्वान्दोकी पलेशा गोवर्धनलाई बुधवार नगदसहित सम्मान गरेको छ । पलेशालाई १ लाख ३८ हजार रुपैयाँसहित प्रशंसा पत्रबाट सम्मान गरिएको काठमाडौं जिल्ला तेक्वान्दो संघका सचिव गौरव रजकले जनाएका छन् । पलेशाका पप्रशिक्षक कविराज नेगी लामालाई ५८ हजार रुपैयाँ तथा पेरिस पारालिम्पिकमै सहभागी […]
September 16, 2024
काठमाडौं (हाम्रो खेलकुद)- चीनको हाङझाव एसियाली क्षेत्रको करातेको सबै भन्दा ठूलो प्रतियोगिता एसियाली सिनियर करातेको २० औं संस्करणमा नेपाली खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन्। असोज ४ देखि ६ गतेसम्म हुने च्याम्पियनसिपमाएसियाली खेलकुद (एसियाड) की रजत पदक विजेता एरिका गुरुङसहित ११ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । त्यसका लागि खेलाडीसहित १८ सदस्यीय नेपाली टोली मंगलवार हाङझाव प्रस्थान गर्नेछ […]