default_image

6 months ago

February 3, 2024

विप्लवलालको जितमा पुलिसलाई दसौं स्वर्ण

568 views

0 Bookmark


ललितपुर (हाम्रो खेलकुद)– नेपाल पुलिस क्लबका विप्लवलाल श्रेष्ठ तेस्रो कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । प्रतियोगितामा त्यो पुलिसको दसौं स्वर्ण पदक हो ।

सातदोबाटोमा स्थिति कराते हलमा जारी प्रतियोगिताको अन्तिम दिनको अन्तिम खेलमा शनिबार कुमुते पुरुष ८४ केजी माथिको फाइनलमा सुदूरपश्चिमका लोकश कार्की १२– ४ को फुल स्कोरमा हराउँदै विप्लभ पहिलो भएका हुन् ।

विप्लव नेपाल खेलकुद पत्रकार मन्चले माघ २८ गते आयोजना गर्ने पल्सर स्पोर्टस अवार्डको पिपल्स च्वाइस अवार्डको मनोनयमा समेत छन् । सो समूहमा एपिएफ तेन्जिङ शेर्पा र मधेश विवश गौतमले कास्य पदक प्राप्त गरे । त्यसअघि सेमिफाइनलमा एपिएफ तेन्जिङ शेर्पा र लोकेशले मधेश विवश गौतमलाई हराएका थिए । सेमिफाइनल फाइनल अघि विप्लभले २ फाइट जितेका थिए ।

त्यसअघि कुमुते महिला ५० केजी तौल समूहको फाइनलमा त्रिभुवन आर्मी क्लबकी मिस्ली श्रेष्ठले स्वर्ण पदक जितेकी थिइन् । आर्मीका लागि पहिलो स्वर्ण पदक जित्ने क्रममा मिस्लीले सोनु श्रेष्ठलाई हराएकी हुन् । सोनु फाइनलमा मेडिकल्ली डिस्क्वालिफाइ हुनुअघि ५–१ ले पछाडि थिइन। सो समूहमा पुलिसकी सविना श्रेष्ठ र मधेश प्रदेशकी बबिता इस्मालीले कास्य पदक प्राप्त गरे । सेमिफाइनलमा मिस्लीले सविना र सोनुले बबितालाई हराएकी थिइन् ।

त्यसअघि सुदूरपश्चिम प्रदेशका लागि कमल ओलीले पहिलो स्वर्ण पदक जितेका थिए । कुमुते पुरुष ७५ केजीमा फाइनलमा बागमती प्रदेशका साहिल नेपाली ५–४ स्कोरले हराउँदै कमलले स्वर्ण पदक जितेका हुन्। त्यो‌ तौल‌ समूहमा प्रदेशका खेलाडीले‌ मात्र पदक जितेका छन् । विभागीय टोली पुलिस क्लबका‌ खेलाडी पहिलो चरणमा तथा नेपाल एपिएफ क्लब र आर्मीका खेलाडी क्वाटरफाइनलमा पराजित भएका थिए ।

समूहमा मधेश प्रदेशका करणकुमार महतो र कोशी प्रदेशका रुरिहाङ दुमी कास्य पदक प्राप्त गरे । त्यसअघि कमलले रुरिहाङ र‌ साहिलले करणलाई हराएका थिए ।

त्यसअघि आज चीनमा भएको १९ औं एसियाली खेलकुद (एसियाड) की रजत पदक विजेता पुलिसकी एरिका गुरुङले तेस्रो स्वर्ण पदक‌ जितेकी‌ थिइन् ।
असोजमा सम्पन्न एसियाडपछि पहिलो प्रतियोगिता खेलेकी एरिकाले कुमुते महिला ६८ केजीमाथिको तौल समूहमा एपिएफकी विनिता श्रेष्ठलाई‌ ७–१ ले हराउँदै पहिलो स्थान हासिल गरेको‌ थिइन् । प्रतियोगितामा पुलिसको त्यो नवौं स्वर्ण पदक हो ।
सो समूहमा मधेश प्रदेशकी पोरिना शाही ठकुरी र बागमतीकी कलाहाङ लिम्बुले कास्य पदक प्राप्त गरे । त्यसअघि सेमिफाइनलमा एरिकाले कलाहाङ र विनिताले पोरिकालाई हराउँदै फाइनल यात्रा तय गरेकी थिइन् । चोटका कारण एरिकाले साफ कराते च्याम्पियनसीपमा भाग लिएकी थिइनन् ।

