default_image

2 years ago

February 3, 2024

मिस्लीले आर्मीलाई पहिलो स्वर्ण दिलाइन्

627 views

0 Bookmark

ललितपुर (हाम्रो खेलकुद)– त्रिभुवन आर्मी क्लबले तेस्रो कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगितामा पहिलो स्वर्ण पदक जितेको छ । मिस्ली श्रेष्ठले आर्मीलाई पहिलो स्वर्ण पदक दिलाएकी हुन् ।

सातदोबाटोमा स्थिति कराते हलमा जारी प्रतियोगिताको तेस्रो तथा अन्तिम दिन शनिबार कुमुते महिला ५० केजी तौल समूहको फाइनलमा सोनु श्रेष्ठलाई हराउँदै पहिलो स्थान प्राप्त गरेकी हुन् । सोनु फाइनलमा मेडिकल्ली डिस्क्वालिफाइ हुनुअघि ५–१ ले पछाडि थिइन।

सो समूहमा नेपाल पुलिस क्लबकी सविना श्रेष्ठ र मधेश प्रदेशकी बबिता इस्मालीले कास्य पदक प्राप्त गरे । सेमिफाइनलमा मिस्लीले सविना र सोनुले बबितालाई हराएकी थिइन् ।

त्यसअघि सुदूरपश्चिम प्रदेशका लागि कमल ओलीले पहिलो स्वर्ण पदक जितेका थिए । कुमुते पुरुष ७५ केजीमा फाइनलमा बागमती प्रदेशका साहिल नेपाली ५–४ स्कोरले हराउँदै कमलले स्वर्ण पदक जितेका हुन्।

त्यो‌ तौल‌ समूहमा प्रदेशका खेलाडीले‌ मात्र पदक जितेका छन् । विभागीय टोली नेपाल पुलिस क्लबका‌ खेलाडी पहिलो चरणमा तथा नेपाल एपिएफ क्लब र त्रिभुवन आर्मी क्लबका खेलाडी क्वाटरफाइनलमा पराजित भएका थिए ।

समूहमा मधेश प्रदेशका करणकुमार महतो र कोशी प्रदेशका रुरिहाङ दुमी कास्य पदक प्राप्त गरे । त्यसअघि कमलले रुरिहाङ र‌ साहिलले करणलाई हराएका थिए ।

त्यसअघि आज चीनमा भएको १९ औं एसियाली खेलकुद (एसियाड) की रजत पदक विजेता पुलिसकी एरिका गुरुङले तेस्रो स्वर्ण पदक‌ जितेकी‌ छिन् ।
असोजमा सम्पन्न एसियाडपछि पहिलो प्रतियोगिता खेलेकी एरिकाले कुमुते महिला ६८ केजीमाथिको तौल समूहमा एपिएफकी विनिता श्रेष्ठलाई‌ ७–१ ले हराउँदै पहिलो स्थान हासिल गरेको‌ थिइन् । प्रतियोगितामा पुलिसको त्यो नवौं स्वर्ण पदक हो ।

सो समूहमा मधेश प्रदेशकी पोरिना शाही ठकुरी र बागमतीकी कलाहाङ लिम्बुले कास्य पदक प्राप्त गरे । त्यसअघि सेमिफाइनलमा एरिकाले कलाहाङ र विनिताले पोरिकालाई हराउँदै फाइनल यात्रा तय गरेकी थिइन् । चोटका कारण एरिकाले साफ कराते च्याम्पियनसीपमा भाग लिएकी थिइनन् ।

पुलिसले ९, एपिएफले ३, बागमती २, सुदूरपश्चिम र आर्मीले समान १ स्वर्ण पदक जितेका छन् । १० टोलीको सहभागिता रहेको प्रतियोगितामा विभागीय टोली आर्मीसहित ६ टोलीले अहिलेसम्म स्वर्ण पदक जित्न सकेका छैनन् । १७ मध्ये १६ वटा इभेन्ट्सको पदकको टुंगो लागिसकेको छ ।

