default_image

2 years ago

January 25, 2024

श्रेष्ठलाई उप निर्देशकको जिम्मेवारी

659 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले कराते मुख्य सहायक प्रशिक्षक दीपक श्रेष्ठलाई राष्ट्रिय टिम तयारीको उप–निर्देशकको जिम्मेवारी दिएको छ । यसअघि श्रेष्ठ तालिम तथा प्रशिक्षण विभागमा थिए ।

करातेका सफल खेलाडी मध्येका एक श्रेष्ठ आठौं र नवौं दक्षिण एसियाली महासंघीय खेलकुद (अहिले दक्षिण एसियाली खेलकुद, साग) का स्वर्ण पदक विजेता हुन् । श्रेष्ठसंग लामो समय करातेको राष्ट्रिय टिम तयारीको प्रशिक्षकका रुपमा काम गरेको अनुभव छ । श्रेष्ठ खेलाडीहरुको छाता संगठन नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष पनि हुन् ।

राखेपका सदस्य–सचिव टंकलाल घिसिङले बिहीबार श्रेष्ठलाई पत्र हस्तान्तरण गर्दै भने– ‘तपाईं एक सफल खेलाडी । राष्ट्रिय टिम तयारीमा तपाईंको भूमिका र योगदान रहन्छ भन्ने विश्वाससाथ राष्ट्रिय टिम तयारीको उप–निर्देशकको जिम्मेवारी सुम्पिएको हो । सफलताका लागि शुभकामना ।’ अर्का कीर्तिमानी खेलाडी ओलम्पियन दीपक विष्ट राष्ट्रिय टिम तयारीका निर्देशक हुन् ।

December 5, 2025

मिसन २०२६ का गीता र अभिषेकले स्वर्ण पदक जिते

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले‌ सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]

November 28, 2025

एरिका कराते विश्व च्याम्पियनसिपको नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- एसियाली‌ खेलकुदकी रजत पदक विजेता एरिका गुरुङ इजिप्टमा जारी डब्लुकेएफ २७ औं कराते विश्व च्याम्पियनसिपको अन्तिम १६ मा प्रवेश गर्न सफल भएकी छिन्। महिला ६८ केजी माथि तौल समूहको पुल-७ मा रहेकी एरिका समूह उपविजेता बनेर प्रि-क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएकी हुन्। उनले चिल्लीकी गोन्जालेज लाभिनलाई ५-१ को अन्तरमा पराजित गरिन्।‌ त्यसअघिको […]

November 28, 2025

न्युजिल्यान्डमा ४ उसु खेलाडीले जिते स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद )- न्युजिल्यान्डमा भएको ‘उसु हिरोज’ प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण उसु प्रतियोगितामा नेपालले ४ स्वर्ण जितेको छ । विजय सिन्जाली, पासाङ शेर्पा, निमा घर्ती मगर र जुनु स्याङ्बो लामाले स्वर्ण जितेको नेपाल उसु महासंघका उप–महासचिव राजीव महर्जनले जनाएका छन् ।

Success

Thank you for your time.