2 years ago
February 3, 2024
ललितपुर (हाम्रो खेलकुद)– नेपाल पुलिस क्लब तेस्रो कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिताको टिम च्याम्पियन बनेको छ । सातदोबाटोमा स्थिति कराते हलमा शनिबार सम्पन्न प्रतियोगितामा पुलिस १० स्वर्ण पदकसहित च्याम्पियन बनेको हो । पुलिसले समान ३ रजत र कास्य पदक पनि जितेको छ ।
अर्को विभागिय टोली एपिएफ ३ स्वर्ण तथा समान ५ रजत र कास्य पदक जित्दै दोस्रो भयो । बागमती प्रदेश २ स्वर्ण १ रजत र ६ कास्य पदकका साथ तेस्रो भयो । आर्मी १ स्वर्ण तथा समान ४ रजत र कास्य पदकका साथ चौथो भयो । पाँचौं भएको सुदूरपश्चिम प्रदेश को १ स्वर्ण, १ रजत र ४ कास्य पदक जितेको छ ।
मधेश प्रदेश १ रजत र ६ कास्य जित्दै छैटौं , कोशी प्रदेश १ रजत र ४ कास्य जित्दै सातौं, १ रजत र २ कास्य पदकका साथ लुम्बिनी प्रदेश आठौं र १ कास्यका साथ गण्डकी प्रदेश नवौं स्थानमा रह्यो । कर्णाली प्रदेश भने पदक विहिन रह्यो ।
प्रतियोगितामा महिलातर्फ रमिता माझी र पुरुषतर्फ सुदूरपश्चिमका कमल ओली सर्वोत्कृष्ट खेलाडी घोषित भए । उनीहरुले समान २५ हजार रुपैयाँ प्राप्त गरे । महिलातर्फ निरुपा दोङ र पुरुषतर्फ साहिल नेपाली उदीयमान खेलाडी चुनिए ।
अन्तिम दिन पुलिसलाई थप २ स्वर्ण
प्रतियोगिताको तेस्रो तथा अन्तिम दिन पुलिसले थप २ स्वर्ण पदक जितेको थियो । सुदूरपश्चिम र आर्मीले समान १ स्वर्ण पदक जिते ।
पुलिसका विप्लवलाल श्रेष्ठ ८४ केजी माथिको तौल समूहमा स्वर्ण पदक जितेका थिए । प्रतियोगिताको समेत अन्तिम खेलमा शनिबार फाइनलमा सुदूरपश्चिमका लोकश कार्की १२– ४ को फुल स्कोरमा हराउँदै विप्लवलाल पहिलो भएका थिए ।
विप्लवलाल नेपाल खेलकुद पत्रकार मन्चले माघ २८ गते आयोजना गर्ने पल्सर स्पोर्टस अवार्डको पिपल्स च्वाइस अवार्डको मनोनयमा समेत छन् । सो समूहमा एपिएफ तेन्जिङ शेर्पा र मधेश विवश गौतमले कास्य पदक प्राप्त गरे । त्यसअघि सेमिफाइनलमा एपिएफ तेन्जिङ शेर्पा र लोकेशले मधेश विवश गौतमलाई हराएका थिए । सेमिफाइनल फाइनल अघि विप्लवलालले २ फाइट जितेका थिए ।
त्यसअघि कुमुते महिला ५० केजी तौल समूहको फाइनलमा आर्मीकी मिस्ली श्रेष्ठले स्वर्ण पदक जितेकी थिइन् । आर्मीका लागि पहिलो स्वर्ण पदक जित्ने क्रममा मिस्लीले एपिएफकी सोनु श्रेष्ठलाई हराएकी हुन् । सोनु फाइनलमा मेडिकल्ली डिस्क्वालिफाइ हुनुअघि ५–१ ले पछाडि थिइन। सो समूहमा नेपाल पुलिस क्लबकी सविना श्रेष्ठ र मधेश प्रदेशकी बबिता इस्मालीले कास्य पदक प्राप्त गरे । सेमिफाइनलमा मिस्लीले सविना र सोनुले बबितालाई हराएकी थिइन् ।
त्यसअघि सुदूरपश्चिम प्रदेशका लागि कमल ओलीले पहिलो स्वर्ण पदक जितेका थिए । कुमुते पुरुष ७५ केजीमा फाइनलमा बागमती प्रदेशका साहिल नेपाली ५–४ स्कोरले हराउँदै कमलले स्वर्ण पदक जितेका हुन्। त्यो तौल समूहमा प्रदेशका खेलाडीले मात्र पदक जितेका छन् ।
विभागीय टोली पुलिस क्लबका खेलाडी पहिलो चरणमा तथा नेपाल एपिएफ क्लब र आर्मीका खेलाडी क्वाटरफाइनलमा पराजित भएका थिए । समूहमा मधेश प्रदेशका करणकुमार महतो र कोशी प्रदेशका रुरिहाङ दुमी कास्य पदक प्राप्त गरे । त्यसअघि कमलले रुरिहाङ र साहिलले करणलाई हराएका थिए ।
