default_image

9 months ago

February 2, 2024

सन्तोषको‌ जितमा पुलिसलाई आठौं स्वर्ण

416 views

0 Bookmark

ललितपुर (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगितामा आठौं स्वर्ण पदक जितेको छ।

पुलिसका लागि आठौं स्वर्ण पदक सन्तोष श्रेष्ठले कुमुते ६७ केजीमा दिलाएका हुन् । सातदोबाटो स्थिति कराते हलमा जारी प्रतियोगिताको‌ दोस्रो दिन शुक्रबार भएको फाइनलमा त्रिभुवन आर्मी क्लबका‌ किरण पुनलाई ३-१ ले हराउँदै १९ औं एसियाली खेलकुदमा भाग लिएका सन्तोषले पहिलो स्थान हासिल गरेका हुन्।

सो तौल समूहमा कोशीका पर्वत बस्नेत र सुदूरपश्चिमका सन्देश पार्कीले कास्य पदक प्राप्त गरे। सेमिफाइनलमा सन्तोषले पर्वत र किरणले सन्देशलाई पराजित गरेका हुन्।

प्रतियोगितामा पुलिसले ८, बागमतीले २ र एपिएफले १ स्वर्ण पदक जितेको छ । १० टोलीको सहभागिता रहेको प्रतियोगितामा ७ टोलीले अहिलेसम्म स्वर्ण पदक जित्न सकेका छैनन् । १७ मध्ये ११ वटा इभेन्ट्सको पदकको टुंगो लागिसकेको छ।

त्यसअघि साइमन श्रेष्ठले कुमुते पुरुष ५० केजीमा बागमती प्रदेशका लागि स्वर्ण पदक दिलाएका थिए।
साइमनले पुलिसका साजन मोक्तानलाई ५-० ले हराउँदै पहिलो स्थान प्राप्त गरेका हुन् ।

एपिएफका निशान गोले र सुदूरपश्चिमका आनन्द कामीले कास्य पदक प्राप्त गरे । सेमिफाइनलमा साइमनले आनन्द र साजनले निशालाई पराजित गरेका थिए।

आज कुमुते पुरुष ६० केजी तौल समूहमा मिनबहादुर तामाङले एपिएफलाई पहिलो स्वर्ण पदक दिलाएका थिए। फाइनलमा मिनले लुम्बिनी प्रदेशका सुनिल‌ समाललाई ४-१ ले हराउँदै पहिलो भएका थिए।
पुलिसका अंकित गुरुङ र सुदूरपश्चिम प्रदेशका अर्जुन थापाले कास्य पदक प्राप्त गरे। त्यसअघि सेमिफाइनलमा मिनले अंकित र सुनिलले अर्जुनलाई‌ हराएका‌ थिए।

त्यसअघि  पुलिसकी रोजिता ढुंगेलले कुमुते महिला ६८ केजी मुनीको तौल समूहको फाइनलमा कोशीकी योमसम राईलाई ६-४ ले हराउँदै स्वर्ण पदक जितेकी थिइन्। प्रतियोगितामा पुलिसको त्यो सातौं स्वर्ण पदक हो ।

लुम्बिनीकी रक्षा शाही ठकुरी र बागमतीकी आशिका राईले कास्य पदक प्राप्त गरे । सेमिफाइनलमा रोजिताले आशिका र योमसमले रक्षालाई हराएकी थिइन्

त्यसअघि पुलिसका‌ एलोन श्रेष्ठले कुमुते पुरुष  ५५ केजी तौल समूहमा मधेश प्रदेशका रितिक लामालाई फुल स्कोर १०-२ मा पराजित गर्दै स्वर्ण पदक जितेका थिए । प्रतियोगितामा पुलिसको‌ त्यो छैटौं स्वर्ण पदक हो ।

सो तौल समूहमा लुम्बिनी प्रदेशका राहुल चौधरी र आर्मीका रमेश बोलुनले कास्य पदक प्राप्त गरेका छन्। त्यसअघि सेमिफाइनलमा एलोनले राहुल र रितिकले रमेशलाई हराएका थिए।

