default_image

3 months ago

February 1, 2024

पहिलो दिन सबै स्वर्ण पुलिसलाई

ललितपुर (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिताको पहिलो दिन बिहीबार ५ स्वर्ण पदक जितेको छ । सातदोबाटो स्थिति कराते हलमा सुरु भएको प्रतियोगितामा‌ पुलिसले महिला कमुतेको ४५ केजी तथा महिल र पुरुषको एकल र टिम काता सबैमा स्वर्ण पदक जितेको छ । ४५ केजीमा पुलिसकी वर्षा बुढामगरले स्वर्ण […]

719 views

0 Bookmark

ललितपुर (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिताको पहिलो दिन बिहीबार ५ स्वर्ण पदक जितेको छ ।

सातदोबाटो स्थिति कराते हलमा सुरु भएको प्रतियोगितामा‌ पुलिसले महिला कमुतेको ४५ केजी तथा महिल र पुरुषको एकल र टिम काता सबैमा स्वर्ण पदक जितेको छ ।

४५ केजीमा पुलिसकी वर्षा बुढामगरले स्वर्ण पदक जितेकी छिन्। वर्षाले फाइनलमा एपिएफकी दीपा लामालाई‌ ६-२ ले हराइन् । कोशीकी स्मृति चौधरी र मधेश प्रदेशकी प्रोशिया चौधरीले कास्य पदक जिते।

त्यसअघि एकलमा स्वर्ण पदक जितेकी एलिसा रास्कोटी मगरसहित तप्पी थापा मगर, मेघा लिम्बुको टोली‌‌ टिम कातामा पहिलो स्थान हासिल गरेको थियो । तीव्र प्रतिस्पर्धात्मक रहेको फाइनलमा पुलिसले ३८.६ स्कोर गर्यो । रिना श्रेष्ठ, सुनिता सुनार, सानुमाया थिङ सम्मिलित आर्मीले ३६.५ स्कोर गर्दै रजत पदकमा चित्त बुझाउनु पर्यो । बागमती र एपिएफले कास्य पदक प्राप्त गर्यो ।

त्यसअघि पुलिसले पुरुष टिम काता, एकल काता महिला र पुरुष एकल कातामा स्वर्ण पदक जितेको थियो।
एकल कातामा स्वर्ण जितेका स्वर्णिम मानन्धरसहित फुर्तेन तामाङ र जगत सिंह धानुकको‌ पुलिस टोलीले फाइनलमा त्रिभुवन आर्मी क्लबलाई हराएको हो ।

पुलिसले ३८.९ स्कोर गर्दा रजत पदक विजेता आर्मीले ३७.७ स्कोर गरेको थियो। एपिएफ र बागमती प्रदेशले कास्य पदक प्राप्त गरे। पुलिसकी एलिसाले महिला एकल कातामा स्वर्ण पदक जितेकी हुन्।

१९ औं एसियाली खेलकुदमा भाग लिएकी एलिसाले पुलिसका‌ लागि दोस्रो स्वर्ण पदक जितेकी हुन् ।
एलिसाले फाइनलमा ३८.८ स्कोर गर्दै पहिलो स्थान प्राप्त गरिन् । ३८.१ स्कोर गरेकी एपिएफकी मिरा खत्रीले रजत पदक जितिन् । बागमती प्रदेशकी सन्जु देशार र त्रिभुवन आर्मी क्लबकी सानुमाया थिङले कास्य पदक जिते ।

त्यसअघि पुरुष एकलको‌ फाइनलमा  स्वर्णिमले ३९.३ अंकसाथ पहिलो स्थान हासिल गरेका थिए। ३८.७ स्कोर गरेका  आर्मीका विनय लिम्बुले रजत पदक प्राप्त गरे ।
बागमती प्रदेशका अन्जन यसमाली मगर र एपिएफका खगेन्द्र चाम्लिङ राईले कास्य पदक प्राप्त गरे ।

जिल्ला प्रमुख डोजो ललितपुर, लगनखेलको आयोजनामा माघ २० गतेसम्म चल्ने प्रतियोगितालाई 
गोदावरी नगरपालिकाको मुख्य प्रायोजन तथा नेपाल कराते महासंघको तत्वावधान एवं प्राविधिक सहयोगमा गरेको छ ।

प्रतियोगितामा महिला तर्फ ४५, ५०,५५, ६१, ६८, ६८ के. जी. माथि, एकल काता र टिम कातामा तथा पुरुष तर्फ ५०, ५५, ६०, ६७, ७५–८४, ८४ के.जी. माथी, एकल काता र टिम कातामा प्रतिस्पर्धा हुनेछ । ७ वटै प्रदेशका  र ३ विभागीय टोलीका गरि २ सय ४० ले भाग लिएका छन्।

प्रतियोगिताको च्याम्पियन हुने टोलीले ट्रफी सहित रु. १ लाख र दोस्रो हुने टोलीले ट्रफी सहित ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताको सर्वोकृष्ट महिला तथा पुरुष खेलाडीले ट्रफी सहित समान २५ हजार रुपैयाँ पाउनेछन् ।