त्यसअघि आज चीनमा भएको १९ औं एसियाली खेलकुद (एसियाड) की रजत पदक विजेता पुलिसकी एरिका गुरुङले तेस्रो स्वर्ण पदक जितेकी थिइन् । असोजमा सम्पन्न एसियाडपछि पहिलो प्रतियोगिता खेलेकी एरिकाले कुमुते महिला ६८ केजीमाथिको तौल समूहमा एपिएफकी विनिता श्रेष्ठलाई ७–१ ले हराउँदै पहिलो स्थान हासिल गरेको थिइन् । प्रतियोगितामा पुलिसको त्यो नवौं स्वर्ण पदक हो ।
सो समूहमा मधेश प्रदेशकी पोरिना शाही ठकुरी र बागमतीकी कलाहाङ लिम्बुले कास्य पदक प्राप्त गरे । त्यसअघि सेमिफाइनलमा एरिकाले कलाहाङ र विनिताले पोरिकालाई हराउँदै फाइनल यात्रा तय गरेकी थिइन् । चोटका कारण एरिकाले साफ कराते च्याम्पियनसीपमा भाग लिएकी थिइनन् । विप्लवलाल र मिस्लीले प्रतियोगितामा ह्याट्कि गरेका छन् ।
करातेको राष्ट्रिय टोलीको प्रारम्भिक छनोटका रूपमा रहेको प्रतियोगिताको आयोजना जिल्ला प्रमुख डोजो ललितपुर, लगनखेलले गरेको हो । प्रतियोगितालाई गोदावरी नगरपालिकाको मुख्य प्रायोजन तथा नेपाल कराते महासंघको तत्वावधान एवं प्राविधिक सहयोगमा गरेको छ ।
प्रतियोगिताको च्याम्पियन हुने टोली पुलिसले ट्रफी सहित १ लाख र दोस्रो एपिएफले ५० हजार रुपैयाँ प्राप्त गर्यो । माघ १८ गते देखि सन्चालन भएको प्रतियोगितामा ७ प्रदेश र ३ विभागका खेलाडी कुमुते र काता गरि १७ इभेन्टमा प्रतिस्पर्धा गरेकी थिइन् ।

तेस्रो कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिताको पदक
तेस्रो तथा अन्तिम दिन
कुमुते, पुरुष ८४ केजी माथि
विप्लभलाल श्रेष्ठ (पुलिस)– स्वर्ण
लोकेश कार्की (सुदूरपश्चिम)– रजत
तेन्जिङ शेर्पा (एपिएफ)– कास्य
विवश गौतम (मधेश)– कास्य
कुमुते, महिला ५० केजी
मिस्ली श्रेष्ठ (आर्मी)–स्वर्ण
सोनु श्रेष्ठ (एपिएफ) – रजत
सविना श्रेष्ठ (पुलिस) – कास्य
बबिता इस्लामी (मधेश) – कास्य
कुमुते, पुरुष ७५ केजी
कुमुते, पुरुष ७५ केजी
कमल ओली (सुदूरपश्चिम)- स्वर्ण
साहिल नेपाली (बागमती)- रजत
करणकुमार महतो (मधेश)- कास्य
रुरिहाङ दुमी (कोशी)- कास्य
कुमुते , महिला ६८ केजी माथि
एरिका गुरुङ (पुलिस)- स्वर्ण
विनिता श्रेष्ठ (एपिएफ)- रजत
पोरिना शाही ठकुरी (मधेश)- कास्य
कलाहाङ लिम्बु (बागमती)- कास्य
दोस्रो दिन
कुमुते, पुरुष -८४ केजी
मोहमद सेखु आलम (एपिएफ) – स्वर्ण
सज्वल बुढाथोकी (पुलिस) – रजत
सुरेश जफ्रेल (आर्मी) – कास्य
विशाल थापा (गण्डकी) – कास्य
कुमुते, महिला ६१ केजी
रमिता माझी (एपिएफ) – स्वर्ण
निरुपा दोङ (पुलिस)- रजत
विनिता पोखरेल (कोशी)- कास्य
पुष्पा मदई (सुदूरपश्चिम)- कास्य
कुमुते, पुरुष ६७ केजी
सन्तोष श्रेष्ठ (पुलिस) – स्वर्ण
किरण पुन (आर्मी) – रजत
पर्वत बस्नेत (कोशी)- कास्य
सन्देश पार्की (सुदुरपश्चिम)- कास्य
कुमुते, पुरुष ५० केजी
साइमन श्रेष्ठ (बागमती) – स्वर्ण
साजन मोक्तान (पुलिस) – रजत
निशान गोले (एपिएफ)- कास्य
आनन्द कामी (सुदूरपश्चिम)- कास्य
कुमुते, पुरुष ६० केजी
मिनबहादुर तामाङ (एपिएफ)- स्वर्ण
सुनिल समाल (लुम्बिनी)- रजत
