default_image

2 years ago

April 5, 2024

अमेरिकामा एरिकासहित कराते टोली सम्मानित

1189 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- युएसए ओपन कराते च्याम्पियनसिपकी स्वर्णसहित २ वटा पदक जितेकी एरिका गुरुङसहित कराते टोली अमेरिकामा सम्मानित भएका छ।

ग्यान्स कम्युनिटी सेन्टर अस्टिन कराते टोलीलाई सम्मान गरेको‌ हो । १९ औं एसियन गेमका रजत पदक विजेता तथा युएसए ओपन कराते अन्तराष्ट्रिय करातेकी स्वर्ण र रजत पदक विजेता एरिका गुरुङ, १३ औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता विप्लभ लाल श्रेष्ठ तथा कराते प्रशिक्षकद्वय प्रशिक्षक दीपक श्रेष्ठ र कुशल श्रेष्ठलाई सम्मान गरिएको हो।

२८ मार्चदेखि अप्रिल १ सम्म टेक्ससमा भएको युएस ओपन कराते च्याम्पियनसिपमा एरिकाले १८ देखि २० वर्ष उमेर समूहको ६८ केजी तौल समूहमा स्वर्ण पदक जितेकी थिइन् । सिनियर ६८ केजी तौल समूहमा उनले रजत पदक प्राप्त गरेकी थिइन् ।

यसै वर्षको असोजमा चीनमा भएको १९ औं एसियाली खेलकुदमा एरिकाले रजत पदक जितेकी थिइन्। एसियाली खेलकुदमा नेपाली कराते खेलाडीले जितेको त्यो पहिलो रजत पदक हो ।

एरिका २० औं एसियाली खेलकुदको राष्ट्रिय टोलीको प्रशिक्षणमा संलग्न छिन्। एरिकासँगै विप्लभलाल श्रेष्ठले युस ओपनमा भाग लिएका थिए ।

December 18, 2025

पदक विजेता रेनु सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – रिभेरा इन्टरनेसनल एकेडेमीले पाँचौं एसियन युथ पारा खेलकुदको तेक्वान्दोमा कास्य पदक जितेकी रेनु तामाङलाई बिहीवार १० हजार रुपैयाँ सहित सम्मान गरेको छ । सोही अवसर उनका प्रशिक्षक कविराज नेगी लामा पनि सम्मानित भए । उनीहरुलाई रिभेराको स्पोर्टस् मिटका अवसरमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत राष्ट्रिय टिम तयारीका निर्देशक ओलम्पियन दिपक विष्ट, […]

December 12, 2025

रेनुले युथ एसियाली पारा गेम्समा कास्य जितिन्

काठमाडौं (हाम्रो खेलकुद) – पारा तेक्वान्दो खेलाडी रेनु तामाङले युथ एसियाली पारा गेम्समा के ४४ को ४७ केजी तौल समूह मुनी कास्य पदक जितेकी छिन् । युएईमा भएको प्रतियोगितामा रेनुले बंगलादेशकी नसरीन अख्तरलाई पहिलो राउन्डमा १५- ३ र दोस्रो राउन्डमा १२-० ले हराउँदै सेमिफाइनलको यात्रा तय गरेकी थिइन्। राष्ट्रिय टिम तयारी अन्तर्गत मिसन २०२६ को […]

December 5, 2025

मिसन २०२६ का गीता र अभिषेकले स्वर्ण पदक जिते

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले‌ सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]

Success

Thank you for your time.