1 year ago
September 16, 2024
काठमाडौं (हाम्रो खेलकुद)- चीनको हाङझाव एसियाली क्षेत्रको करातेको सबै भन्दा ठूलो प्रतियोगिता एसियाली सिनियर करातेको २० औं संस्करणमा नेपाली खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन्।
असोज ४ देखि ६ गतेसम्म हुने च्याम्पियनसिपमा
एसियाली खेलकुद (एसियाड) की रजत पदक विजेता एरिका गुरुङसहित ११ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । त्यसका लागि खेलाडीसहित १८ सदस्यीय नेपाली टोली मंगलवार हाङझाव प्रस्थान गर्नेछ ।
एरिकाले १९ औं एसियाली खेलकुदमा सहभागिता जनाएको महिला ६८ केजीमाथि तौलसमूहमा प्रतिस्पर्धा गर्ने छिन् ।
त्यस्तै महिला ५५ केजीमुनि जिया कार्की, ६१ केजीमुनि निरुपा दोङ तामाङ तथा टिम कातामा एलिसा रास्कोटी मगर, मेघा लिम्बू र टप्पी थापाले सहभागिता जनाउने छन् । एसिलाले एकल कातामा पनि आफ्नो कौशल प्रदर्शन गर्ने छिन् ।
पुरुष ६० केजीमुनि मिनबहादुर तामाङ, ६७ केजीमुनि सन्तोष श्रेष्ठ, ८४ केजीमुनि मोहम्मद शेखु आलम, ८४ केजीमाथि आशिष श्रेष्ठ र एकल कातामा स्वनिम मानन्धरले खेल्ने छन् ।
सबै खेलाडीसंग अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको अनुभव छ । त्यस मध्ये एरिकासहित सन्तोष, शेखु, स्वनिम, निरुपा र एलिसाले १९ औं एसियाली खेलकुदमा पनि प्रतिस्पर्धा गरेका थिए ।
टोलीको मुख्य प्रशिक्षकमा १० औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता कुशल श्रेष्ठ तथा प्रशिक्षकमा १३ औं सागका दोहोरो स्वर्ण विजेता मन्डेकाजी श्रेष्ठ छन् । १९ औं एसियाली खेलकुदमा पनि प्रशिक्षकको भूमिका निर्वाह गरेका कुशलले एसियाली सिनियर करातेमा पनि सहभागिता जनाइसकेका छन् ।
टिम व्यवस्थापकमा नेपाल कराते महासंघका उपाध्यक्ष मजेन्द्र सिंह तथा आठौं साग (तत्कालीन साफ) को करातेका स्वर्ण विजेता एवं कराते महासंघका सदस्य रवि महर्जन रहेका छन् । एसियाली सिनियर करातेमा नेपाल हालसम्म पदकविहीन छ ।
प्रतियोगिताअघि हाङझावमै असोज २ गते हुने एसियाली कराते महासंघको कोंग्रेसमा सहभागी हुन नेपाल कराते महासंघका अध्यक्ष युवराज लामा र महासचिव दावा गुरुङ पनि टोलीसंगै जाने छन् । प्रतियोगितामा ३१ राष्ट्रका ३ सय ६७ खेलाडीको सहभागिता रहने छ । पुरुषमा ९ र महिलामा ८ गरी १७ स्पर्धामा प्रतिस्पर्धा हुनेछ ।
टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङ र नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठले सोमवार क बिदाइ गरे ।
सो अवसरमा तालिम तथा प्रशिक्षण विभागका निर्देशक सोभितराज प्रसाईं, राष्ट्रिय टिम तयारीका निर्देशक दीपक विष्ट, नेपालका लागि केल्मीको आधिकारिक विक्रेता कामरु ट्रेडिङ प्रा.लि. का प्रबन्ध निर्देशक उत्तम न्यौपानेलगायतको उपस्थिति रहेको थियो ।
सो अवसरमा सहभागी टोलीलाई प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशले प्रायोजन गरेको ट्रयाक सुट तथा केल्मीले प्रायोजन गरेको टिसर्ट र टोपी हस्तान्तरण गरिएको थियो ।
December 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – रिभेरा इन्टरनेसनल एकेडेमीले पाँचौं एसियन युथ पारा खेलकुदको तेक्वान्दोमा कास्य पदक जितेकी रेनु तामाङलाई बिहीवार १० हजार रुपैयाँ सहित सम्मान गरेको छ । सोही अवसर उनका प्रशिक्षक कविराज नेगी लामा पनि सम्मानित भए । उनीहरुलाई रिभेराको स्पोर्टस् मिटका अवसरमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत राष्ट्रिय टिम तयारीका निर्देशक ओलम्पियन दिपक विष्ट, […]
December 12, 2025
काठमाडौं (हाम्रो खेलकुद) – पारा तेक्वान्दो खेलाडी रेनु तामाङले युथ एसियाली पारा गेम्समा के ४४ को ४७ केजी तौल समूह मुनी कास्य पदक जितेकी छिन् । युएईमा भएको प्रतियोगितामा रेनुले बंगलादेशकी नसरीन अख्तरलाई पहिलो राउन्डमा १५- ३ र दोस्रो राउन्डमा १२-० ले हराउँदै सेमिफाइनलको यात्रा तय गरेकी थिइन्। राष्ट्रिय टिम तयारी अन्तर्गत मिसन २०२६ को […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]