2 years ago
March 16, 2024
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङले निर्वाचन भएको एक वर्षको अवधिमा करातेले हासिल गरेको उपलब्धि खेल क्षेत्रका निम्ति उदाहरणीय भएको बताएका छन् ।
शुक्रबारदेखि मधेश प्रदेशको निजगढ सरु भएको भएको साधारण सभाको शनिबार उद्घाटन घिसिङले लामो समयदेखि विवादित करातेलाई गत वर्ष एकिकृत बनाउन आफूले निर्वाह गरेको भूमिकाप्रति करातेले न्याय गरेको बताए । उनले त्यसैको फलस्वरुप करातेले १९ ओैं एसियाली खेलकुद (एसियाड) रजत पदक हासिल गरेको बताए ।
असोजमा चीनमा भएको एसियाडमा कराते खेलाडी एरिका गुरुङले रजत पदक जितेकी थिइन्। कराते खेलाडीले एसियाडमा रजद पदक जितेको त्यो पहिलो पटक हो ।
नेपाल कराते महासंघका पदाधिकारी तथा सदस्यहरु, ७ प्रदेशका प्रतिनिधि,परिवेक्षकगरि झन्डै १ सय जना सहभागिता रहेको वार्षिक साधारण सभाले कार्यसमितिले पेश गरेको विधान संशोधनलाई पास गरेको थियो ।

महासंघका महासचिव दावा गुरुङगले २०७९ माघ १२ देखि २०८० साल चैत सम्मको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । कोषाध्यक्ष किशोरप्रसाद भट्टराईले प्रस्तुत गरेको आर्थिक बर्ष २०८०/०८१ को आर्थिक प्रतिवेदनलाई सभाले पास गरेको थियो।
मधेश प्रदेश सांसद मीना लामाले साधारण सभाको सफलताका लागि शुभ कामना दिइन्। बागमती खेलकुद विकास परिषद्का प्रदेश सदस्य सचिव सूर्यलाल भण्डारीले कराते महासंघसंग एक बर्षदेखि कार्यक्रम र प्रतियोगिताहरुमा साझेदारी गर्दै आईरहेको उल्लेख गर्दै भविष्यमा पनि सहकार्य गर्दै जाने बताए।

महासंघका अध्यक्ष युवराज लामाले भावी योजना, तर्जुमा कार्यक्रम र रणनैतिक योजनाहरु सहित कराते खेलले हासिल गरेको उपलब्धिमा सबैको योगदानले प्राप्त भएको बताए।
सभालाई समापन गर्दै अध्यक्ष लामाले मिसन सिक्स के सम्बन्धी प्रष्ट्याउदै सहभागी सबैलाई धन्यवाद दिए ।
November 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियाली खेलकुदकी रजत पदक विजेता एरिका गुरुङ इजिप्टमा जारी डब्लुकेएफ २७ औं कराते विश्व च्याम्पियनसिपको अन्तिम १६ मा प्रवेश गर्न सफल भएकी छिन्। महिला ६८ केजी माथि तौल समूहको पुल-७ मा रहेकी एरिका समूह उपविजेता बनेर प्रि-क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएकी हुन्। उनले चिल्लीकी गोन्जालेज लाभिनलाई ५-१ को अन्तरमा पराजित गरिन्। त्यसअघिको […]
November 28, 2025
काठमाडौं (हाम्रो खेलकुद )- न्युजिल्यान्डमा भएको ‘उसु हिरोज’ प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण उसु प्रतियोगितामा नेपालले ४ स्वर्ण जितेको छ । विजय सिन्जाली, पासाङ शेर्पा, निमा घर्ती मगर र जुनु स्याङ्बो लामाले स्वर्ण जितेको नेपाल उसु महासंघका उप–महासचिव राजीव महर्जनले जनाएका छन् ।
November 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- करातेकी खेलाडी सानुमाया थिङले इजिप्टमा आज सुरु हुने डब्लुकेएफ २७ औं कराते विश्व च्याम्पियनसिपमा एकल कातामा खेलेका सबै ३ प्रतिस्पर्धामा हार बेहोरेकी छिन् । पहिलो खेलमा सानुमाया कोलम्बियाकी खेलाडी मचादो भ्यालेन्टिना जापातासँग हारिन् । सानुमायाले ३६.१ र मचादोले ३८.८ स्कोर गरिन् । अर्को खेलमा सानुमाया आयोजक इजिप्टकी आया हेस्मामसँग ३९.४-३५.६ ले पराजित भइन् […]