2 years ago
February 1, 2024
ललितपुर (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिताको पहिलो दिन बिहीबार ४ स्वर्ण पदक जितेको छ ।
सातदोबाटो स्थिति कराते हलमा सुरु भएको प्रतियोगितामा पुलिसले महिल र पुरुषको एकल र टिम काता सबैमा स्वर्ण पदक जितेको छ ।
पुलिसलाई चौथो महिला टोली टिम कातामा स्वर्ण पदक जितेको हो । एकलमा स्वर्ण पदक जितेकी एलिसा रास्कोटी मगरसहित तप्पी थापा मगर, मेघा लिम्बुको टोली टिम कातामा पहिलो स्थान हासिल गरेको हो ।
तीव्र प्रतिस्पर्धात्मक रहेको फाइनलमा पुलिसले ३८.६ स्कोर गर्यो । रिना श्रेष्ठ, सुनिता सुनार, सानुमाया थिङ सम्मिलित आर्मीले ३६.५ स्कोर गर्दै रजत पदकमा चित्त बुझाउनु पर्यो । बागमती र एपिएफले कास्य पदक प्राप्त गर्यो ।

त्यसअघि पुलिसले पुरुष टिम काता, एकल काता महिला र पुरुष एकल कातामा स्वर्ण पदक जितेको थियो।
एकल कातामा स्वर्ण जितेका स्वर्णिम मानन्धरसहित फुर्तेन तामाङ र जगत सिंह धानुकको पुलिस टोलीले फाइनलमा त्रिभुवन आर्मी क्लबलाई हराएको हो ।
पुलिसले ३८.९ स्कोर गर्दा रजत पदक विजेता आर्मीले ३७.७ स्कोर गरेको थियो। एपिएफ र बागमती प्रदेशले कास्य पदक प्राप्त गरे।
पुलिसकी एलिसाले महिला एकल कातामा स्वर्ण पदक जितेकी हुन्। १९ औं एसियाली खेलकुदमा भाग लिएकी एलिसाले पुलिसका लागि दोस्रो स्वर्ण पदक जितेकी हुन् ।
एलिसाले फाइनलमा ३८.८ स्कोर गर्दै पहिलो स्थान प्राप्त गरिन् । ३८.१ स्कोर गरेकी एपिएफकी मिरा खत्रीले रजत पदक जितिन् । बागमती प्रदेशकी सन्जु देशार र त्रिभुवन आर्मी क्लबकी सानुमाया थिङले कास्य पदक जिते ।
त्यसअघि पुरुष एकलको फाइनलमा स्वर्णिमले ३९.३ अंकसाथ पहिलो स्थान हासिल गरेका थिए। ३८.७ स्कोर गरेका आर्मीका विनय लिम्बुले रजत पदक प्राप्त गरे ।
बागमती प्रदेशका अन्जन यसमाली मगर र एपिएफका खगेन्द्र चाम्लिङ राईले कास्य पदक प्राप्त गरे ।

जिल्ला प्रमुख डोजो ललितपुर, लगनखेलको आयोजनामा माघ २० गतेसम्म चल्ने प्रतियोगितालाई
गोदावरी नगरपालिकाको मुख्य प्रायोजन तथा नेपाल कराते महासंघको तत्वावधान एवं प्राविधिक सहयोगमा गरेको छ ।
प्रतियोगितामा महिला तर्फ ४५, ५०,५५, ६१, ६८, ६८ के. जी. माथि, एकल काता र टिम कातामा तथा पुरुष तर्फ ५०, ५५, ६०, ६७, ७५–८४, ८४ के.जी. माथी, एकल काता र टिम कातामा प्रतिस्पर्धा हुनेछ ।
७ वटै प्रदेशका र ३ विभागीय टोलीका गरि २ सय ४० ले भाग लिएका छन्।
प्रतियोगिताको च्याम्पियन हुने टोलीले ट्रफी सहित रु. १ लाख र दोस्रो हुने टोलीले ट्रफी सहित ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताको सर्वोकृष्ट महिला तथा पुरुष खेलाडीले ट्रफी सहित समान २५ हजार रुपैयाँ पाउनेछन् ।

