6 months ago
February 2, 2024
ललितपुर (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबका एलोन श्रेष्ठले तेस्रो कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगितामा स्वर्ण पदक जितेका छन्।
सातदोबाटो स्थिति कराते हलमा जारी प्रतियोगिताको दोस्रो दिन शुक्रबार भएको ५५ केजी तौल समूहमा मधेश प्रदेशका रितिक लामालाई फुल स्कोर १०-२ मा पराजित गर्दै एलोनले पहिलो स्थान हासिल गरेका हुन् ।प्रतियोगितामा पुलिसको त्यो छैटौं स्वर्ण पदक हो ।
सो तौल समूहमा लुम्बिनी प्रदेशका राहुल चौधरी र त्रिभुवन आर्मी क्लबका रमेश बोलुनले कास्य पदक प्राप्त गरेका छन्। यसअघि सेमिफाइनलमा एलोनले राहुल र रितिकले रमेशलाई हराएका थिए।
त्यसअघि बागमती प्रदेशका लागि पुष्पाका लामाले पहिलो स्वर्ण पदक दिलाएकी थिइन् । फाइनलमा एपिएफकी निमा तामाङलाई ७-५ ले हराउँदै पुष्पकाले पहिलो स्थान हासिल गरेकी थिइन् । पुलिसकी जिया कार्की र आर्मीकी सुनिता सुनारले कास्य पदक प्राप्त गरेका थिए ।
जिल्ला प्रमुख डोजो ललितपुर, लगनखेलको आयोजनामा माघ २० गतेसम्म चल्ने प्रतियोगितालाई
गोदावरी नगरपालिकाको मुख्य प्रायोजन तथा नेपाल कराते महासंघको तत्वावधान एवं प्राविधिक सहयोगमा गरेको छ ।
प्रतियोगितामा महिला तर्फ ४५, ५०,५५, ६१, ६८, ६८ के. जी. माथि, एकल काता र टिम कातामा तथा पुरुष तर्फ ५०, ५५, ६०, ६७, ७५–८४, ८४ के.जी. माथी, एकल काता र टिम कातामा प्रतिस्पर्धा हुनेछ ।
करातेको राष्ट्रिय टोलीको प्रारम्भिक छनोटका रूपमा रहेको प्रतियोगितामा ७ वटै प्रदेशका र ३ विभागीय टोलीका गरि २ सय ४० ले भाग लिएका छन्।
प्रतियोगिताको च्याम्पियन हुने टोलीले ट्रफी सहित रु. १ लाख र दोस्रो हुने टोलीले ट्रफी सहित ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताको सर्वोकृष्ट महिला तथा पुरुष खेलाडीले ट्रफी सहित समान २५ हजार रुपैयाँ पाउनेछन् ।
तेस्रो कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिताको पदक
दोस्रो दिन
कुमुते, पुरुष ५५ केजी
एलोन श्रेष्ठ (पुलिस)- स्वर्ण
रितिक लामा (मधेश) – रजत
राहुल चौधरी (लुम्बिनी)- कास्य
रमेश बोलुन (आर्मी)- कास्य
कुमुते, महिला ५५ केजी
पुष्पका लामा (बागमती)- स्वर्ण
निमा तामाङ (एपिएफ)- रजत
जिया कार्की (पुलिस) – कास्य
सुनिता सुनार (आर्मी)- आर्मी
पहिलो दिन
कुमुते, महिला ४५ केजी
वर्षा बुढामगर पुलिस – स्वर्ण
दीपा लामा (एपिएफ) – रजत
स्मृति चौधरी (कोशी)- कास्य
प्रोशिया चौधरी (मधेश )-कास्य
टिम काता (महिला)
एलिसा रास्कोटी मगर, तप्पी थापा मगर, मेघा लिम्बु (पुलिस) – स्वर्ण
रिना श्रेष्ठ, सुनिता सुनार, सानुमाया थिङ (आर्मी)- रजत
सोनम शेर्पा, रिनिशा रिमाल, वन्दना तामाङ (एपिएफ )- कास्य
सन्जु देशार, सृजना मल्होत्रा, नानु शाक्य (बागमती) – कास्य
टिम काता (पुरुष)
स्वर्णिम मानन्धर,फुर्तेन तामाङ र जगत सिंह धानुक (पुलिस) – स्वर्ण
विनय लिम्बु, निकेश मानन्धर, दिनेश अमात्य (आर्मी)- रजत
अनिल चौधरी, मनिष शंकर, खगेन्द्र चाम्लिङ राई (एपिएफ)- कास्य
राजकुमार श्रेष्ठ, अमृत थोकर, प्रनिल मानन्धर (बागमती) – कास्य
एकल कातामा (महिला)
एलिसा रासकोटी मगर (पुलिस)- स्वर्ण
मिरा खत्री (एपिएफ)- रजत
सन्जु देशार (बागमती) – कास्य
सानुमाया थिङ (आर्मी )- कास्य
एकल काता (पुरुष)
स्वर्णिम मानन्धर (पुलिस)- स्वर्ण
विनय लिम्बु (आर्मी)- रजत
अन्जन यसमाली मगर (बागमती)- कास्य
खगेन्द्र चाम्लिङ राई (एपिएफ)- कास्य
July 19, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली कराते टोली भुटानको थिम्पुमा भएको आठौं दक्षिण एसियाली कराते प्रतियोगितामा टिम च्याम्पियन बनेको छ। ३१ स्वर्ण, २० रजत र ११ कास्य पदक गरि कुल ६२ पदक सहित नेपाली टोली टिम च्याम्पियन बनेको हो । भारत २७ स्वर्ण, २० रजत र १३ कास्य पदकसहित दोश्रो,श्रीलंका ५ स्वर्ण १८ रजत र ३१ कास्य […]
July 15, 2024
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली कराते च्याम्पियनसिपको आठौं संस्करणमा सहभागी हुन नेपाली कराते टोली सोमबार भुटानको थिम्पु प्रस्थान गरेको छ । साउन २ देखि ४ गतेसम्म हुने प्रतियोगितामा ७० नेपाली कराते खेलाडीले चुनौती प्रस्तुत गर्ने नेपाल कराते महासंघले जनाएको छ। टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङ, राखेपका पूर्व सदस्य–सचिव एवं कराते महासंघका […]
July 13, 2024
काठमाडौं (हाम्रो खेलकुद)- च्याम्पियन मार्सल आर्टसले आठौं क्याडेट, जुनियर, यु २१ तथा दक्षिण एसियाली कराते च्याम्पियनसिपमा छनोट भएका आफ्ना खेलाडी अनिल बरमलाई नगदसहित सम्मान गरेको छ। च्याम्पियनसिप भुटानको राजधानी थिम्पुमा जुलाई १३ देखि २० सम्म सन्चालन हुँदैछ ।अनिल यु २१ को ६७ केजी मुनीको तौल समूहका लागि छनोट भएका हुन् । च्याम्पियन मार्सल आर्टसका सन्चालक […]