1 year ago
November 29, 2024
काठमाडौं (हाम्रो खेलकुद) – १३ औं दक्षिण एसियाली खेलकुद (साग) की दोहोरो स्वर्ण पदक विजेता आयशा शाक्यसहित ६ खेलाडीले हङकङमा हुने वर्ल्ड तेक्वान्दो पुम्से च्याम्पियन्सिपमा भाग लिने भएका छन् ।
त्यसका खेलाडी टोली बिहीवार त्यसतर्फ प्रस्थान गरेको छ। च्याम्पियन्सिप मंसिर १५ देखि १९ गते सम्म हुनेछ ।
आयशाले महिला व्यक्तिगत र बाबुल शिवाकोटीले पुरुष ४० वर्ष मुनि प्रतिस्पर्धा गर्नेछिन् ।
निशा दर्नालले ३० वर्ष मुनि व्यक्तिगत र जोडीमा तथा असिम राउतले ३० वर्ष मुनि व्यक्तिगत र टिममा चुनौती पेश गर्ने छन् ।
त्यस्तै जितबहादुर बोटले ३० वर्ष मुनिको टिम तथा प्रेमबहादुर लिम्बुले ३० वर्ष मुनि टिम र जोडीमा प्रतिस्पर्धा गर्नेछन्। रोजेन प्रजापतिले जुनियर व्यक्तिगतमा खेल्नेछन्।
आयशा,निशा, रोजेन काठमाडौंबाट र अन्य खेलाडी भारत हुँदै आयोजना स्थल पुग्ने बताइएको छ। खेलाडीहरु व्यक्तिगत खर्चमा च्याम्पियन्सिपमा भाग लिन गएका हुन् ।
टोलीले त्यसपछि भियतनाममा हुने एसियन ओपन पुलिस तेक्वान्दो च्याम्पियनसिपमा भाग लिने आयशाले जानकारी दिइन् । अन्जन चौधरी र रमिला लामा च्याम्पियनसिपका लागि भियतनाम जाने बताइएको छ।
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेप्लिज तेक्वान्दो एकेडेमी १५ औँ इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सिप (आइओएफटिसी) को टिम च्याम्पियन बनेको छ । राष्ट्रिय खेलुकद परिषद्को कभर्डहलमा शनिवार सम्पन्न भएको प्रतियोगितामा नेप्लिज तेक्वान्दोले सर्वाधिक ४५ स्वर्ण, ३२ रजत र ३१ कास्य पदक जित्यो । कोटेश्वर तेक्वान्दो डोजाङ दोस्रो र चन्द्रागिरी तेक्वान्दो डोजाङ तेस्रो भयो । कोटेश्वरले ३१ स्वर्ण, […]
December 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – रिभेरा इन्टरनेसनल एकेडेमीले पाँचौं एसियन युथ पारा खेलकुदको तेक्वान्दोमा कास्य पदक जितेकी रेनु तामाङलाई बिहीवार १० हजार रुपैयाँ सहित सम्मान गरेको छ । सोही अवसर उनका प्रशिक्षक कविराज नेगी लामा पनि सम्मानित भए । उनीहरुलाई रिभेराको स्पोर्टस् मिटका अवसरमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत राष्ट्रिय टिम तयारीका निर्देशक ओलम्पियन दिपक विष्ट, […]
December 12, 2025
काठमाडौं (हाम्रो खेलकुद) – पारा तेक्वान्दो खेलाडी रेनु तामाङले युथ एसियाली पारा गेम्समा के ४४ को ४७ केजी तौल समूह मुनी कास्य पदक जितेकी छिन् । युएईमा भएको प्रतियोगितामा रेनुले बंगलादेशकी नसरीन अख्तरलाई पहिलो राउन्डमा १५- ३ र दोस्रो राउन्डमा १२-० ले हराउँदै सेमिफाइनलको यात्रा तय गरेकी थिइन्। राष्ट्रिय टिम तयारी अन्तर्गत मिसन २०२६ को […]