default_image

1 year ago

August 4, 2024

बागमतीका खेलकुद मन्त्री महर्जनको खेलाडीसँग अन्तरक्रिया

632 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- बागमती प्रदेशका नवनियुक्त युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनसँग विभिन्न खेलका राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेलाडीसँग आइतवार अन्तरक्रिया गरेका छन्।

कार्यक्रममा खेलक्षेत्र बुझेको व्यक्ति प्रदेशको खेलकुद मन्त्री नियुक्त भएकोमा बागमती प्रदेशको खेल गतिविधिमा सकारात्मक प्रभाव पर्ने आशा खेलाडीले राखेका छन् ।

नेपालका लागि पहिलो अन्तर्राष्ट्रिय पदक विजेता जीतबहादुर केसी, दक्षिण एसियाली खेलकुद (साग) ३ स्वर्ण पदक जित्दै म्याराथनमा कीर्तिमान बनाएका वैकुण्ठ मानन्धर, नेपाल ओलम्पियन संघका अध्यक्ष दीपक विष्ट, सागका स्वर्ण पदक विजेता धिरेन्द्र प्रधान, उपेन्द्रमान सिंह, बालगोपाल महर्जन, बक्सिङका प्रकाश थापामगर लगायत ओलम्पियन र खेलाडीको उपस्थिति थियो।

मन्त्री महर्जनले खेलाडीहरुलै सुझावका‌ आधारमा आफूले काम गर्ने जनाउँदै छिट्टै कार्यदल गठन गर्ने बताएका छन् । उनले त्यसैका आधारमा प्रशिक्षक नियुक्त गर्ने आश्वासन दिएका छन् ।

प्रदेशका मन्त्रालयमा सबै भन्दा कम बजेट ७० करोड रूपैयाँ मात्र युवा तथा खेलकुद मन्त्रालयमा रहेको जानकारी दिदैं उनले थप बजेटका लागि आफूले पहल गर्ने बताए। उनले नवौं राष्ट्रिय खेलकुदमा बागमतीका लागि पदक जित्ने खेलाडीका लागि पूर्व घोषित पुरस्कार लागि आफूले पहल गर्ने बताए।

खेलाडीले विगतमा बागमती प्रदेशको खेलकुदमा राम्रो प्रभाव भएपनि अहिले कमजोर भएकोले प्रशिक्षक तयार पार्दै खेलाडी उत्पादन, भौतिक पूर्वाधार निर्माण, खेलाडीको भविष्य सुनिश्चित हुने गरि काम गर्न मन्त्री महर्जनलाई सुझाव दिए।

करातेका प्रशिक्षक रहिसकेका राष्ट्रिय खेलकुद परिषद्का पूर्व कोषाध्यक्ष महर्जन गत साता मन्त्री नियुक्त भएका थिए।

December 20, 2025

नेप्लिज तेक्वान्दो आइओएफटिसीको टिम च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- नेप्लिज तेक्वान्दो एकेडेमी १५ औँ इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सिप  (आइओएफटिसी) को टिम च्याम्पियन बनेको छ । राष्ट्रिय खेलुकद परिषद्को कभर्डहलमा शनिवार सम्पन्न भएको प्रतियोगितामा नेप्लिज तेक्वान्दोले सर्वाधिक ४५ स्वर्ण, ३२ रजत र ३१ कास्य पदक जित्यो । कोटेश्वर तेक्वान्दो डोजाङ दोस्रो र चन्द्रागिरी तेक्वान्दो डोजाङ तेस्रो भयो । कोटेश्वरले ३१ स्वर्ण, […]

December 18, 2025

पदक विजेता रेनु सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – रिभेरा इन्टरनेसनल एकेडेमीले पाँचौं एसियन युथ पारा खेलकुदको तेक्वान्दोमा कास्य पदक जितेकी रेनु तामाङलाई बिहीवार १० हजार रुपैयाँ सहित सम्मान गरेको छ । सोही अवसर उनका प्रशिक्षक कविराज नेगी लामा पनि सम्मानित भए । उनीहरुलाई रिभेराको स्पोर्टस् मिटका अवसरमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत राष्ट्रिय टिम तयारीका निर्देशक ओलम्पियन दिपक विष्ट, […]

December 12, 2025

रेनुले युथ एसियाली पारा गेम्समा कास्य जितिन्

काठमाडौं (हाम्रो खेलकुद) – पारा तेक्वान्दो खेलाडी रेनु तामाङले युथ एसियाली पारा गेम्समा के ४४ को ४७ केजी तौल समूह मुनी कास्य पदक जितेकी छिन् । युएईमा भएको प्रतियोगितामा रेनुले बंगलादेशकी नसरीन अख्तरलाई पहिलो राउन्डमा १५- ३ र दोस्रो राउन्डमा १२-० ले हराउँदै सेमिफाइनलको यात्रा तय गरेकी थिइन्। राष्ट्रिय टिम तयारी अन्तर्गत मिसन २०२६ को […]

Success

Thank you for your time.