default_image

2 years ago

March 25, 2024

एरिका र विप्लवले युएसए ओपन खेल्ने

555 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- एसियाडकी रजत पदक विजेता एरिका गुरुङ र विप्लभलाल श्रेष्ठले युएसए ओपन अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा प्रतिस्पर्धा गर्ने भएका छन् ।

अमेरिकाको टेक्सासमा मंगलबार सुरु हुने युएसए ओपनमा एरिकाले महिला ६८ केजीमाथि तथा विप्लवले पुरुष ८४ केजीमाथि तौलसमूहमा नेपालको चुनौती प्रस्तुत गर्ने छन् ।

एरिकाले गत असोजमा चीनको हाङझावमा भएको १९ औं एसियाली खेलकुदमा ऐतिहासिक रजत पदक जितेकी थिइन् । एसियाली खेलकुदमा एरिकाले जितेको रजत कुनैपनि नेपाली कराते खेलाडीले जितेको पहिलो हो ।

एरिका इन्डोनेसियामा भएको १० औं विश्व सितोरियो कराते च्याम्पियनसिपकी स्वर्ण विजेता पनि हुन् । विप्लव १३ औं दक्षिण एसियाली खेलकुदका स्वर्ण विजेता हुन् ।
प्रशिक्षकमा दीपक श्रेष्ठ र कुशल श्रेष्ठ रहेका छन् ।

प्रशिक्षक दीपक श्रेष्ठ तथा एरिका र विप्लभ सोमबार नै त्यसतर्फ प्रस्थान गरेका छन् । कुशल श्रेष्ठ मंगलबार जाने बताइएको छ । राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले सोमबार टोलीलाई बिदाइ गरेका थिए ।

December 12, 2025

रेनुले युथ एसियाली पारा गेम्समा कास्य जितिन्

काठमाडौं (हाम्रो खेलकुद) – पारा तेक्वान्दो खेलाडी रेनु तामाङले युथ एसियाली पारा गेम्समा के ४४ को ४७ केजी तौल समूह मुनी कास्य पदक जितेकी छिन् । युएईमा भएको प्रतियोगितामा रेनुले बंगलादेशकी नसरीन अख्तरलाई पहिलो राउन्डमा १५- ३ र दोस्रो राउन्डमा १२-० ले हराउँदै सेमिफाइनलको यात्रा तय गरेकी थिइन्। राष्ट्रिय टिम तयारी अन्तर्गत मिसन २०२६ को […]

December 5, 2025

मिसन २०२६ का गीता र अभिषेकले स्वर्ण पदक जिते

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले‌ सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]

November 28, 2025

एरिका कराते विश्व च्याम्पियनसिपको नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- एसियाली‌ खेलकुदकी रजत पदक विजेता एरिका गुरुङ इजिप्टमा जारी डब्लुकेएफ २७ औं कराते विश्व च्याम्पियनसिपको अन्तिम १६ मा प्रवेश गर्न सफल भएकी छिन्। महिला ६८ केजी माथि तौल समूहको पुल-७ मा रहेकी एरिका समूह उपविजेता बनेर प्रि-क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएकी हुन्। उनले चिल्लीकी गोन्जालेज लाभिनलाई ५-१ को अन्तरमा पराजित गरिन्।‌ त्यसअघिको […]

Success

Thank you for your time.