2 years ago
February 2, 2024
ललितपुर (हाम्रो खेलकुद)- बागमती प्रदेशले तेस्रो कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगितामा पहिलो स्वर्ण पदक जितेको छ।
सातदोबाटो स्थिति कराते हलमा जारी प्रतियोगिताको दोस्रो दिन शुक्रबार पुष्पाका लामाले बागमतीलाई पहिलो स्वर्ण पदक दिलाएकी हुन् । ५५ केजीको फाइनलमा एपिएफकी निमा तामाङलाई ७-५ ले हराउँदै पुष्पकाले पहिलो स्थान हासिल गरेकी हुन् ।
पुलिसकी जिया कार्की र आर्मीकी सुनिता सुनारले कास्य पदक प्राप्त गरे। त्यसअघि सेमिफाइनलमा पुष्पकाले जिया र निमाले सुनितालाई पराजित गर्दै फाइनलको यात्रा तय गरेका थिए।
बिहीबार सुरु भएको प्रतियोगितामा पुलिसले काताका ४ र कुमुतेको १ गरि ५ वटा स्वर्ण पदक जितेको थियो।
जिल्ला प्रमुख डोजो ललितपुर, लगनखेलको आयोजनामा माघ २० गतेसम्म चल्ने प्रतियोगितालाई
गोदावरी नगरपालिकाको मुख्य प्रायोजन तथा नेपाल कराते महासंघको तत्वावधान एवं प्राविधिक सहयोगमा गरेको छ ।
प्रतियोगितामा महिला तर्फ ४५, ५०,५५, ६१, ६८, ६८ के. जी. माथि, एकल काता र टिम कातामा तथा पुरुष तर्फ ५०, ५५, ६०, ६७, ७५–८४, ८४ के.जी. माथी, एकल काता र टिम कातामा प्रतिस्पर्धा हुनेछ ।
७ वटै प्रदेशका र ३ विभागीय टोलीका गरि २ सय ४० ले भाग लिएका छन्।
प्रतियोगिताको च्याम्पियन हुने टोलीले ट्रफी सहित रु. १ लाख र दोस्रो हुने टोलीले ट्रफी सहित ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताको सर्वोकृष्ट महिला तथा पुरुष खेलाडीले ट्रफी सहित समान २५ हजार रुपैयाँ पाउनेछन् । प्रतियोगिता करातेको राष्ट्रिय टोलीको प्रारम्भिक छनोटका रूपमा रहेको छ।
–पुष्पकाले ७-५ ले फाइनल जितेको हुनुपर्नेमा अन्यथा भएकोले सच्चाइएको छ।
तेस्रो कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिताको पदक
एकल काता (पुरुष)
स्वर्णिम मानन्धर (पुलिस)- स्वर्ण
विनय लिम्बु (आर्मी)- रजत
अन्जन यसमाली मगर (बागमती)- कास्य
खगेन्द्र चाम्लिङ राई (एपिएफ)- कास्य
एकल कातामा (महिला)
एलिसा रासकोटी मगर (पुलिस)- स्वर्ण
मिरा खत्री (एपिएफ)- रजत
सन्जु देशार (बागमती) – कास्य
सानुमाया थिङ (आर्मी )- कास्य
टिम काता (पुरुष)
स्वर्णिम मानन्धर,फुर्तेन तामाङ र जगत सिंह धानुक (पुलिस) – स्वर्ण
विनय लिम्बु, निकेश मानन्धर, दिनेश अमात्य (आर्मी)- रजत
अनिल चौधरी, मनिष शंकर, खगेन्द्र चाम्लिङ राई (एपिएफ)- कास्य
राजकुमार श्रेष्ठ, अमृत थोकर, प्रनिल मानन्धर (बागमती) – कास्य
टिम काता (महिला)
एलिसा रास्कोटी मगर, तप्पी थापा मगर, मेघा लिम्बु (पुलिस) – स्वर्ण
रिना श्रेष्ठ, सुनिता सुनार, सानुमाया थिङ (आर्मी)- रजत
सोनम शेर्पा, रिनिशा रिमाल, वन्दना तामाङ (एपिएफ )- कास्य
सन्जु देशार, सृजना मल्होत्रा, नानु शाक्य (बागमती) – कास्य
कुमुते महिला
४५ केजी
वर्षा बुढामगर पुलिस – स्वर्ण
दीपा लामा (एपिएफ) – रजत
स्मृति चौधरी (कोशी)- कास्य
प्रोशिया चौधरी (मधेश )-कास्य
५५ केजी
पुष्पका लामा (बागमती)- स्वर्ण
निमा तामाङ (एपिएफ)- रजत
जिया कार्की (पुलिस) – कास्य
सुनिता सुनार (आर्मी)- आर्मी
November 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियाली खेलकुदकी रजत पदक विजेता एरिका गुरुङ इजिप्टमा जारी डब्लुकेएफ २७ औं कराते विश्व च्याम्पियनसिपको अन्तिम १६ मा प्रवेश गर्न सफल भएकी छिन्। महिला ६८ केजी माथि तौल समूहको पुल-७ मा रहेकी एरिका समूह उपविजेता बनेर प्रि-क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएकी हुन्। उनले चिल्लीकी गोन्जालेज लाभिनलाई ५-१ को अन्तरमा पराजित गरिन्। त्यसअघिको […]
November 28, 2025
काठमाडौं (हाम्रो खेलकुद )- न्युजिल्यान्डमा भएको ‘उसु हिरोज’ प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण उसु प्रतियोगितामा नेपालले ४ स्वर्ण जितेको छ । विजय सिन्जाली, पासाङ शेर्पा, निमा घर्ती मगर र जुनु स्याङ्बो लामाले स्वर्ण जितेको नेपाल उसु महासंघका उप–महासचिव राजीव महर्जनले जनाएका छन् ।
November 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- करातेकी खेलाडी सानुमाया थिङले इजिप्टमा आज सुरु हुने डब्लुकेएफ २७ औं कराते विश्व च्याम्पियनसिपमा एकल कातामा खेलेका सबै ३ प्रतिस्पर्धामा हार बेहोरेकी छिन् । पहिलो खेलमा सानुमाया कोलम्बियाकी खेलाडी मचादो भ्यालेन्टिना जापातासँग हारिन् । सानुमायाले ३६.१ र मचादोले ३८.८ स्कोर गरिन् । अर्को खेलमा सानुमाया आयोजक इजिप्टकी आया हेस्मामसँग ३९.४-३५.६ ले पराजित भइन् […]