त्यसअघि बागमती प्रदेशका‌ लागि  पुष्पाका लामाले  पहिलो स्वर्ण पदक दिलाएकी थिइन् । महिला ५५ केजीको फाइनलमा एपिएफकी निमा तामाङलाई ७-५ ले हराउँदै पुष्पकाले पहिलो स्थान हासिल गरेकी थिइन् ।
पुलिसकी जिया कार्की र आर्मीकी सुनिता सुनारले कास्य पदक प्राप्त गरेका थिए ।

पहिलो दिन पुलिसले काता (एकल र टिम) मा ४ र कुमुतेमा १ गरि ५ वटा स्वर्ण पदक जितेको थियो।

जिल्ला प्रमुख डोजो ललितपुर, लगनखेलको आयोजनामा माघ २० गतेसम्म चल्ने प्रतियोगितालाई 
गोदावरी नगरपालिकाको मुख्य प्रायोजन तथा नेपाल कराते महासंघको तत्वावधान एवं प्राविधिक सहयोगमा गरेको छ ।

प्रतियोगितामा महिला तर्फ ४५, ५०,५५, ६१, ६८, ६८ के. जी. माथि, एकल काता र टिम कातामा तथा पुरुष तर्फ ५०, ५५, ६०, ६७, ७५–८४, ८४ के.जी. माथी, एकल काता र टिम कातामा प्रतिस्पर्धा हुनेछ ।

करातेको‌ राष्ट्रिय टोलीको प्रारम्भिक छनोटका‌ रूपमा रहेको‌ प्रतियोगितामा ७ वटै प्रदेशका  र ३ विभागीय टोलीका गरि २ सय ४० ले भाग लिएका छन्।

प्रतियोगिताको च्याम्पियन हुने टोलीले ट्रफी सहित रु. १ लाख र दोस्रो हुने टोलीले ट्रफी सहित ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताको सर्वोकृष्ट महिला तथा पुरुष खेलाडीले ट्रफी सहित समान २५ हजार रुपैयाँ पाउनेछन् ।

तेस्रो कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिताको‌ पदक

दोस्रो दिन

कुमुते, पुरुष ६७ केजी
सन्तोष श्रेष्ठ (पुलिस) – स्वर्ण
किरण पुन (आर्मी) – रजत
पर्वत बस्नेत (कोशी)- कास्य
सन्देश पार्की (सुदुरपश्चिम)- कास्य

कुमुते, पुरुष ५० केजी
साइमन श्रेष्ठ (बागमती) – स्वर्ण
साजन मोक्तान (पुलिस) – रजत
निशान गोले (एपिएफ)- कास्य
आनन्द कामी (सुदूरपश्चिम)- कास्य

कुमुते, पुरुष ६० केजी
मिनबहादुर तामाङ (एपिएफ)- स्वर्ण
सुनिल समाल (लुम्बिनी)- रजत
अंकित गुरुङ (पुलिस) – कास्य
अर्जुन थापा ( सुदूरपश्चिम)- कास्य

कुमुते, महिला ६८ केजी मुनी

रोजिता ढुंगेल (पुलिस) – स्वर्ण
योमसम राई (कोशी) – रजत
रक्षा शाही ठकुरी (लुम्बिनी)- कास्य
आशिका राई (बागमती)- कास्य

कुमुते, पुरुष ५५ केजी
एलोन श्रेष्ठ (पुलिस)- स्वर्ण
रितिक लामा (मधेश) – रजत
राहुल चौधरी (लुम्बिनी)- कास्य
रमेश बोलुन (आर्मी)- कास्य

कुमुते, महिला ५५ केजी
पुष्पका लामा (बागमती)- स्वर्ण
निमा तामाङ (एपिएफ)- रजत
जिया कार्की (पुलिस) – कास्य
सुनिता सुनार (आर्मी)- आर्मी

पहिलो दिन
कुमुते, महिला ४५ केजी
वर्षा बुढामगर पुलिस – स्वर्ण
दीपा लामा (एपिएफ) – रजत
स्मृति चौधरी (कोशी)- कास्य
प्रोशिया चौधरी (मधेश )-कास्य