प्रतियोगिता करातेको राष्ट्रिय टोलीको प्रारम्भिक छनोटका रूपमा रहेको छ। बागमती प्रदेश सभासद मिनकृष्ण महर्जनको परिकल्पनामा आयोजित प्रतियोगिताको उपप्रधान तथा रक्षामन्त्री पुर्णबहादुर खड्काले उद्घाटन गरेका थिए।
तेस्रो कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिताको पदक
एकल काता (पुरुष)
स्वर्णिम मानन्धर (पुलिस)- स्वर्ण
विनय लिम्बु (आर्मी)- रजत
अन्जन यसमाली मगर (बागमती)- कास्य
खगेन्द्र चाम्लिङ राई (एपिएफ)- कास्य
एकल कातामा (महिला)
एलिसा रासकोटी मगर (पुलिस)- स्वर्ण
मिरा खत्री (एपिएफ)- रजत
सन्जु देशार (बागमती) – कास्य
सानुमाया थिङ (आर्मी )- कास्य
टिम काता (पुरुष)
स्वर्णिम मानन्धर,फुर्तेन तामाङ र जगत सिंह धानुक (पुलिस) – स्वर्ण
विनय लिम्बु, निकेश मानन्धर, दिनेश अमात्य (आर्मी)- रजत
अनिल चौधरी, मनिष शंकर, खगेन्द्र चाम्लिङ राई (एपिएफ)- कास्य
राजकुमार श्रेष्ठ, अमृत थोकर, प्रनिल मानन्धर (बागमती) – कास्य
टिम काता (महिला)
एलिसा रास्कोटी मगर, तप्पी थापा मगर, मेघा लिम्बु (पुलिस) – स्वर्ण
रिना श्रेष्ठ, सुनिता सुनार, सानुमाया थिङ (आर्मी)- रजत
सोनम शेर्पा, रिनिशा रिमाल, वन्दना तामाङ (एपिएफ )- कास्य
सन्जु देशार, सृजना मल्होत्रा, नानु शाक्य (बागमती) – कास्य
November 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियाली खेलकुदकी रजत पदक विजेता एरिका गुरुङ इजिप्टमा जारी डब्लुकेएफ २७ औं कराते विश्व च्याम्पियनसिपको अन्तिम १६ मा प्रवेश गर्न सफल भएकी छिन्। महिला ६८ केजी माथि तौल समूहको पुल-७ मा रहेकी एरिका समूह उपविजेता बनेर प्रि-क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएकी हुन्। उनले चिल्लीकी गोन्जालेज लाभिनलाई ५-१ को अन्तरमा पराजित गरिन्। त्यसअघिको […]
November 28, 2025
काठमाडौं (हाम्रो खेलकुद )- न्युजिल्यान्डमा भएको ‘उसु हिरोज’ प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण उसु प्रतियोगितामा नेपालले ४ स्वर्ण जितेको छ । विजय सिन्जाली, पासाङ शेर्पा, निमा घर्ती मगर र जुनु स्याङ्बो लामाले स्वर्ण जितेको नेपाल उसु महासंघका उप–महासचिव राजीव महर्जनले जनाएका छन् ।
November 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- करातेकी खेलाडी सानुमाया थिङले इजिप्टमा आज सुरु हुने डब्लुकेएफ २७ औं कराते विश्व च्याम्पियनसिपमा एकल कातामा खेलेका सबै ३ प्रतिस्पर्धामा हार बेहोरेकी छिन् । पहिलो खेलमा सानुमाया कोलम्बियाकी खेलाडी मचादो भ्यालेन्टिना जापातासँग हारिन् । सानुमायाले ३६.१ र मचादोले ३८.८ स्कोर गरिन् । अर्को खेलमा सानुमाया आयोजक इजिप्टकी आया हेस्मामसँग ३९.४-३५.६ ले पराजित भइन् […]