प्रतियोगिता करातेको‌ राष्ट्रिय टोलीको प्रारम्भिक छनोटका‌ रूपमा रहेको‌ छ। बागमती प्रदेश सभासद मिनकृष्ण महर्जनको परिकल्पनामा आयोजित प्रतियोगिताको उपप्रधान तथा रक्षामन्त्री पुर्णबहादुर खड्काले उद्घाटन गरेका थिए।

तेस्रो कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिताको‌ पदक

एकल काता (पुरुष)

स्वर्णिम‌ मानन्धर (पुलिस)- स्वर्ण
विनय लिम्बु (आर्मी)- रजत
अन्जन यसमाली मगर (बागमती)- कास्य
खगेन्द्र चाम्लिङ राई (एपिएफ)- कास्य

एकल कातामा (महिला)
एलिसा रासकोटी मगर (पुलिस)- स्वर्ण
मिरा खत्री (एपिएफ)- रजत
सन्जु देशार (बागमती) – कास्य
सानुमाया थिङ (आर्मी )- कास्य

टिम काता (पुरुष)
स्वर्णिम मानन्धर,फुर्तेन तामाङ र जगत सिंह धानुक (पुलिस) – स्वर्ण
विनय लिम्बु, निकेश मानन्धर, दिनेश अमात्य (आर्मी)- रजत
अनिल चौधरी, मनिष शंकर, खगेन्द्र चाम्लिङ राई (एपिएफ)- कास्य
राजकुमार श्रेष्ठ, अमृत थोकर, प्रनिल मानन्धर (बागमती) – कास्य

टिम काता (महिला)
एलिसा रास्कोटी मगर, तप्पी थापा मगर, मेघा लिम्बु (पुलिस) – स्वर्ण
रिना श्रेष्ठ, सुनिता सुनार, सानुमाया थिङ (आर्मी)- रजत
सोनम शेर्पा, रिनिशा रिमाल, वन्दना तामाङ (एपिएफ )- कास्य
सन्जु देशार, सृजना मल्होत्रा, नानु शाक्य (बागमती) – कास्य

कुमुते महिला
४५ केजी
वर्षा बुढामगर पुलिस – स्वर्ण
दीपा लामा (एपिएफ) – रजत
स्मृति चौधरी (कोशी)- कास्य
प्रोशिया चौधरी (मधेश )-कास्य

April 24, 2024

सागका स्वर्ण पदक विजेतासहितका खेलाडी जापान जाने

काठमाडौं (हाम्रो खेलकुद) – नेपालको तेक्वान्दो टिमले जापानमा हुने २० औं वाटा ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा भाग लिने भएको छ । जापान वाटाको आयोजनामा हुने सो प्रतियोगितामा अल जापान तेक्वान्दो संघ र ओसाका तेक्वान्दो संघको सहयोग रहनेछ । नेपालका अन्तर्राष्ट्रिय तेक्वान्दो निर्णायक अशोक खड्काले २४ देशको सहभागिता रहने सो प्रतियोगितामा खेल्न १५ सदस्यीय नेपाली तेक्वान्दो […]

April 22, 2024

मुवाँथाईका गुणराजलाई स्पोर्टस युनिभर्सको सम्मान

काठमाडौं (हाम्रो खेलकुद)– १९ औं मुवाँथाई विश्व च्याम्पियनसिपमा स्वर्ण पदक जितेका मुवाँथाई खेलाडी गुणराज रुचाललाई स्पोर्टस युनिभर्सले सोमबार सम्मान गरेको छ । स्पोर्टस युनिभर्सका निर्देशक किशोरकुमार जोशीले गुणराजलाई स्पोर्टस वेयर समेत प्रदान गरेका थिए । जोशी सुदूरपश्चिम प्रदेश मुवाँथाई संघका उपाध्यक्ष समेत हुन् । गत महिना थाइल्यान्डको बैंककमा भएको प्रतियोगिताको सेमी प्रोको पुरुष ५४ केजीमा […]

April 20, 2024

दक्षिण एसियाली कुराँश च्याम्पियनसिपमा नेपाल दोस्रो

काठमाडौं (हाम्रो खेलकुद)- भारतको केरलामा भएको प्रथम दक्षिण एसियाली कुराँश च्याम्पियनसिपमा २ स्वर्ण र ३ रजत पदकसहित नेपाल दोस्रो भएको थियो। शनिबार दिक्षा मगर र योगेन्द्र विष्टले स्वर्ण पदक जितेका छन् । त्यस्तै परि घर्तीमगर,अर्जुन क्षेत्री र सिनियर ८७ केजी माथि दीपिका अछाजुले रजत पदक जितेका हुन् । दिक्षाले ४४ केजी मुनिको तौल समूह र […]

Success

Thank you for your time.