करातेको‌ राष्ट्रिय टोलीको प्रारम्भिक छनोटका‌ रूपमा रहेको‌ प्रतियोगिताको‌ आयोजना‌ जिल्ला प्रमुख डोजो ललितपुर, लगनखेलले गरेको हो । प्रतियोगितालाई गोदावरी नगरपालिकाको मुख्य प्रायोजन तथा नेपाल कराते महासंघको तत्वावधान एवं प्राविधिक सहयोगमा गरेको छ ।

प्रतियोगिताको च्याम्पियन हुने टोलीले ट्रफी सहित रु. १ लाख र दोस्रो हुने टोलीले ट्रफी सहित ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताको सर्वोकृष्ट महिला तथा पुरुष खेलाडीले ट्रफी सहित समान २५ हजार रुपैयाँ पाउनेछन् ।

तेस्रो कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिताको‌ पदक

तेस्रो तथा अन्तिम दिन

कुमुते, महिला ५० केजी

मिस्ली श्रेष्ठ (आर्मी)–स्वर्ण
सोनु श्रेष्ठ (एपिएफ) – रजत
सविना श्रेष्ठ – कास्य
बबिता इस्लामी – कास्य

कुमुते, पुरुष ७५ केजी

कुमुते, पुरुष ७५ केजी
कमल ओली (सुदूरपश्चिम)- स्वर्ण
साहिल नेपाली (बागमती)- रजत
करणकुमार महतो (मधेश)- कास्य
रुरिहाङ दुमी (कोशी)- कास्य

कुमुते , महिला ६८ केजी माथि
एरिका गुरुङ (पुलिस)- स्वर्ण
विनिता श्रेष्ठ (एपिएफ)- रजत
पोरिना शाही ठकुरी (मधेश)- कास्य
कलाहाङ लिम्बु (बागमती)- कास्य

दोस्रो दिन

कुमुते, पुरुष -८४ केजी
मोहमद सेखु आलम (एपिएफ) – स्वर्ण
सज्वल बुढाथोकी (पुलिस) – रजत
सुरेश जफ्रेल (आर्मी) – कास्य
विशाल थापा (गण्डकी) – कास्य

कुमुते, महिला ६१ केजी
रमिता माझी (एपिएफ) – स्वर्ण
निरुपा दोङ (पुलिस)- रजत
विनिता पोखरेल (कोशी)- कास्य
पुष्पा मदई (सुदूरपश्चिम)- कास्य

कुमुते, पुरुष ६७ केजी
सन्तोष श्रेष्ठ (पुलिस) – स्वर्ण
किरण पुन (आर्मी) – रजत
पर्वत बस्नेत (कोशी)- कास्य
सन्देश पार्की (सुदुरपश्चिम)- कास्य

कुमुते, पुरुष ५० केजी
साइमन श्रेष्ठ (बागमती) – स्वर्ण
साजन मोक्तान (पुलिस) – रजत
निशान गोले (एपिएफ)- कास्य
आनन्द कामी (सुदूरपश्चिम)- कास्य

कुमुते, पुरुष ६० केजी
मिनबहादुर तामाङ (एपिएफ)- स्वर्ण
सुनिल समाल (लुम्बिनी)- रजत
अंकित गुरुङ (पुलिस) – कास्य
अर्जुन थापा ( सुदूरपश्चिम)- कास्य

कुमुते, महिला ६८ केजी मुनी

रोजिता ढुंगेल (पुलिस) – स्वर्ण
योमसम राई (कोशी) – रजत
रक्षा शाही ठकुरी (लुम्बिनी)- कास्य
आशिका राई (बागमती)- कास्य

कुमुते, पुरुष ५५ केजी
एलोन श्रेष्ठ (पुलिस)- स्वर्ण
रितिक लामा (मधेश) – रजत
राहुल चौधरी (लुम्बिनी)- कास्य
रमेश बोलुन (आर्मी)- कास्य

कुमुते, महिला ५५ केजी
पुष्पका लामा (बागमती)- स्वर्ण
निमा तामाङ (एपिएफ)- रजत
जिया कार्की (पुलिस) – कास्य
सुनिता सुनार (आर्मी)- आर्मी

