default_image

1 year ago

December 9, 2024

भियतनाममा नेपाली तेक्वान्दो खेलाडीलाई ८ पदक

1262 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- भियतनाममा भएको एसियन पुलिस तेक्वान्दो च्याम्पियनसिपमा नेपाली खेलाडीले ८ पदक जितेका छन् । जसमा ४ स्वर्ण, १ रजत र ३ कास्य पदक छन्।

निशा दर्नाल र जितबहादुर बोटले दोहोरो स्वर्ण पदक जितेका छन् । उनीहरुको जोडीले ३० वर्ष मुनिको प्रतिस्पर्धामा स्वर्ण पदक जितेको छ ।

त्यस्तै व्यक्तिगत महिला पुम्सेको ३० वर्ष मुनि निशा र पुरुष ३० वर्ष मुनि जितले स्वर्ण पदक जितेका छन्।
टोलीकी प्रशिक्षक आयशा शाक्यका अनुसार रोजेन प्रजापतिले जुनियर पुम्सेमा स्वर्ण पदक प्राप्त गरेका छन्।

प्रेमबहादुर लिम्बुले ३० वर्ष मुनि रजत पदक जितेका हुन् । अन्जना चौधरी र रमिला लामाले महिला ३० वर्ष मुनि तथा अस्मिन राउतले कास्य पदक जितेका छन्।

भियतनाम पिपल्स पब्लिक सेक्युरिटी स्पोर्टस एसोसिएसनको आयोजना आइतवार सम्पन्न च्याम्पियनसिपलाई वर्ल्ड पुलिस तेक्वान्दो फेडेरेसनले प्रमोट गरेको थियो। च्याम्पियन्सिपमा २९ राष्ट्रका ७ सय ७१ खेलाडीको सहभागिता थियो।

December 18, 2025

पदक विजेता रेनु सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – रिभेरा इन्टरनेसनल एकेडेमीले पाँचौं एसियन युथ पारा खेलकुदको तेक्वान्दोमा कास्य पदक जितेकी रेनु तामाङलाई बिहीवार १० हजार रुपैयाँ सहित सम्मान गरेको छ । सोही अवसर उनका प्रशिक्षक कविराज नेगी लामा पनि सम्मानित भए । उनीहरुलाई रिभेराको स्पोर्टस् मिटका अवसरमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत राष्ट्रिय टिम तयारीका निर्देशक ओलम्पियन दिपक विष्ट, […]

December 12, 2025

रेनुले युथ एसियाली पारा गेम्समा कास्य जितिन्

काठमाडौं (हाम्रो खेलकुद) – पारा तेक्वान्दो खेलाडी रेनु तामाङले युथ एसियाली पारा गेम्समा के ४४ को ४७ केजी तौल समूह मुनी कास्य पदक जितेकी छिन् । युएईमा भएको प्रतियोगितामा रेनुले बंगलादेशकी नसरीन अख्तरलाई पहिलो राउन्डमा १५- ३ र दोस्रो राउन्डमा १२-० ले हराउँदै सेमिफाइनलको यात्रा तय गरेकी थिइन्। राष्ट्रिय टिम तयारी अन्तर्गत मिसन २०२६ को […]

December 5, 2025

मिसन २०२६ का गीता र अभिषेकले स्वर्ण पदक जिते

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले‌ सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]

Success

Thank you for your time.