पुलिसले १०, एपिएफले ३, बागमती २, सुदूरपश्चिम र आर्मीले १ स्वर्ण पदक जितेका छन् । १० टोलीको सहभागिता रहेको प्रतियोगितामा विभागीय टोली आर्मीसहित ५ टोलीले स्वर्ण पदक जित्न सकेनन् ।

करातेको‌ राष्ट्रिय टोलीको प्रारम्भिक छनोटका‌ रूपमा रहेको‌ प्रतियोगिताको‌ आयोजना‌ जिल्ला प्रमुख डोजो ललितपुर, लगनखेलले गरेको हो । प्रतियोगितालाई गोदावरी नगरपालिकाको मुख्य प्रायोजन तथा नेपाल कराते महासंघको तत्वावधान एवं प्राविधिक सहयोगमा गरेको छ ।

प्रतियोगिताको च्याम्पियन हुने टोलीले ट्रफी सहित रु. १ लाख र दोस्रो हुने टोलीले ट्रफी सहित ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताको सर्वोकृष्ट महिला तथा पुरुष खेलाडीले ट्रफी सहित समान २५ हजार रुपैयाँ पाउनेछन् ।

तेस्रो कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिताको‌ पदक

तेस्रो तथा अन्तिम दिन

कुमुते, पुरुष ८४ केजी माथि

विप्लभलाल श्रेष्ठ (पुलिस)– स्वर्ण
लोकेश कार्की (सुदूरपश्चिम)­– रजत
तेन्जिङ शेर्पा (एपिएफ)– कास्य
विवश गौतम (मधेश)– कास्य

कुमुते, महिला ५० केजी

मिस्ली श्रेष्ठ (आर्मी)–स्वर्ण
सोनु श्रेष्ठ (एपिएफ) – रजत
सविना श्रेष्ठ (पुलिस) – कास्य
बबिता इस्लामी (मधेश) – कास्य

कुमुते, पुरुष ७५ केजी

कुमुते, पुरुष ७५ केजी
कमल ओली (सुदूरपश्चिम)- स्वर्ण
साहिल नेपाली (बागमती)- रजत
करणकुमार महतो (मधेश)- कास्य
रुरिहाङ दुमी (कोशी)- कास्य

कुमुते , महिला ६८ केजी माथि
एरिका गुरुङ (पुलिस)- स्वर्ण
विनिता श्रेष्ठ (एपिएफ)- रजत
पोरिना शाही ठकुरी (मधेश)- कास्य
कलाहाङ लिम्बु (बागमती)- कास्य

दोस्रो दिन

कुमुते, पुरुष -८४ केजी
मोहमद सेखु आलम (एपिएफ) – स्वर्ण
सज्वल बुढाथोकी (पुलिस) – रजत
सुरेश जफ्रेल (आर्मी) – कास्य
विशाल थापा (गण्डकी) – कास्य

कुमुते, महिला ६१ केजी
रमिता माझी (एपिएफ) – स्वर्ण
निरुपा दोङ (पुलिस)- रजत
विनिता पोखरेल (कोशी)- कास्य
पुष्पा मदई (सुदूरपश्चिम)- कास्य

कुमुते, पुरुष ६७ केजी
सन्तोष श्रेष्ठ (पुलिस) – स्वर्ण
किरण पुन (आर्मी) – रजत
पर्वत बस्नेत (कोशी)- कास्य
सन्देश पार्की (सुदुरपश्चिम)- कास्य

कुमुते, पुरुष ५० केजी
साइमन श्रेष्ठ (बागमती) – स्वर्ण
साजन मोक्तान (पुलिस) – रजत
निशान गोले (एपिएफ)- कास्य
आनन्द कामी (सुदूरपश्चिम)- कास्य

कुमुते, पुरुष ६० केजी
मिनबहादुर तामाङ (एपिएफ)- स्वर्ण
सुनिल समाल (लुम्बिनी)- रजत
अंकित गुरुङ (पुलिस) – कास्य
अर्जुन थापा ( सुदूरपश्चिम)- कास्य

कुमुते, महिला ६८ केजी मुनी

रोजिता ढुंगेल (पुलिस) – स्वर्ण
योमसम राई (कोशी) – रजत
रक्षा शाही ठकुरी (लुम्बिनी)- कास्य
आशिका राई (बागमती)- कास्य

