default_image

2 years ago

March 3, 2024

ओलम्पिक छनोटमा चन्द्रको जित

1975 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली बक्सर चन्द्रबहादुर थापाले ओलम्पिक छनोटमा विजयी सुरुवात गरेका छन् । इटालीको मिलानमा जारी छनोटको पुरुष ५१ केजीमा चन्द्रले ताजकिस्तानका साफिएभ मेहरोनलाई ३–२ को स्पिलिट डिसिजनको आधारमा हराउँदै अगाडि बढेका छन् ।

अर्को चरणमा चन्द्र्रले क्यानडाका खेलाडीसँग प्रतिस्पर्धा गर्ने नेपाल बक्सिङ संघका उपाध्यक्ष श्याम अवालेले जानकारी दिए । महिला छनोटको ५४ केजीमा भाग लिइरहेकी अन्जली तेजीले सोमबार पोल्यान्डकी द्राविक सान्द्रासँग प्रतिस्पर्धा गर्नेछिन् । फ्रान्समा यसै वर्ष हुने ओलम्पिकका लागि छनोट भइरहेको हो ।

December 18, 2025

पदक विजेता रेनु सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – रिभेरा इन्टरनेसनल एकेडेमीले पाँचौं एसियन युथ पारा खेलकुदको तेक्वान्दोमा कास्य पदक जितेकी रेनु तामाङलाई बिहीवार १० हजार रुपैयाँ सहित सम्मान गरेको छ । सोही अवसर उनका प्रशिक्षक कविराज नेगी लामा पनि सम्मानित भए । उनीहरुलाई रिभेराको स्पोर्टस् मिटका अवसरमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत राष्ट्रिय टिम तयारीका निर्देशक ओलम्पियन दिपक विष्ट, […]

December 12, 2025

रेनुले युथ एसियाली पारा गेम्समा कास्य जितिन्

काठमाडौं (हाम्रो खेलकुद) – पारा तेक्वान्दो खेलाडी रेनु तामाङले युथ एसियाली पारा गेम्समा के ४४ को ४७ केजी तौल समूह मुनी कास्य पदक जितेकी छिन् । युएईमा भएको प्रतियोगितामा रेनुले बंगलादेशकी नसरीन अख्तरलाई पहिलो राउन्डमा १५- ३ र दोस्रो राउन्डमा १२-० ले हराउँदै सेमिफाइनलको यात्रा तय गरेकी थिइन्। राष्ट्रिय टिम तयारी अन्तर्गत मिसन २०२६ को […]

December 5, 2025

मिसन २०२६ का गीता र अभिषेकले स्वर्ण पदक जिते

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले‌ सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]

Success

Thank you for your time.