1 year ago
September 28, 2024
काठमाडौं (हाम्रो खेलकुद)- बन्दी सहायता नियोग (पाम) ले निर्माण गरेको पाम क्म्युनिटी एन्ड स्पोर्ट्स सेन्टरको शनिबार उद्घाटन गरिएको छ ।
नागर्जुन नगरपालिका वडा १ का अध्यक्ष रामेश्वर लामा र पामका अध्यक्ष डा. नारायणकाजी श्रेष्ठले सेन्टरको संयुक्त रुपमा उद्घाटन गरे ।
नागर्जुन १ स्थित विजुलीचोक, एकलटारमा नवनिर्मित सेन्टरमा जुडो हल, जिम हल, पुस्तकालय, अध्ययन कक्ष, चेन्जिङ रुम, शौचालयलगायतका सुविधा रहेका छन् ।
जिएलएस फ्युचर फाउन्डेसन, जर्मनी, जुडोका विश्व च्याम्पियन डेनिस भान र नागर्जुन नगरपालिकाको सहयोगमा करिब १ करोड ७७ लाख रुपैयाँ लागतमा सेन्टर निर्माण गरिएको बताइएको छ ।
सन् २०२३ को मेमा सेन्टर निर्माणको कार्य सुरु गरिएको थियो । पामका जुडो प्रमुख प्रशिक्षक समेत रहेका कार्यकारी निर्देशक सूर्यनारायण श्रेष्ठले हल निर्माणसंगै खेलाडीलाई प्रशिक्षण गराउन धेरै सहज भएको बताउँदै आगामी दिनमा राष्ट्रलाई पदक दिलाउने खेलाडी उत्पादनमा अझ सक्रिय रहने प्रतिबद्धता जनाए । टोकियो ओलम्पिक– २०२० मा जुडोकी सोनिया भट्ट सहभागी हुँदा श्रेष्ठ उनका प्रशिक्षक थिए ।
जुडो खेलमा पामका खेलाडीको गर्विलो उपस्थिति रहँदै आएको छ । १२ औं र १३ औं दक्षिण एसियाली खेलकुद (साग) की रजतलगायत अन्य अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जितेकी मनीता श्रेष्ठ प्रधान पामकै उत्पादन हुन् ।
मनीताले यसै वर्ष पेरिस ओलम्पिकको यात्रा तय गरेकी थिइन् । मनीताले ‘कन्टिनेन्टल क्वालिफिकेसन’ कोटा मार्फत पेरिस ओलम्पिक– २०२४ मा नेपालको प्रतिनिधित्व गरेकी थिइन् ।
पामका उत्पादन तीन दाजुबहिनी इन्द्रबहादुर श्रेष्ठ, देवकीमाया र निशा आ–आफ्नो तौलसमूहका वर्तमान राष्ट्रिय च्याम्पियन हुन् ।
इन्द्रले १२ औं सागमा कांस्य र १३ औं सागमा रजत जितेका थिए । देवकीले बेल्ट एन्ड रोड अन्तर्राष्ट्रिय जुडोको कातमा स्वर्ण जितेकी थिइन् । मनीता, इन्द्र र देवकीले एसियाली खेलकुदमा पनि सहभागिता जनाइसकेका छन् ।

विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पामकै उत्पादन उत्तम प्रधानले कांस्य तथा सुबोध मण्डल र पेमा याङजी शेर्पाले स्वर्ण जितेका छन् ।
विभिन्न कारणले कैदी जीवन बिताइरहेकाको सन्तानलाई आश्रय दिने उद्देश्यले १९९१ मा पारिजात वाइबाले स्थापना गरेको पाममा हाल २८ जना बालवालिका आश्रित छन् । सबै जुडो खेल्छन् । उनीहरुका अलावा समुदायका ६२ बालवालिका पनि पाममै जुडोको प्रशिक्षण लिइरहेका छन् ।
सेन्टर उद्घाटनका अवसरमा मनीतासहित पामका अध्यक्ष श्रेष्ठलाई पनि प्रशंसा पत्रसहित सम्मान गरिएको थियो ।
सम्मानपछि प्रशिक्षक श्रेष्ठले भने– ‘मनीताले जुडो खेल मार्फत नेपाललाई थ्रुपै पदक दिलाएर राष्ट्रको गौरव बढाइन् । पाम कुनै समय दुरावस्थामा हुँदा अध्यक्ष श्रेष्ठले यसलाई सुधार्न सक्रियता, पहल र गर्नुभएको योगदान महत्वपूर्ण र प्रशंसनीय छ ।’
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेप्लिज तेक्वान्दो एकेडेमी १५ औँ इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सिप (आइओएफटिसी) को टिम च्याम्पियन बनेको छ । राष्ट्रिय खेलुकद परिषद्को कभर्डहलमा शनिवार सम्पन्न भएको प्रतियोगितामा नेप्लिज तेक्वान्दोले सर्वाधिक ४५ स्वर्ण, ३२ रजत र ३१ कास्य पदक जित्यो । कोटेश्वर तेक्वान्दो डोजाङ दोस्रो र चन्द्रागिरी तेक्वान्दो डोजाङ तेस्रो भयो । कोटेश्वरले ३१ स्वर्ण, […]
December 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – रिभेरा इन्टरनेसनल एकेडेमीले पाँचौं एसियन युथ पारा खेलकुदको तेक्वान्दोमा कास्य पदक जितेकी रेनु तामाङलाई बिहीवार १० हजार रुपैयाँ सहित सम्मान गरेको छ । सोही अवसर उनका प्रशिक्षक कविराज नेगी लामा पनि सम्मानित भए । उनीहरुलाई रिभेराको स्पोर्टस् मिटका अवसरमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत राष्ट्रिय टिम तयारीका निर्देशक ओलम्पियन दिपक विष्ट, […]
December 12, 2025
काठमाडौं (हाम्रो खेलकुद) – पारा तेक्वान्दो खेलाडी रेनु तामाङले युथ एसियाली पारा गेम्समा के ४४ को ४७ केजी तौल समूह मुनी कास्य पदक जितेकी छिन् । युएईमा भएको प्रतियोगितामा रेनुले बंगलादेशकी नसरीन अख्तरलाई पहिलो राउन्डमा १५- ३ र दोस्रो राउन्डमा १२-० ले हराउँदै सेमिफाइनलको यात्रा तय गरेकी थिइन्। राष्ट्रिय टिम तयारी अन्तर्गत मिसन २०२६ को […]