पहिलो दिन

कुमुते, महिला ४५ केजी
वर्षा बुढामगर पुलिस – स्वर्ण
दीपा लामा (एपिएफ) – रजत
स्मृति चौधरी (कोशी)- कास्य
प्रोशिया चौधरी (मधेश )-कास्य

टिम काता (महिला)
एलिसा रास्कोटी मगर, तप्पी थापा मगर, मेघा लिम्बु (पुलिस) – स्वर्ण
रिना श्रेष्ठ, सुनिता सुनार, सानुमाया थिङ (आर्मी)- रजत
सोनम शेर्पा, रिनिशा रिमाल, वन्दना तामाङ (एपिएफ )- कास्य
सन्जु देशार, सृजना मल्होत्रा, नानु शाक्य (बागमती) – कास्य

टिम काता (पुरुष)
स्वर्णिम मानन्धर,फुर्तेन तामाङ र जगत सिंह धानुक (पुलिस) –  स्वर्ण
विनय लिम्बु, निकेश मानन्धर, दिनेश अमात्य (आर्मी)- रजत
अनिल चौधरी, मनिष शंकर, खगेन्द्र चाम्लिङ राई (एपिएफ)- कास्य
राजकुमार श्रेष्ठ, अमृत थोकर, प्रनिल मानन्धर (बागमती) – कास्य

एकल कातामा (महिला)
एलिसा रासकोटी मगर (पुलिस)- स्वर्ण
मिरा खत्री (एपिएफ)- रजत
सन्जु देशार (बागमती) – कास्य
सानुमाया थिङ (आर्मी )- कास्य

एकल काता (पुरुष)
स्वर्णिम‌ मानन्धर (पुलिस)- स्वर्ण
विनय लिम्बु (आर्मी)- रजत
अन्जन यसमाली मगर (बागमती)- कास्य
खगेन्द्र चाम्लिङ राई (एपिएफ)- कास्य

November 28, 2025

एरिका कराते विश्व च्याम्पियनसिपको नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- एसियाली‌ खेलकुदकी रजत पदक विजेता एरिका गुरुङ इजिप्टमा जारी डब्लुकेएफ २७ औं कराते विश्व च्याम्पियनसिपको अन्तिम १६ मा प्रवेश गर्न सफल भएकी छिन्। महिला ६८ केजी माथि तौल समूहको पुल-७ मा रहेकी एरिका समूह उपविजेता बनेर प्रि-क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएकी हुन्। उनले चिल्लीकी गोन्जालेज लाभिनलाई ५-१ को अन्तरमा पराजित गरिन्।‌ त्यसअघिको […]

November 28, 2025

न्युजिल्यान्डमा ४ उसु खेलाडीले जिते स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद )- न्युजिल्यान्डमा भएको ‘उसु हिरोज’ प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण उसु प्रतियोगितामा नेपालले ४ स्वर्ण जितेको छ । विजय सिन्जाली, पासाङ शेर्पा, निमा घर्ती मगर र जुनु स्याङ्बो लामाले स्वर्ण जितेको नेपाल उसु महासंघका उप–महासचिव राजीव महर्जनले जनाएका छन् ।

November 27, 2025

कराते विश्व च्याम्पियनसिप – सानुमाया सबै खेलमा पराजित

काठमाडौं (हाम्रो खेलकुद)- करातेकी खेलाडी सानुमाया थिङले इजिप्टमा आज सुरु हुने डब्लुकेएफ २७ औं कराते विश्व च्याम्पियनसिपमा एकल कातामा खेलेका सबै ३ प्रतिस्पर्धामा हार बेहोरेकी छिन् । पहिलो खेलमा सानुमाया कोलम्बियाकी खेलाडी मचादो भ्यालेन्टिना जापातासँग हारिन् । सानुमायाले ३६.१ र मचादोले ३८.८ स्कोर गरिन् । अर्को खेलमा सानुमाया आयोजक इजिप्टकी आया हेस्मामसँग ३९.४-३५.६ ले पराजित भइन् […]

Success

Thank you for your time.