1 year ago
July 29, 2024
काठमाडौं (हाम्रो खेलकुद)- पेरिस ओलम्पिकमा नेपाली खेलाडीको खराब प्रदर्शनले निरन्तरता पाएको छ । जुडोकी मनिता श्रेष्ठ प्रधान पहिलो खेलमै पराजित भएकी छिन् ।
महिला ५७ केजीको सोमबार भएको खेलमा मनितालाई सर्बियाकी खेलाडी मारिसा पररिसिसले इप्पोनमा हराएकी हुन् ।मनिता १ मिनेट दुई सेकेन्ड मात्रै म्याटमा टिकिन ।
सागकी रजत विजेता र वल्ड च्याम्पियनशीपको अनुभव र थुप्रै एसियाली स्तरमा खेलिसकेकी मनिताले आज प्रभावशाली खेल प्रदर्शन गर्न सकिनन् । जुडोमा नेपालको अहिलेसम्मको उत्कृष्ट प्रदर्शन फुपु लामु खत्रीको नाममा छ । उनी रियो ओलम्पिक्समा पुरै समय म्याटमा टिकेकी थिइनन ।
जारी ओलम्पिक्समा नेपालबाट पहिलो चरणबाट बाहिरिने मनिता चौथो खेलाडी हुन । यसअघि टेबल टेनिसका स्यान्टु श्रेष्ठ, सुटिङकी सुष्मिता नेपाल र पौडीका डुवाना लामा पनि पहिलो चरणबाट नै बाहिरिसकेका छन । आजै प्रीन्स दाहालले पनि समुह चरणको खेल खेल्दैछन् ।
पेरिस ओलम्पिकमा ६ खेलका ७ नेपाली खेलाडीले भाग लिएका छन्।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]
November 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियाली खेलकुदकी रजत पदक विजेता एरिका गुरुङ इजिप्टमा जारी डब्लुकेएफ २७ औं कराते विश्व च्याम्पियनसिपको अन्तिम १६ मा प्रवेश गर्न सफल भएकी छिन्। महिला ६८ केजी माथि तौल समूहको पुल-७ मा रहेकी एरिका समूह उपविजेता बनेर प्रि-क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएकी हुन्। उनले चिल्लीकी गोन्जालेज लाभिनलाई ५-१ को अन्तरमा पराजित गरिन्। त्यसअघिको […]
November 28, 2025
काठमाडौं (हाम्रो खेलकुद )- न्युजिल्यान्डमा भएको ‘उसु हिरोज’ प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण उसु प्रतियोगितामा नेपालले ४ स्वर्ण जितेको छ । विजय सिन्जाली, पासाङ शेर्पा, निमा घर्ती मगर र जुनु स्याङ्बो लामाले स्वर्ण जितेको नेपाल उसु महासंघका उप–महासचिव राजीव महर्जनले जनाएका छन् ।