अंकित गुरुङ (पुलिस) – कास्य
अर्जुन थापा ( सुदूरपश्चिम)- कास्य
कुमुते, महिला ६८ केजी मुनी
रोजिता ढुंगेल (पुलिस) – स्वर्ण
योमसम राई (कोशी) – रजत
रक्षा शाही ठकुरी (लुम्बिनी)- कास्य
आशिका राई (बागमती)- कास्य
कुमुते, पुरुष ५५ केजी
एलोन श्रेष्ठ (पुलिस)- स्वर्ण
रितिक लामा (मधेश) – रजत
राहुल चौधरी (लुम्बिनी)- कास्य
रमेश बोलुन (आर्मी)- कास्य
कुमुते, महिला ५५ केजी
पुष्पका लामा (बागमती)- स्वर्ण
निमा तामाङ (एपिएफ)- रजत
जिया कार्की (पुलिस) – कास्य
सुनिता सुनार (आर्मी)- आर्मी
पहिलो दिन
कुमुते, महिला ४५ केजी
वर्षा बुढामगर पुलिस – स्वर्ण
दीपा लामा (एपिएफ) – रजत
स्मृति चौधरी (कोशी)- कास्य
प्रोशिया चौधरी (मधेश )-कास्य
टिम काता (महिला)
एलिसा रास्कोटी मगर, तप्पी थापा मगर, मेघा लिम्बु (पुलिस) – स्वर्ण
रिना श्रेष्ठ, सुनिता सुनार, सानुमाया थिङ (आर्मी)- रजत
सोनम शेर्पा, रिनिशा रिमाल, वन्दना तामाङ (एपिएफ )- कास्य
सन्जु देशार, सृजना मल्होत्रा, नानु शाक्य (बागमती) – कास्य
टिम काता (पुरुष)
स्वर्णिम मानन्धर,फुर्तेन तामाङ र जगत सिंह धानुक (पुलिस) – स्वर्ण
विनय लिम्बु, निकेश मानन्धर, दिनेश अमात्य (आर्मी)- रजत
अनिल चौधरी, मनिष शंकर, खगेन्द्र चाम्लिङ राई (एपिएफ)- कास्य
राजकुमार श्रेष्ठ, अमृत थोकर, प्रनिल मानन्धर (बागमती) – कास्य
एकल कातामा (महिला)
एलिसा रासकोटी मगर (पुलिस)- स्वर्ण
मिरा खत्री (एपिएफ)- रजत
सन्जु देशार (बागमती) – कास्य
सानुमाया थिङ (आर्मी )- कास्य
एकल काता (पुरुष)
स्वर्णिम मानन्धर (पुलिस)- स्वर्ण
विनय लिम्बु (आर्मी)- रजत
अन्जन यसमाली मगर (बागमती)- कास्य
खगेन्द्र चाम्लिङ राई (एपिएफ)- कास्य
November 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियाली खेलकुदकी रजत पदक विजेता एरिका गुरुङ इजिप्टमा जारी डब्लुकेएफ २७ औं कराते विश्व च्याम्पियनसिपको अन्तिम १६ मा प्रवेश गर्न सफल भएकी छिन्। महिला ६८ केजी माथि तौल समूहको पुल-७ मा रहेकी एरिका समूह उपविजेता बनेर प्रि-क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएकी हुन्। उनले चिल्लीकी गोन्जालेज लाभिनलाई ५-१ को अन्तरमा पराजित गरिन्। त्यसअघिको […]
November 28, 2025
काठमाडौं (हाम्रो खेलकुद )- न्युजिल्यान्डमा भएको ‘उसु हिरोज’ प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण उसु प्रतियोगितामा नेपालले ४ स्वर्ण जितेको छ । विजय सिन्जाली, पासाङ शेर्पा, निमा घर्ती मगर र जुनु स्याङ्बो लामाले स्वर्ण जितेको नेपाल उसु महासंघका उप–महासचिव राजीव महर्जनले जनाएका छन् ।
November 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- करातेकी खेलाडी सानुमाया थिङले इजिप्टमा आज सुरु हुने डब्लुकेएफ २७ औं कराते विश्व च्याम्पियनसिपमा एकल कातामा खेलेका सबै ३ प्रतिस्पर्धामा हार बेहोरेकी छिन् । पहिलो खेलमा सानुमाया कोलम्बियाकी खेलाडी मचादो भ्यालेन्टिना जापातासँग हारिन् । सानुमायाले ३६.१ र मचादोले ३८.८ स्कोर गरिन् । अर्को खेलमा सानुमाया आयोजक इजिप्टकी आया हेस्मामसँग ३९.४-३५.६ ले पराजित भइन् […]