1 year ago
September 25, 2024
हेटौंडा (हाम्रो खेलकुद )- बागमती प्रदेश सरकार युवा तथा खेलकुद मन्त्रालयले दीपक श्रेष्ठलाई खेल विज्ञ मनोनित गरेको छ ।
मन्त्री मीनकृष्ण महर्जनले ललितपुरको गोदावरी ११ निवासी श्रेष्ठलाई आज खेल विज्ञ मनोनित गरेका हुन् ।
श्रेष्ठलाई बागमती प्रदेशको समग्र खेल क्षेत्रको विकासका लागि सल्लाह सुझाव दिन र आवश्यक विभिन्न खेलकुदसँग सम्बन्धित गतिविधि संचालन गर्न जिम्मेवारी प्रदान गरिएको मन्त्री महर्जनले बताए ।
खेलाडीहरुको हकहितका लागि लामो समयदेखि काम गर्दै आएको नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्षसमेत रहेका श्रेष्ठ २०४९ सालदेखि खेलकुद क्षेत्रमा क्रियाशील छन् ।
दक्षिण एसियाली खेलकुद (साग) करातेमा लगातार दुई पटक स्वर्ण पदक विजेता श्रेष्ठले सक्रिय खेल जीवनपछि राष्ट्रिय टोलीको प्रशिक्षकको जिम्मेवारी निर्वाह गरेका थिए।
उनले पछिल्लो समय राष्ट्रिय खेलकुद परिषद् राष्ट्रिय टिम तयारी समितिको उपनिर्देशक तथा नेपाल कराते महासंघको सहायक मुख्य प्रशिक्षकको जिम्मेवारीसमेत सम्हाल्दै आएका छन् ।
प्रदेशको समग्र खेलकुद क्षेत्रको विकास र खेलकुदको स्तर बढाउने तथा संरचनागत र जनशक्ति विकासको कार्यक्रमलाई तीब्रता दिइने श्रेष्ठले बताए ।
December 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – रिभेरा इन्टरनेसनल एकेडेमीले पाँचौं एसियन युथ पारा खेलकुदको तेक्वान्दोमा कास्य पदक जितेकी रेनु तामाङलाई बिहीवार १० हजार रुपैयाँ सहित सम्मान गरेको छ । सोही अवसर उनका प्रशिक्षक कविराज नेगी लामा पनि सम्मानित भए । उनीहरुलाई रिभेराको स्पोर्टस् मिटका अवसरमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत राष्ट्रिय टिम तयारीका निर्देशक ओलम्पियन दिपक विष्ट, […]
December 12, 2025
काठमाडौं (हाम्रो खेलकुद) – पारा तेक्वान्दो खेलाडी रेनु तामाङले युथ एसियाली पारा गेम्समा के ४४ को ४७ केजी तौल समूह मुनी कास्य पदक जितेकी छिन् । युएईमा भएको प्रतियोगितामा रेनुले बंगलादेशकी नसरीन अख्तरलाई पहिलो राउन्डमा १५- ३ र दोस्रो राउन्डमा १२-० ले हराउँदै सेमिफाइनलको यात्रा तय गरेकी थिइन्। राष्ट्रिय टिम तयारी अन्तर्गत मिसन २०२६ को […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]