कुमुते, पुरुष ५५ केजी
एलोन श्रेष्ठ (पुलिस)- स्वर्ण
रितिक लामा (मधेश) – रजत
राहुल चौधरी (लुम्बिनी)- कास्य
रमेश बोलुन (आर्मी)- कास्य

कुमुते, महिला ५५ केजी
पुष्पका लामा (बागमती)- स्वर्ण
निमा तामाङ (एपिएफ)- रजत
जिया कार्की (पुलिस) – कास्य
सुनिता सुनार (आर्मी)- आर्मी

पहिलो दिन

कुमुते, महिला ४५ केजी
वर्षा बुढामगर पुलिस – स्वर्ण
दीपा लामा (एपिएफ) – रजत
स्मृति चौधरी (कोशी)- कास्य
प्रोशिया चौधरी (मधेश )-कास्य

टिम काता (महिला)
एलिसा रास्कोटी मगर, तप्पी थापा मगर, मेघा लिम्बु (पुलिस) – स्वर्ण
रिना श्रेष्ठ, सुनिता सुनार, सानुमाया थिङ (आर्मी)- रजत
सोनम शेर्पा, रिनिशा रिमाल, वन्दना तामाङ (एपिएफ )- कास्य
सन्जु देशार, सृजना मल्होत्रा, नानु शाक्य (बागमती) – कास्य

टिम काता (पुरुष)
स्वर्णिम मानन्धर,फुर्तेन तामाङ र जगत सिंह धानुक (पुलिस) –  स्वर्ण
विनय लिम्बु, निकेश मानन्धर, दिनेश अमात्य (आर्मी)- रजत
अनिल चौधरी, मनिष शंकर, खगेन्द्र चाम्लिङ राई (एपिएफ)- कास्य
राजकुमार श्रेष्ठ, अमृत थोकर, प्रनिल मानन्धर (बागमती) – कास्य

एकल कातामा (महिला)
एलिसा रासकोटी मगर (पुलिस)- स्वर्ण
मिरा खत्री (एपिएफ)- रजत
सन्जु देशार (बागमती) – कास्य
सानुमाया थिङ (आर्मी )- कास्य

एकल काता (पुरुष)
स्वर्णिम‌ मानन्धर (पुलिस)- स्वर्ण
विनय लिम्बु (आर्मी)- रजत
अन्जन यसमाली मगर (बागमती)- कास्य
खगेन्द्र चाम्लिङ राई (एपिएफ)- कास्य

July 19, 2024

नेपाल दक्षिण एसियाली करातेमा टिम च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली कराते टोली भुटानको थिम्पुमा भएको आठौं दक्षिण एसियाली कराते प्रतियोगितामा टिम च्याम्पियन बनेको छ। ३१ स्वर्ण, २० रजत र ११ कास्य पदक गरि कुल ६२ पदक सहित नेपाली टोली टिम च्याम्पियन बनेको हो । भारत २७ स्वर्ण, २० रजत र १३ कास्य पदकसहित दोश्रो,श्रीलंका ५ स्वर्ण १८ रजत र ३१ कास्य […]

July 15, 2024

७० नेपाली कराते खेलाडीले भुटानमा चुनौती पेश गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली कराते च्याम्पियनसिपको आठौं संस्करणमा सहभागी हुन नेपाली कराते टोली सोमबार भुटानको थिम्पु प्रस्थान गरेको छ । साउन २ देखि ४ गतेसम्म हुने प्रतियोगितामा ७० नेपाली कराते खेलाडीले चुनौती प्रस्तुत गर्ने नेपाल कराते महासंघले जनाएको छ। टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङ, राखेपका पूर्व सदस्य–सचिव एवं कराते महासंघका […]

July 13, 2024

च्याम्पियन मार्सल आर्टस अनिल‌ सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)- च्याम्पियन मार्सल आर्टसले आठौं क्याडेट, जुनियर, यु २१ तथा दक्षिण एसियाली कराते च्याम्पियनसिपमा छनोट भएका आफ्ना खेलाडी अनिल बरमलाई नगदसहित सम्मान गरेको छ। च्याम्पियनसिप भुटानको राजधानी थिम्पुमा जुलाई १३ देखि २० सम्म सन्चालन हुँदैछ ।अनिल यु २१ को ६७ केजी मुनीको तौल समूहका‌ लागि छनोट भएका हुन् । च्याम्पियन मार्सल आर्टसका सन्चालक […]

Success

Thank you for your time.