टिम काता (महिला)
एलिसा रास्कोटी मगर, तप्पी थापा मगर, मेघा लिम्बु (पुलिस) – स्वर्ण
रिना श्रेष्ठ, सुनिता सुनार, सानुमाया थिङ (आर्मी)- रजत
सोनम शेर्पा, रिनिशा रिमाल, वन्दना तामाङ (एपिएफ )- कास्य
सन्जु देशार, सृजना मल्होत्रा, नानु शाक्य (बागमती) – कास्य

टिम काता (पुरुष)
स्वर्णिम मानन्धर,फुर्तेन तामाङ र जगत सिंह धानुक (पुलिस) –  स्वर्ण
विनय लिम्बु, निकेश मानन्धर, दिनेश अमात्य (आर्मी)- रजत
अनिल चौधरी, मनिष शंकर, खगेन्द्र चाम्लिङ राई (एपिएफ)- कास्य
राजकुमार श्रेष्ठ, अमृत थोकर, प्रनिल मानन्धर (बागमती) – कास्य

एकल कातामा (महिला)
एलिसा रासकोटी मगर (पुलिस)- स्वर्ण
मिरा खत्री (एपिएफ)- रजत
सन्जु देशार (बागमती) – कास्य
सानुमाया थिङ (आर्मी )- कास्य

एकल काता (पुरुष)
स्वर्णिम‌ मानन्धर (पुलिस)- स्वर्ण
विनय लिम्बु (आर्मी)- रजत
अन्जन यसमाली मगर (बागमती)- कास्य
खगेन्द्र चाम्लिङ राई (एपिएफ)- कास्य

October 22, 2024

मिसन २०२६ को प्रशिक्षण मंसिरबाट पुनः सुरु हुने

काठमाडौं (हाम्रो खेलकुद)– एसियाली खेलकुद (एसियाड) को तयारीका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मिसन– २०२६ अन्तर्गत खेलाडीको विशेष प्रशिक्षण मंसिर १ गतेदेखि पुनः सुरु गर्ने भएको छ । सन् २०२६ मा जापानमा हुने २० औं एसियाडमा स्वर्णसहित दोहोरो अंकमा पदक जित्ने लक्ष्यसहित गत आर्थिक वर्षदेखि बढी सम्भावना भएका विभिन्न खेलका खेलाडीलाई समावेश गरी विशेष […]

October 22, 2024

नेपाली उसु खेलाडीले थाउँलो वर्ल्ड कपमा भाग लिने

काठमाडौं (हाम्रो खेलकुद )- नेपाली उसु खेलाडीले जापानको टोकियोमा हुने तेस्रो थाउँलो वर्ल्डकप २०२४ भाग लिने भएका छन् । टोकियोस्थित योकोहा शहरमा वर्ल्ड कप कात्तिक ७ देखि १२ गते सम्म हुने बताइएको छ। दीपक हमाल, विजय सिंजाली, निमा घर्ती मगर, पासाङ शेर्पा र राजिव तामाङले वर्ल्ड कपमा भाग लिने बताइएको छ। नेपाल उसु महासंघका महासचिव […]

October 6, 2024

मण्डेकाजी स्पोर्टस् पर्सनालिटी अवार्डबाट सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल राष्ट्रिय कराते टोलीका प्रशिक्षक मण्डेकाजी श्रेष्ठ ‘स्पोर्टस् पर्सनालिटी अफ दि इयर’बाट सम्मानित भएका छन् । राजधानीमा आइतवार आयोजित ‘एचिभर्स अवार्ड २०२४’ कार्यक्रममा खेलकुदतर्फ मण्डेकाजी सम्मानित भएका हुन् । सक्सेस मिडिया र यात्रा प्लसको संयुक्त आयोजनामा भएको अवार्डमा १३औं दक्षिण एसियाली खेलकुद (साग)का दोहोरो स्वर्ण पदक विजेता खेलाडी मण्डेकाजीलाई सम्मान गरेको हो […]

Success

Thank you for your time.