default_image

2 years ago

February 29, 2024

विपी स्मृति उसु वैशाखमा

1267 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – ललितपुर जिल्ला खेलकुद विकास समिति र ललितपुर जिल्ला उसु संघको संयुक्त आयोजनामा प्रथम विपी स्मृति राष्ट्रिय उसु प्रतियोगिता २०८१ को वैशाखमा हुने भएको छ ।

प्रतियोगितामा सान्डा (फाइट) तर्फ मात्र प्रतिस्पर्धा हुने ललितपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विनोद महर्जनले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । वैशाख १३ गते सुरु हुने प्रतियोगितामा महिलामा ४ र पुरुषमा ६ गरी १० तौलसमूहमा खेल हुने ललितपुर जिल्ला उसु संघका अध्यक्ष पञ्चराम महर्जन जानकारी दिए ।

प्रतियोगितामा सात प्रदेश, नेपाल प्रहरी, नेपाल आर्मी र एपीएफ गरी १० टिमको सहभागिता रहने छ । प्रत्येक टिमबाट एक तौलसमूहमा १ खेलाडीले सहभागिता जनाउन पाउने छन् । हरेक तौलसमूहको विजेताले १० हजार, दोस्रोले ५ हजार र तेस्रो हुने २ जनाले समान २ हजार ५ सय रुपैयाँ प्राप्त गर्नेछन् ।

उत्कृष्ट महिला÷पुरुष खेलाडीले समान १० हजार रुपैयाँ पाउनेछन् । प्रतियोगितामा पहिलो हुने टोलीले ५० हजार, दोश्राले २५ हजार र तेश्रोले १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । तीनदिने प्रतियोगिताका खेलहरु ललितपुरको मंगलबजारमा हुनेछ ।

आयोजकका अनुसार प्रतियोगिताको परिकल्पनाकार बागमती प्रदेशका सांसद् एवं राष्ट्रिय खेलकुद परिषद्का पूर्व कोषाध्यक्ष मिनकृष्ण महर्जन हुन् । प्रतियोगितामा ३१ लाख रुपैयाँ भन्दा बढी हुने खर्च हुने अनुमान गरिएको छ ।

December 5, 2025

मिसन २०२६ का गीता र अभिषेकले स्वर्ण पदक जिते

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले‌ सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]

November 28, 2025

एरिका कराते विश्व च्याम्पियनसिपको नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- एसियाली‌ खेलकुदकी रजत पदक विजेता एरिका गुरुङ इजिप्टमा जारी डब्लुकेएफ २७ औं कराते विश्व च्याम्पियनसिपको अन्तिम १६ मा प्रवेश गर्न सफल भएकी छिन्। महिला ६८ केजी माथि तौल समूहको पुल-७ मा रहेकी एरिका समूह उपविजेता बनेर प्रि-क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएकी हुन्। उनले चिल्लीकी गोन्जालेज लाभिनलाई ५-१ को अन्तरमा पराजित गरिन्।‌ त्यसअघिको […]

November 28, 2025

न्युजिल्यान्डमा ४ उसु खेलाडीले जिते स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद )- न्युजिल्यान्डमा भएको ‘उसु हिरोज’ प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण उसु प्रतियोगितामा नेपालले ४ स्वर्ण जितेको छ । विजय सिन्जाली, पासाङ शेर्पा, निमा घर्ती मगर र जुनु स्याङ्बो लामाले स्वर्ण जितेको नेपाल उसु महासंघका उप–महासचिव राजीव महर्जनले जनाएका छन् ।

Success

Thank you for your time.