default_image

1 year ago

July 19, 2024

नेपाल दक्षिण एसियाली करातेमा टिम च्याम्पियन

1432 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली कराते टोली भुटानको थिम्पुमा भएको आठौं दक्षिण एसियाली कराते प्रतियोगितामा टिम च्याम्पियन बनेको छ।

३१ स्वर्ण, २० रजत र ११ कास्य पदक गरि कुल ६२ पदक सहित नेपाली टोली टिम च्याम्पियन बनेको हो ।

भारत २७ स्वर्ण, २० रजत र १३ कास्य पदकसहित दोश्रो,श्रीलंका ५ स्वर्ण १८ रजत र ३१ कास्य सहित तेेस्रो भएको छ। आयोजक भुटान ले ५ रजत र ३७ कास्य पदक सहित चौथो भयो ।

प्रतियोगिताको अन्तिम दिन शुक्रबार नेपालका लागि पुरुष क्याडेट तर्फ ५२ केजी मुनी समन श्रेष्ठ, ६३ केजी मुनी साहिल राई,जुनियर तर्फ ६८ केजी मुनीमा निशान तामाङ्ग, यु-२१,८४ केजी मुनी गौरव नेपाल, ८४ केजी माथि आशिष श्रेष्ठ, पुरुष कै सिनियर तर्फ ५५ केजी मुनी एलोन श्रेष्ठ, ६७ केजी मुनी सन्तोष श्रेष्ठ, ८४ केजी मुनी मोहम्मद सेखु आलम र ८४ केजी माथि विप्लभ लाल श्रेष्ठले स्वर्ण पदक दिलाए ।

त्यस्तै महिला तर्फ क्याडेटको ४२ केजी मुनी वर्षा राई,४७ केजी मुनी प्रोसिया चौधरी, ६१ केजी मुनी मनिषा कुमारी बोहरा, महिला तर्फकै जुनियर ४२ केजी मुनी सुस्मिता वाईवा, ५३ केजी मुनी समिक्षा ढुङ्गाना,यु–२१ को ४५ केजी मुनी प्रियंका शाही,५० केजी मुनी अन्जली महर्जन, र ५५ केजी मुनी जिया कार्कीले स्वर्ण पदक जितिन् ।

त्यसैगरि महिला सिनियर तर्फ ४५ केजी माथि वर्षा बुढा मगर, ६१ केजी मुनी निरुपा तामाङग र ६८ केजीमाथि १९ ओै एसियाडकी रजत पदक विजेता एरिका गुरुङ्ग ले नेपाल लाई स्वर्ण पदक जितिन्‌।

त्यसैगरि महिला टिम कुमितेमा नेपालले पहिलो स्थान हासिल गर्यो‌ । पुरुष टिम कुमितेमा नेपाल दोस्रो भयो ।

विजेता खेलाडी तथा टिमलाई भुटानका राजकुमार जिगेल उग्येन वाङचुक,नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्र राज श्रेष्ठ,दक्षिण एसियाली कराते महासंघका अध्यक्ष भरत शर्मा,नेपाल कराते महासंघका अध्यक्ष युवराज लामा,भुटान कराते महासंघका अध्यक्ष दावा ल्हाम,नेपाल कराते महासंघका महासचिव दावा गुरुङ्ग लगायतले पुरस्कार वितरण गरे ।

प्रतियोगिता नेपाल, भुटान, भारत र श्रीलंका खेलाडीको सहभागिता थियो। गत वर्ष काठमाडौंमा‌ भएको सातौं संस्करणमा पनि नेपाली‌ टोली टिम च्याम्पियन बनेको थियो।

December 12, 2025

रेनुले युथ एसियाली पारा गेम्समा कास्य जितिन्

काठमाडौं (हाम्रो खेलकुद) – पारा तेक्वान्दो खेलाडी रेनु तामाङले युथ एसियाली पारा गेम्समा के ४४ को ४७ केजी तौल समूह मुनी कास्य पदक जितेकी छिन् । युएईमा भएको प्रतियोगितामा रेनुले बंगलादेशकी नसरीन अख्तरलाई पहिलो राउन्डमा १५- ३ र दोस्रो राउन्डमा १२-० ले हराउँदै सेमिफाइनलको यात्रा तय गरेकी थिइन्। राष्ट्रिय टिम तयारी अन्तर्गत मिसन २०२६ को […]

December 5, 2025

मिसन २०२६ का गीता र अभिषेकले स्वर्ण पदक जिते

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले‌ सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]

November 28, 2025

एरिका कराते विश्व च्याम्पियनसिपको नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- एसियाली‌ खेलकुदकी रजत पदक विजेता एरिका गुरुङ इजिप्टमा जारी डब्लुकेएफ २७ औं कराते विश्व च्याम्पियनसिपको अन्तिम १६ मा प्रवेश गर्न सफल भएकी छिन्। महिला ६८ केजी माथि तौल समूहको पुल-७ मा रहेकी एरिका समूह उपविजेता बनेर प्रि-क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएकी हुन्। उनले चिल्लीकी गोन्जालेज लाभिनलाई ५-१ को अन्तरमा पराजित गरिन्।‌ त्यसअघिको […]

Success

Thank you for your time.